SEE Social Studies Question Paper 2082 Lumbini Province

Views: ...

Symbol No ................
RE-1051'LP'
lumbini
SEE 2082 (2026)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

नेपालको राष्ट्रिय गौरव बढाउने कुनै दुई सांस्कृतिक सम्पदाको नाम लेख्नुहोस् ।

2.

तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न के गर्नुपर्छ ? एउटा सुभाव दिनुहोस् ।

3.

तपाईँको समाजमा रहेको अन्धविश्वासको एक उदाहरण लेख्नुहोस् ।

4.

दाइजो प्रथा विरुद्ध जनचेतना जगाउने एक नारा तयार गर्नुहोस् ।

5.

दोस्रो विश्व युद्धताका नेपालका प्रधानमन्त्री को थिए ?

6.

प्रथम विश्वयुद्धपछि भएको भर्सेलिजको सन्धिलाई दोस्रो विश्वयुद्धको मुख्य कारण मानिन्छ, किन ?

7.

ऊर्जाको एक महत्त्व लेख्नुहोस् ।

8.

तपाईंले आफूसँग भएको पैसा बैङ्कमा राख्नु परेमा चल्ती वा बचत कुन खातामा राख्नुहुन्छ, किन ?

9.

संयुक्त राष्ट्र सङ्घमा प्रयोग हुने कुनै दुई आधिकारिक भाषाको नाम लेख्नुहोस् ।

10.

तपाईं आफू बसेको स्थानीय तहको प्रमुख हुनुभयो भने त्यस क्षेत्रको कुनै एक प्रमुख उत्पादनलाई विश्वव्यापीकरण गर्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

11.

तपाईँको परिवारमा आम्दानी वा अन्य स्रोतको उचित व्यवस्थापन गरी परिवारलाई सुखी गराउन के गर्नुहुन्छ ?

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव कायम राख्ने चारओटा सुभाव दिनुहोस् ।

13.

मानव विकास सूचकाङ्कमा कसरी सुधार ल्याउन सकिन्छ ? चार बुँदामा लेख्नुहोस् ।

14.

लोकगीत तथा लोक नृत्यको महत्त्व भलिकने गरी दुई साथीबिच गरिएको संवाद तयार पार्नुहोस् ।

15.

स्थानीय सम्पदा संरक्षण गर्न स्थानीय सरकार नै बढी जिम्मेवार हुनुपर्छ, किन ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
अथवा
"विश्ववन्धुत्व र मानवता आजको आवश्यकता" यस भनाइलाई पृष्ट पार्नुहोस् ।

16.

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि अवलम्बन गर्न सकिने उपाय चार बुँदामा लेख्नुहोस् ।

17.

कार्यपालिकाको चार प्रमुख कार्यहरूको सूची बनाई कुनै एकको सङ्क्षिप्त वर्णन गर्नुहोस् ।

18.

अक्षांश र पहाडको उपस्थितिले कुनै पनि स्थानको हावापानीमा कसरी प्रभाव पार्दछन् ? वर्णन गर्नुहोस् ।

19.

सूचना प्रविधिको महत्त्व उल्लेख गर्दै साथीलाई पठाउने इमेलको नमुना तयार पार्नुहोस् ।

20.

जनसङ्ख्या वितरण भनेको के हो ? नेपालको भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्या वितरण असमान हुनुको कारण लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

निर्वाचन भनेको के हो ? निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोग, नागरिक समाज र मतदाताले खेल्नुपर्ने दुई दुईओटा भूमिका उल्लेख गर्नुहोस् ।
(१+२+२+२= ७)

22.

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) चितवन राष्ट्रिय निकुञ्ज
(ख) महाकाली नदी
(ग) जनकपुर
(घ) धवलागिरी हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) अमेजन नदी
(ख) पाटागोनिया मरुभूमि
(ग) ब्राजिलयन उच्च भूमि
(घ) फोल्कल्यान्ड टापु

दृष्टिविहीनका लागि मात्र
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

23.

वि.सं. २०६३ पछिका कुनै छओटा राजनीतिक घटना उल्लेख गरी तीमध्ये कुनै दुईको सङ्क्षिप्त वर्णन गर्नुहोस् ।

24.

'वित्तीय शिक्षा र यसको उपयोग' शीर्षकमा एउटा लेखको नमुना तयार पार्नुहोस् ।