SEE Social Studies Question Paper 2080 Koshi Province

Views: ...

Symbol No ................
RE 1051'Ko.P'
koshi
SEE 2080 (2024)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

विविधतामा एकताको एक महत्त्व लेख्नुहोस् ।

2.

नेपालको मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न आर्थिक पक्षमा जोड दिनुपर्छ, किन ? एक वाक्यमा लेख्नुहोस् ।

3.

ट्रान्सपरेन्सी इन्टरनेसनलले गर्ने प्रमुख एक कार्य लेख्नुहोस् ।

4.

तपाईंको समुदायमा विद्यमान कुनै एक सामाजिक समस्या विरुद्धमा जनचेतना जगाउने एक प्लेकार्डको नमुना तयार गर्नुहोस् ।

5.

त्रिपक्षीय दिल्ली सम्फौता कहिले भएको थियो ? पूरा मिति लेख्नुहोस् ।

6.

दोस्रो विश्वयुद्धको तत्कालीन कारण लेख्नुहोस् ।

7.

कुनै दुईओटा वित्तीय उपकरणका नाम लेख्नुहोस् ।

8.

बचत गर्ने बानीको विकासले हाम्रो जीवनमा पार्ने कुनै एक सकारात्मक प्रभाव लेख्नुहोस् ।

9.

संयुक्त राष्ट्र सङ्घको स्थापनाको कुनै एक उद्देश्य लेख्नुहोस् ।

10.

विश्वव्यापीकरणले स्थानीय संस्कृति, परम्परा, संस्कार, मूल्य मान्यतामा प्रभाव पार्छ, कसरी ? आफ्नो तर्क एक वाक्यमा लेख्नुहोस् ।

11.

गुणस्तरीय जीवन कायम गर्न तपाईंले गर्न सक्ने कुनै एक भूमिका उल्लेख गर्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

"आपसी सहयोग र अन्तरक्रियाले सामाजिकीकरणमा सहयोग गर्छ ।" यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

13.

तलको तालिका पूरा गर्नुहोस् :

क. सं.राष्ट्रिय गौरवका आयोजनाआर्थिक तथा सामाजिक महत्त्व

14.

'असहाय, अपाङ्ग एवम् जेष्ठ नागरिकप्रतिको हाम्रो दायित्व' शीर्षकमा वक्तृताको नमुना तयार गर्नुहोस् ।

15.

लोक संस्कृति संरक्षण गर्न समुदायको भूमिका कस्तो हुनुपर्छ ? कुनै चार बुँदामा स्पष्ट पार्नुहोस् ।
अथवा
विश्वमा युद्धरत विभिन्न मुलुकहरूबिच कसरी विश्वबन्धुत्व विकास गर्न सकिएला ? आफ्नो विचार चार बुँदामा प्रस्तुत गर्नुहोस् ।

16.

मानव बेचविखनका विरुद्धमा भएका प्रयासहरू तथा तिनको प्रभावकारिता विश्लेषण गर्नुहोस् ।

17.

लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपालिकाले खेल्नुपर्ने चार भूमिका लेख्नुहोस् ।

18.

धरातलीय विविधताले जनजीवनमा पार्ने प्रभाव नेपालको सन्दर्भमा प्रस्ट पार्नुहोस् ।

19.

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले के कस्ता विषयहरू उठाउनुपर्ला ? नेपाल सरकारलाई चार सुभावहरू दिनुहोस् ।

20.

वातावरण प्रदूषण न्यूनीकरण गर्न कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ? कुनै चार उपायहरू लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोगले गर्दै आएका कार्यहरूको विश्लेषण गर्दै निर्वाचनमा नागरिकको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ ? सुभाव प्रस्तुत गर्नुहोस् ।

22.

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) कञ्चनजङ्घा हिमाल
(ख) कर्णाली प्रदेश
(ग) अरिनको राजमार्ग
(घ) जुट उत्पादन क्षेत्र
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एन्जल भरना
(ख) पाटागोनिया मरुभूमि
(ग) अमेजन नदी
(घ) उरुग्वे
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको भौतिक, आर्थिक तथा सामाजिक पक्षको वर्णन गर्नुहोस् ।

23.

वि.सं. २०६३ जेठ ४ गतेको प्रतिनिधि सभाको घोषणाको पृष्ठभूमि र त्यसपछि विकसित राजनीतिक घटनाक्रमको प्रभाव उल्लेख गर्नुहोस् ।

24.

नेपालमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावहरू समावेश गरी दुई साथीबिचको संवाद तयार गर्नुहोस् ।