SEE Social Studies Question Paper 2082 Karnali Province

Views: ...

Symbol No ................
RE-1051'KaP'
karnali
SEE 2082 (2026)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

सामाजिकीकरणमा सहयोग पुऱ्याउने कुनै दुई निकायको नाम लेख्नुहोस् ।

2.

नेपालमा सङ्घीय शासन प्रणाली लागु भएपछिको कुनै एक उपलब्धि लेख्नुहोस् ।

3.

नेपालमा सामाजिक सुधारका लागि युनिसेफले खेलेको एउटा भूमिका उल्लेख गर्नुहोस् ।

4.

दाइजो प्रथा विरुद्ध सचेतना जगाउने नारासहित् एउटा प्लेकार्डको नमुना बनाउनुहोस् ।

5.

साराजेभोमा हत्या गरिएका राजकुमार फ्रान्सिस फर्डिन्यान्ड र उनकी पत्नी कुन देशका थिए ?

6.

संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धको एउटा उपलब्धि थियो, किन ?

7.

उर्जाका स्रोतहरूमध्ये सबैभन्दा बढी प्रयोग हुने मुख्य दुई स्रोत लेख्नुहोस् ।

8.

तपाईं मोबाइल बैङ्किङको प्रयोग केका लागि गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

9.

विश्वव्यापीकरण भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।

10.

जलवायु परिवर्तनले मानव जीवनलाई कसरी प्रभाव पार्छ ?

11.

तपाईंले स्वस्थ जीवनशैली अवलम्बन गर्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

"नेपाली समाजमा विविधताहरूको बिच सुमधुर सद्भाव र एकता कायम रहेको छ" यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

13.

दिग्गो विकासको परिचयसहित यसको महत्त्व तीन बुँदामा उल्लेख गर्नुहोस् ।

14.

तपाईंको विद्यालयमा बाल दिवस मनाउनका लागि कार्यक्रम सूची तयार गर्नुहोस् ।

15.

"विश्वबन्धुत्वको भावना विश्वमा शान्ति स्थापना गर्ने आधार हो ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
अथवा
"हाम्रा लोकगीत र लोकबाजाले हाम्रो समाजको विशेषता भल्काउँछन् ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।

16.

सामाजिक समस्या र विकृतिले समाज विकासमा कसरी बाधा पुऱ्याउँछन् ? आफ्नो विचार चार बुँदामा लेख्नुहोस् ।

17.

न्यायपालिकाका कुनै चारओटा कार्य लेख्नुहोस् ।

18.

नेपाल विश्वको कुन हावापानी क्षेत्रमा अवस्थित छ ? उक्त हावापानीका तीन विशेषता लेख्नुहोस् ।

19.

यदि तपाईं संयुक्त राष्ट्रसङ्घको महासचिव हुनु भएको भए, विश्वमा चलिरहेको युद्ध अन्त्य गर्न के के गर्नुहुन्थ्यो ? चार बुँदामा लेख्नुहोस् ।

20.

पछिल्लो जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुका कुनै चारओटा कारण लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

उपभोक्ता अधिकारबारे सचेत नभएमा हुनसक्ने कुनै तीन समस्या उल्लेख गर्दै सचेत उपभोक्ताले त्यस्ता समस्याबाट सुरक्षित रहनका लागि ध्यान दिनुपर्ने कुनै चारओटा पक्ष लेख्नुहोस् । (३+४=७)

22.

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) लामटाङ हिमाल
(ख) सुर्खेत
(ग) पूर्वपश्चिम राजमार्ग
(घ) मेची नदी
अथवा
पृष्ठभरिको उत्तर अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उचित सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) अलास्का
(ख) सुपेरियर ताल
(ग) न्यूयोर्क
(घ) प्रेरिज घाँसे मैदान

दृष्टिविहीनका लागि मात्र
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

23.

नेपालको इतिहासमा वि.सं. २००७ को राजनीतिक परिवर्तनपछि भएका सामाजिक तथा आर्थिक उपलब्धिहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।

24.

नेपालमा बिमाको महत्त्व सम्बन्धमा दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।