तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)हाम्रा कुनै दुई राष्ट्रिय पहिचान उल्लेख गर्नुहोस् ।
राष्ट्रिय गौरवको आयोजनालाई किन विशेष प्राथमिकता दिइएको होला ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।
अन्धविश्वासको अर्थ एक वाक्यमा लेख्नुहोस् ।
मानव बेचविखनलाई हटाउन उत्प्रेरणा दिने किसिमको नारा वा प्लेकार्डको नमूना तयार गर्नुहोस् ।
शीत युद्धलाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।
पञ्चायती व्यवस्था उदय हुनुमा तपाईं कुन कारणलाई सबैभन्दा बढी जिम्मेवार ठान्नुहुन्छ ? किन ?
सहकारीको कुनै एक विशेषता लेख्नुहोस् ।
देशको आर्थिक समृद्धिका लागि आगामी आर्थिक योजनामा कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्ला ? कुनै एक सुभाव दिनुहोस् ।
नेपालको परराष्ट्र नीतिको कुनै एक आधार लेख्नुहोस् ।
विश्वव्यापीकरणले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ, कसरी ? एक वाक्यमा लेख्नुहोस् ।
गुणस्तरीय जीवन कायम गर्न तपाईंको परिवारले अवलम्बन गर्दै आएको कुनै एक कार्य लेख्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
(९×४=३६)तपाईं सामाजिकीकरणका तत्त्वहरूमध्ये कुन चाहिँ तत्त्वलाई महत्त्वपूर्ण मान्नुहुन्छ ? किन ? आफ्ना तर्कहरू चार बुँदामा उल्लेख गर्नुहोस् ।
नेपालमा सङ्घीयताको कार्यान्वयन सँगसँगै राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा आएका सकारात्मक परिवर्तनहरू उल्लेख गर्नुहोस् ।
तपाईंको समुदायमा रहेका सम्पदाहरू संरक्षण गर्ने उपाय समावेश गरी आफ्नो स्थानीय तहलाई लेख्ने निवेदनको नमूना तयार गर्नुहोस् ।
नेपालमा असहाय र अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी राज्यको मूल प्रवाहमा समावेश गर्न सकिन्छ ? आफ्नो विचार चार बुँदामा उल्लेख गर्नुहोस् ।
अथवा
हाम्रा लोकसङ्गीतको संरक्षणमा स्थानीय तहले कस्तो भूमिका खेल्नुपर्छ ? कुनै चार सुभावहरू दिनुहोस् ।
भ्रष्टाचारबाट अकुत सम्पत्ति जोडी समाजमा धनको रवाफ देखाउदै हिंड्ने व्यक्तिलाई तपाईंको प्रतिक्रिया कस्तो रहन्छ ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
निर्वाचन प्रक्रियाअन्तर्गत निर्वाचन पूर्व र निर्वाचनको अवधिमा गरिने दुई दुईओटा कार्यहरू तालिकामा लेख्नुहोस् ।
विपद्बाट सुरक्षित हुनका निम्ति अपनाउनुपर्ने कुनै चार उपायहरू लेख्नुहोस् ।
"विश्वव्यापीकरण र नेपाल" शीर्षकमा एक संवादको नमूना तयार पार्नुहोस् ।
सामुदायिक स्वास्थ्यका कुनै चारओटा क्षेत्रहरू प्रस्ट पार्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
(४×७=२८)नेपालमा कानुनी शासन स्थापनामा न्यायपालिकाले खेल्दै आएको भूमिका र यसका रणनीतिहरू विश्लेषण गर्नुहोस् ।
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) सैपाल हिमाल
(ख) लुम्बिनी प्रदेश
(ग) पृथ्वी राजमार्ग
(घ) सप्तकोसी नदी
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एन्जल झरना
(ख) आकोन्गुवा पर्वत
(ग) गायानाको उच्चभूमि
(घ) फकल्याण्डको टापु
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
प्रथम विश्वयुद्धका परिणामहरू र दोस्रो विश्वयुद्धका कारणहरूविचको सम्बन्ध स्पष्ट पार्नुहोस् ।
वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन 'पूर्व तयारी' को रूपमा र 'गन्तव्य स्थल' मा के कस्ता रणनीति अपनाउनुपर्ला ? आफ्ना विचारहरू उल्लेख गर्नुहोस् ।