SEE Social Studies Question Paper 2082 Gandaki Province

Views: ...

Symbol No ................
RE-1051'GP'
gandaki
SEE 2082 (2026)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

नेपालको भन्डामा प्रयोग भएको कुन रङ शान्तिको प्रतीक हो ?

2.

नेपालको मानव विकास सूचकाङ्कको अवस्थामा सुधार गर्न के गर्नुपर्ला ? कुनै एक सुभाव दिनुहोस् ।

3.

घरेलु हिंसा हुनसक्ने एक कारण लेख्नुहोस् ।

4.

मानव बेचविखनविरुद्ध जनचेतना जगाउने एउटा नारा तयार पार्नुहोस् ।

5.

वि.सं. २०३७ वैशाख २० गते भएको जनमत सङ्ग्रहमा नागरिकलाई दिइएका दुई विकल्प के के थिए ?

6.

वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि पनि सरकारको नेतृत्व राणा प्रधानमन्त्री मोहन शमशेरले नै गर्नु ठिक थियो या थिएन, किन ? एक वाक्यमा तपाईंको विचार लेख्नुहोस् ।

7.

विमाको एक महत्त्व लेख्नुहोस् ।

8.

तपाईं कुनै एक सहकारी संस्थाको अध्यक्ष बन्नुभयो भने उक्त संस्थाका सदस्यहरूको विश्वास जित्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

9.

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने कुनै दुई राष्ट्रको नाम लेख्नुहोस् ।

10.

सूचना तथा प्रविधिको प्रयोगले तपाईंको दैनिक गतिविधिमा कसरी सहजता ल्याएको छ ? एक वाक्यमा प्रष्ट पार्नुहोस् ।

11.

तपाईं आफ्नो समुदायमा उपलब्ध स्वास्थ्य सेवाको उपयोग कसरी गर्नुहुन्छ ?

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

"व्यक्तिलाई असल र जिम्मेवार नागरिक बनाउन सामाजिकीकरणले सहयोग पुऱ्याउँछ" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

13.

दिगो विकास भनेको के हो ? यसका कुनै तीन आयामको छोटकरीमा वर्णन गर्नुहोस् ।

14.

'लोकगीतको संरक्षण र संवर्धनमा युवापुस्ताको भूमिका' शीर्षकमा एउटा सम्पादकीय तयार पार्नुहोस् ।

15.

"वर्तमान विश्वमा विश्ववन्धुत्व र मानवताको आवश्यकता रहेको छ ।" यस भनाइलाई प्रष्ट पार्नुहोस् ।
अथवा
"राष्ट्रिय दिवसहरू औपचारिकताका लागि हैन ती दिवसका मर्मअनुसार मनाइनुपर्छ ।" कुनै एक राष्ट्रिय दिवसको सन्दर्भमा यस भनाइलाई पुष्टि गर्नुहोस् ।

16.

"सामाजिक समस्या तथा विकृति समाज रूपान्तरणका बाधक तत्त्वहरू हुन् ।" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

17.

मानव अधिकार संरक्षणमा कार्यरत सङ्घसंस्थामध्ये कुनै एककाे नाम लेखी उक्त संस्थाले गर्ने तीनओटा कार्य उल्लेख गर्नुहोस् ।

18.

सामुद्रिक दुरी र जमिनको उचाइले हावापानीमा कसरी प्रभाव पार्छन् ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

19.

हालसालै देशभित्र वा विदेशमा घटेको कुनै एक महत्त्वपूर्ण घटना समेटी समाचारको नमुना तयार पार्नुहोस् ।

20.

गुणस्तरीय जीवन भनेको के हो ? यसका आधारहरूको सूची बनाउनुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

निर्वाचनमा जनताको मत प्राप्त गर्नका लागि राजनीतिक दलले कस्तो भूमिका खेल्नुपर्छ ? सात सुभाव दिनुहोस् ।

22.

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) पशुपतिनाथ मन्दिर
(ख) माछापुच्छ्रे हिमाल
(ग) जुट उत्पादन क्षेत्र
(घ) मध्यपहाडी लोकमार्ग
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) फोक्ल्यान्ड टापु
(ख) अमेजन नदी
(ग) एन्डिज पर्वत श्रेणी
(घ) पम्पास घाँसे मैदान

दृष्टिविहीनका लागि मात्र
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

23.

दोस्रो विश्वयुद्धको छओटा कारण उल्लेख गरी कुनै दुईको व्याख्या गर्नुहोस् ।

24.

'नेपालमा जलविद्युतको सम्भावना' शीर्षकमा दुई साथीविचको संवाद तयार पार्नुहोस् ।