SEE Social Studies Question Paper 2082 Madhesh Province

Views: ...

Symbol No ................
RE-1051'MP'
madhesh
SEE 2082 (2026)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

नेपाल र नेपालीलाई विश्वमा चिनाउने कुनै दुई राष्ट्रिय गौरवको नाम लेख्नुहोस् ।

2.

नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्न के गर्नपर्छ ? कुनै एउटा उपाय लेख्नुहोस् ।

3.

यौन विकृतिले समाजलाई कस्तो असर पार्छ ? कुनै एक असर उल्लेख गर्नुहोस् ।

4.

घरेलु हिंसा विरुद्ध जनचेतना जगाउने नारासहित प्लेकार्डको नमुना तयार पार्नुहोस् ।

5.

वि.सं. २०४६ को जनआन्दोलनको मुख्य उद्देश्य के थियो ?

6.

वि.सं. २०७७ सालमा दलमाथि प्रतिबन्ध लगाउनु ठिक थियो कि थिएन ? एक वाक्यमा आफ्नो तर्कसहित लेख्नुहोस् ।

7.

प्रत्यक्ष करको एउटा उदाहरण दिनुहोस् ।

8.

तपाईँको परिवारको आर्थिक समृद्धिका लागि ऊर्जाको उपयोग कसरी गर्नुहुन्छ ?

9.

हाल सक्रिय नभएको संयुक्त राष्ट्रसङ्घको अङ्ग कुन हो ?

10.

सामाजिक सञ्जालको प्रयोगलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? एउटा उपाय लेख्नुहोस् ।

11.

आफ्नो जीवनलाई स्वस्थ बनाउन तपाईँले गरेको कुनै एउटा अभ्यास उल्लेख गर्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(८×४=३२)
12.

पहिचानले व्यक्ति र समुदायका विशिष्टतालाई जनाउँछ भन्ने तथ्यलाई उदाहरण सहित प्रष्ट्याउनुहोस् ।

13.

नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये कुनै दुईको सङ्क्षिप्त परिचय दिनुहोस् ।

14.

'विश्व शान्तिका लागि विश्वबन्धुत्वको भावना' शीर्षकमा एक सम्पादकीय तयार पार्नुहोस् ।

15.

जेष्ठ नागरिकलाई खुसी र सन्तुष्ट राख्न गर्नुपर्ने चार कार्य लेख्नुहोस् ।
अथवा
"लोक बाजा सरक्षण गर्नु हाम्रो दायित्व हो" यस भनाइलाई प्रष्ट पार्नुहोस् ।

16.

दाइजो प्रथाले नेपाली समाजमा पार्ने प्रभावहरू उल्लेख गर्नुहोस् ।

17.

नेपालमा उपभोक्तालाई प्राप्त हुने कुनै चार अधिकार लेख्नुहोस् ।

18.

उष्ण तृणभूमि र समशीतोष्ण तृणभूमि हावापानी तथा खेतिपानिको चारओटा भिन्नता उल्लेख गर्नुहोस् ।

19.

सूचना प्रविधिलाई तपाईँले कुन कुन क्षेत्रमा कसरी प्रयोग गर्न भएको छ ? चारओटा उदाहरण लेख्नुहोस् ।

20.

भौगोलिक क्षेत्रका आधारमा नेपालको जनसङ्ख्या वितरण असमान हुनुका कारण लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

संसदीय शासन प्रणालीमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको आवश्यकता प्रष्ट पार्नुहोस् ।

22.

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) कालीगण्डकी नदी
(ख) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
(ग) मध्यपहाडी लोकमार्ग
(घ) कञ्चनजङ्घा हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) पम्पास घाँसे मैदान
(ख) एन्डिज पर्वत श्रृङ्खला
(ग) अमेजन नदी
(घ) फोक्ल्यान्ड टापु
अथवा (दृष्टिविहीनका लागि मात्र)

भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

23.

प्रथम विश्वयुद्धका छओटा कारण उल्लेख गरी कुनै दुई कारणको व्याख्या गर्नुहोस् ।

24.

'हाम्रो जीवनमा वित्तीय शिक्षाको महत्त्व' शीर्षकमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।