SEE Social Studies Question Paper 2080 Sudurpashchim Province

Views: ...

Symbol No ................
RE 1051'SP'
sudurpashchim
SEE 2080 (2024)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

सामाजिकीकरणको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस् ।

2.

नेपालमा सङ्घीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न के गर्नुपर्ला ? कुनै एक सुभाव दिनुहोस् ।

3.

मानव बेचविखनलाई नियन्त्रण गर्ने कुनै एक उपाय लेख्नुहोस् ।

4.

कुनै एक सामाजिक समस्यालाई निराकरण गर्न सहयोग गर्ने किसिमको कुनै एक नारा तयार गर्नुहोस् ।

5.

वि.सं. २००७ देखि २०१७ सम्मको कुनै एक आर्थिक उपलब्धि लेख्नुहोस् ।

6.

जनआन्दोलन २०६२/६३ को प्रमुख कारण केलाई मान्नुहुन्छ ?

7.

राजस्व भनेको के हो ?

8.

तपाईंका विचारमा बौद्धिक पलायन कसरी रोक्न सकिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

9.

नेपालको परराष्ट्र नीतिको कुनै एक आधार लेख्नुहोस् ।

10.

सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरणका लागि कुनै एक सुभाव दिनुहोस् ।

11.

जनसङ्ख्या वृद्धिका कारणले तपाईंको वरिपरिको समुदायमा परेको कुनै एक प्रभाव लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

नेपाल जस्तो बहुसांस्कृतिक मुलुकका लागि वर्तमान राष्ट्रिय गान कसरी राष्ट्रिय गौरवको विषय बन्न गएको छ ? आफ्नो विचार लेख्नुहोस् ।

13.

नेपालको मानव विकास सूचकाङ्क लक्ष्यअनुसार वृद्धि हुन नसक्नुका कुनै चार कारणहरू उल्लेख गर्नुहोस् ।

14.

'जेष्ठ नागरिकप्रति हाम्रो दायित्व' शीर्षकमा कुनै एक पत्रिकाको लागि सम्पादकीय लेख्नुहोस् ।

15.

'विश्वशान्ति प्रवर्द्धनका लागि विश्वबन्धुत्वको भावनाको विकास एवम् प्रसार जरुरी छ ।' भन्ने सन्दर्भलाई पुष्टि गर्ने तर्क पेस गर्नुहोस् ।
अथवा
नेपालमा सहिदहरूप्रति सम्मानको भावना थप अभिवृद्धि गर्न सहिद दिवसलाई कसरी मनाउनुपर्ला ? कुनै चार सुभावहरू प्रस्तुत गर्नुहोस् ।

16.

हाम्रो समाजमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्नुका कारणहरू विश्लेषण गर्नुहोस् ।

17.

मानव अधिकार घोषणापत्रका कुनै चार विशेषताहरू उल्लेख गर्नुहोस् ।

18.

उचाइ र अक्षांशले हावापानीमा कसरी प्रभाव पार्दछ ? व्याख्या गर्नुहोस् ।

19.

सयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा नेपाली सेनाले पुर्‍याएको योगदानको चर्चा गर्दै एक दैनिक पत्रिकाका लागि समाचारको नमूना तयार पार्नुहोस् ।

20.

वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय तहले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? प्रत्येकको एक एकओटा भूमिका लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

नेपालको संसदीय शासन प्रणालीमा शक्ति सन्तुलन र नियन्त्रण सम्बन्धी अभ्यासको समीक्षा गर्नुहोस् ।

22.

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) सगरमाथा हिमाल
(ख) वाग्मती प्रदेश
(ग) वीरगञ्ज
(घ) कर्णाली नदी
अथवा
पृष्ठ भरिने गरी अफ्रिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) गिनीको खाडी
(ख) ड्राकेन्सवर्ग
(ग) माडागास्कर
(घ) त्रिपोली
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)

अफ्रिका महादेशको सामाजिक तथा आर्थिक अवस्थाबारे कुनै सात बुँदामा व्याख्या गर्नुहोस् ।

23.

विश्वयुद्धमा नेपालको सहभागिता र त्यसले नेपालमा परेका प्रभावहरू स्पष्ट पार्नुहोस् ।

24.

'नेपालमा वित्तीय शिक्षाको महत्त्व' शीर्षकमा एउटा लेख तयार पार्नुहोस् ।