SEE Social Studies Question Paper 2082 Koshi Province

Views: ...

Symbol No ................
RE-1051'KoP'
koshi
SEE 2082 (2026)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

राष्ट्रिय पहिचान भनेको के हो ?

2.

मानव विकास सूचकाङ्कको गणना किन आवश्यक छ ? एउटा कारण लेख्नुहोस् ।

3.

दाइजो प्रथाले समाजमा पार्न सक्ने कुनै एउटा असर लेख्नुहोस् ।

4.

समाजमा अन्धविश्वास हटाउन तपाईँ के गर्न सक्नुहुन्छ ? तपाईँले गर्न सक्ने कुनै एक कार्य लेख्नुहोस् ।

5.

दोस्रो विश्वयुद्धमा नेपाली फौजले कुन देशको तर्फबाट युद्ध लडेका थिए ?

6.

युरोपका राष्ट्रहरूबिच गुटबन्दी नभएको भए प्रथम विश्वयुद्ध हुँदैनथ्यो, किन ?

7.

वैदेशिक रोजगारीका कुनै एक नकारात्मक प्रभाव लेख्नुहोस् ।

8.

नोट सफा र सुरक्षित राख्नका लागि सचेतना जगाउने एउटा नारा लेख्नुहोस् ।

9.

सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?

10.

नेपालको जडीबुटीलाई विश्वव्यापीकरण गर्न के गर्नुपर्छ ? एक वाक्यमा उल्लेख गर्नुहोस् ।

11.

जथाभावी फोहोर गर्ने व्यक्तिलाई तपाईँ के भनेर सम्झाउनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

"सामाजिकीकरणमा घर परिवारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ" यस भनाइलाई आफ्नो अनुभव समेतको आधारमा प्रष्ट पार्नुहोस् ।

13.

सङ्घीय शासन प्रणालीका विशेषता चार बुँदामा उल्लेख गर्नुहोस् ।

14.

"सम्पदा संरक्षणमा स्थानीय सरकारको भूमिका" शीर्षकमा सम्पादकीय तयार पार्नुहोस् ।

15.

"हाम्रा राष्ट्रिय दिवस हाम्रा गौरव हुन् ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
अथवा
नेल्सन मन्डेला र मलाला युसुफजाईको जीवनीबाट युवाहरूले कस्ता प्रेरणा लिनुपर्छ ? दुई दुईओटा बुँदा लेख्नुहोस् ।

16.

नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि गर्नुपर्ने चार कार्य लेख्नुहोस् ।

17.

व्यवस्थापिकाका कुनै चार कार्य लेख्नुहोस् ।

18.

उष्ण मनसुनी हावापानीका कुनै चारओटा विशेषता उल्लेख गर्नुहोस् ।

19.

संयुक्त राष्ट्रसङ्घका अङ्गहरूमध्ये कुनै एक अङ्गको परिचय र कार्यसम्बन्धमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।

20.

पारिवारिक योजना भनेको के हो ? यसको महत्त्व तीन बुँदामा उल्लेख गर्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

देशमा शान्ति र सुशासन कायम गर्दै देशलाई समृद्ध बनाउन सङ्घीय सरकारको भूमिका कस्तो हुनुपर्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।

22.

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) कञ्चनजङ्घा हिमाल
(ख) पोखरा
(ग) पूर्वपश्चिम राजमार्ग
(घ) कपास उत्पादन क्षेत्र
वा
पृष्ठभरिको उत्तर अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) रक्की पर्वत
(ख) पनामा नहर
(ग) न्यूयोर्क
(घ) हड्सनको खाडी
अथवा (दृष्टिविहीनका लागि मात्र)

भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

23.

नेपालको इतिहासमा वि.सं. २०४७ सालपछि भएका सामाजिक तथा राजनीतिक परिवर्तनहरू उल्लेख गर्नुहोस् ।

24.

'ग्रामीण क्षेत्रको विकासमा सहकारीको महत्त्व' शीर्षकमा एउटा पत्रिकाका लागि लेख तयार पार्नुहोस् ।