तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)सामाजिकीकरणका कुनै दुई माध्यमहरू लेख्नुहोस् ।
स्थानीय विकासका लागि सङ्घीय शासन प्रणाली महत्त्वपूर्ण छ, कसरी ? एक वाक्यमा उल्लेख गर्नुहोस् ।
घरेलु हिंसाले सिर्जना गर्ने एउटा असर लेख्नुहोस् ।
समाजमा अन्धविश्वास हटाउन तपाईँले खेल्न सक्ने कुनै एक भूमिका लेख्नुहोस् ।
'प्रचण्ड गोरखा' नामक संस्था कहिले स्थापना भएको थियो ?
उग्रराष्ट्रवादले कसरी प्रथम विश्वयुद्ध सुरु भयो ? एक वाक्यमा आफ्नो तर्क दिनुहोस् ।
वित्तीय शिक्षालाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।
पर्यटनलाई प्रवर्धन गर्नका लागि एउटा नारासहितको प्लेकार्ड तयार पार्नुहोस् ।
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पुर्याएको कुनै एक योगदान लेख्नुहोस् ।
समसामयिक घटनाको जानकारीले विद्यार्थीहरूको सोचाइ र व्यवहारको अभिवृद्धिमा कसरी मद्दत गर्छ ? आफ्नो तर्कसहित एक वाक्यमा पुष्टि गर्नुहोस् ।
जनसङ्ख्या वितरणले तपाईँको समुदायमा पारेको प्रभाव एक वाक्यमा लेख्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
(९×४=३६)यदि तपाईँलाई आफ्नो देशको साभा पहिचानको सन्दर्भमा चिनाउने अवसर प्राप्त भएमा कुन-कुन वस्तु समेट्नुहुन्छ ? आफ्ना निचार चार बुँदामा उल्लेख गर्नुहोस् ।
'राष्ट्रिय गौरवका आयोजना सामाजिक आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण हुन्छन् ।' कुनै चार बुँदामा प्रष्ट पार्नुहोस् ।
नेपाली लोकसङ्गीतको संरक्षणमा युवाहरूले खेल्नुपर्ने भूमिका समेटी साथीलाई चिठी लेख्नुहोस् ।
जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिप्रति हाम्रो दायित्व कस्तो हुनुपर्छ ? कुनै चार रचनात्मक सुभावहरू प्रस्तुत गर्नुहोस् ।
अथवा
विश्व समुदायमा विश्वबन्धुत्व र मानवताको भावना कसरी अभिवृद्धि गर्न सकिन्छ ? कुनै चार उपायहरू प्रस्तुत गर्नुहोस् ।
'सामाजिक समस्या निराकरणमा एक्लो प्रयासमात्र पर्याप्त हुँदैन, तर सुरूवात आफैँबाट गर्नुपर्छ ।' यस भनाइलाई तार्किक रूपमा पुष्टि गर्नुहोस् ।
नेपालको सङ्घीय कानुन निर्माण प्रक्रिया प्रष्ट पार्नुहोस् ।
उष्ण मनसुनी हावापानी र समशीतोष्ण मौसमी हावापानीबिच तुलना गर्नुहोस् ।
मानौँ तपाईँ 'नेपालको सन्दर्भमा विश्वव्यापीकरण वरदान हो' शीर्षकको वादविवाद प्रतियोगितामा सहभागी हुनुभएको छ । उक्त प्रतियोगितामा तपाईँले पक्ष वा विपक्षमा व्यक्त गर्ने कुनै एक मन्तव्यको नमुना तयार पार्नुहोस् ।
जनसङ्ख्याको बनोटले के कस्तो कुराको जानकारी प्राप्त गर्न सकिन्छ ? चार बुँदामा उल्लेख गर्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
(४×७=२८)नेपालमा उपभोक्ता अधिकार संरक्षणका लागि भएका कानुनी व्यवस्थाको विश्लेषण गर्नुहोस् ।
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) कर्णाली नदी
(ख) बाग्मती प्रदेश
(ग) मुक्तिनाथ मन्दिर
(घ) कञ्चनजङ्गा संरक्षण क्षेत्र
अथवा
पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) मृत उपत्यका
(ख) रकी पर्वत श्रेणी
(ग) मेक्सिकोको खाडी
(घ) पानामा नहर
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
उत्तर अमेरिका महादेशको सामाजिक तथा आर्थिक अवस्थाको वर्णन गर्नुहोस् ।
नेपालमा जनमत सङ्ग्रहको पृष्ठभूमि उल्लेख गर्दै त्यसपछि विकसित राजनीतिक घटनाक्रमहरू उल्लेख गर्नुहोस् ।
"नेपालमा ऊर्जाको महत्त्व र सम्भावना" शीर्षकमा वक्तृताको नमुना तयार पार्नुहोस् ।