तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)सामाजिकीकरण प्रक्रियाको एक महत्त्व लेख्नुहोस् ।
नेपालले मानव विकास सूचकाङ्कको स्थिति सुधार गर्न के गर्नुपर्ला ? एउटा उपाय उल्लेख गर्नुहोस् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गर्दै आएको कुनै एक कार्य लेख्नुहोस् ।
अन्धविश्वास विरुद्ध जनचेतना जगाउने एक नारासहित् प्लेकार्डको नमुना तयार पार्नुहोस् ।
अन्तरिम सरकार भनेको के हो ?
वि.सं. २०६२/६३ को जनआन्दोलनको कुनै एक उपलब्धि लेख्नुहोस् ।
मुद्धती खाता र वचत खाताविच एउटा भिन्नता देखाउनुहोस् ।
तपाईँ पर्यटकका रूपमा कुनै ठाउँको भ्रमण गर्दा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
संयुक्त राष्ट्रसङ्घको स्थापना किन गरिएको हो ? एउटा कारण लेख्नुहोस् ।
नेपालले पराराष्ट्र सम्बन्ध सुमधुर राख्न कस्तो नीति अवलम्बन गर्नुपर्छ ? एक वाक्यमा प्रष्ट पार्नुहोस् ।
समुदायमा जनसङ्ख्या र वातावरणबिच सन्तुलन कायम गर्न तपाईँले गर्न सक्ने एक कार्य लेख्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
(९ × ४ = ३६)हामी नेपालीले हाम्रो राष्ट्रिय पहिचान संरक्षण गर्नका लागि के गर्नुपर्छ ? चार वुँदामा लेख्नुहोस् ।
दिगो विकासका लागि ध्यान दिनुपर्ने महत्त्वपूर्ण चार पक्षहरू उल्लेख गर्नुहोस् ।
'राष्ट्रिय सम्पदा संरक्षणमा विद्यार्थीको भूमिका' शीर्षकमा एक वक्तृता तयार पार्नुहोस् ।
"सामाजिक मूल्य मान्यता र अनुभवका स्रोत जेष्ठ नागरिक हुन् ।" यस भनाइलाई प्रष्ट पार्नुहोस् ।
अथवा
हाम्रा लोकवाजाको संरक्षण कसरी गर्न सकिन्छ ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
यौन दुर्व्यवहारले समाजमा कस्तो असर पार्छ ? चार वुँदामा उल्लेख गर्नुहोस् ।
लोकतन्त्रलाई सवल वनाउन राजनीतिक दलको भूमिका उल्लेख गर्नुहोस् ।
भूमध्यसागरीय हावापानीको चार विशेषता लेख्नुहोस् ।
सूचना तथा सञ्चार प्रविधिले दैनिक जीवनलाई कसरी सहज वनाउन सकिन्छ भन्ने विषयमा दुई साथीबिचको संवाद तयार गर्नुहोस् ।
गुणस्तरीय तथा स्वस्थ जीवनशैली कायम गर्न के गर्नुपर्छ ? चार वुँदामा उल्लेख गर्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
(४ × ७ = २८)व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिच शक्ति सन्तुलनको आवश्यकता पर्दछ, किन ? उदाहरणसहित् पुष्टि गर्नुहोस् ।
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) खप्तड राष्ट्रिय निकुञ्ज
(ख) कर्णाली नदी
(ग) पृथ्वी राजमार्ग
(घ) सगरमाथा हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) अमेजन नदी
(ख) भूमध्यरेखा
(ग) पाटागोनिया मरूभूमि
(घ) टिटिकाका ताल
अथवा (दृष्टिविहीनका लागि मात्र)
प्रथम विश्वयुद्धको चार परिणाम उल्लेख गर्दै त्यस युद्धमा नेपालले कस्तो भूमिका खेलेको थियो ? वर्णन गर्नुहोस् ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा रहँदा आउनसक्ने समस्या र ती समस्याहरूको समाधानका उपायवारे सचेत गराउँदै वैदेशिक रोजगारीमा रहनु भएका आफन्तलाई चिठी लेख्नुहोस् ।