SEE Social Studies Question Paper 2080 Gandaki Province

Views: ...

Symbol No ................
RE 1051'GP'
gandaki
SEE 2080 (2024)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

हाम्रा कुनै दुईओटा राष्ट्रिय गौरवहरूको सूची तयार गर्नुहोस् ।

2.

मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न कुन पक्षमा सबैभन्दा बढी जोड दिनुपर्छ ? आफ्नो तार्किक धारणा दिनुहोस् ।

3.

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले गर्ने कुनै एक कार्य लेख्नुहोस् ।

4.

बालविवाह न्यूनीकरणमा तपाईँले खेल्न सक्ने एक भूमिका लेख्नुहोस् ।

5.

अध्ययन भ्रमणमा तथ्याङ्क सङ्कलनमा प्रयोग गर्न सकिने दुई विधिहरू लेख्नुहोस् ।

6.

लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिहरू रक्षा गर्न गर्नुपर्ला : कुनै एक सुभाव दिनुहोस् ।

7.

नेपालमा रोजगारीको अवसर वृद्धि गर्न कुनै एक उपाय लेख्नुहोस् ।

8.

वित्तीय शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न एक नारा तयार पार्नुहोस् ।

9.

स्थानीयकरणलाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।

10.

विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा कसरी योगदान पुर्‍याएको छ ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।

11.

वातावरण संरक्षणमा तपाईँले खेल्न सक्ने कुनै एक भूमिका लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

सामाजिकीकरणका विभिन्न माध्यमहरूमध्ये दौँतरी समूहको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । यस भनाइप्रति आफ्नो तार्किक विचार चार बुँदामा प्रस्तुत गर्नुहोस् ।

13.

राष्ट्रिय गौरवका आयोजनाले देशको विकासमा पाने सकारात्मक प्रभावहरू चार बुँदामा उल्लेख गर्नुहोस् ।

14.

विश्वबन्धुत्व कायम गर्न उपायहरू समावेश गरी दुई साथीहरू बिचमा भएको संवादको नमुना तयार गर्नुहोस् ।

15.

हाम्रो देशमा वर्षभरिमा विभिन्न राष्ट्रिय दिवसहरू मनाइन्छन् । यस्ता दिवस मनाउनुको औचित्य चार बुँदामा प्रस्तुत गर्नुहोस् ।
अथवा
नेपालमा विभिन्न प्रकारका शास्त्रीय नृत्यहरू नाचिन्छन् । यस्ता शास्त्रीय नृत्यहरू कसरी व्यावहारिक रूपमा सान्दर्भिक छन् ? आफ्नो विचार उल्लेख गर्नुहोस् ।

16.

'अन्धविश्वास सामाजिक हिंसाको कारक तत्त्व हो ।' यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस् ।

17.

न्यायपालिकाका प्रमुख कार्यहरू उल्लेख गर्नुहोस् ।

18.

भूमध्यसागरीय हावापानीको क्षेत्रका चार विशेषताहरू उल्लेख गर्नुहोस् ।

19.

नेपाल भ्रमणमा आएका बखत संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनिओ गुटेरसलाई नेपालमा संयुक्त राष्ट्र सङ्घको भूमिका सम्बन्धमा सोध्न सकिने कुनै चार प्रश्नावलीको नमुना तयार पार्नुहोस् ।

20.

नेपालमा बोलिने भाषागत संरचनाको वर्णन गर्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

नेपालमा लोकतन्त्रको स्थापना र सुदृढीकरणमा राजनीतिक दलले खेलेको भूमिकाको समीक्षा गर्नुहोस् ।

22.

पृष्छभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) से-फोक्सुन्डो ताल
(ख) कोशी प्रदेश
(ग) पोखरा
(घ) शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
अथवा
पृष्ठ भरिने गरी अफ्रिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एटलस पर्वत
(ख) सहारा मरूभूमि
(ग) माउन्ट किलिमन्जरो
(घ) मडागास्कर टापु
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
अफ्रिका महादेशको सामाजिक तथा आर्थिक अवस्थाको वर्णन गर्नुहोस् ।

23.

'राष्ट्र सङ्घको असफलता र भर्सेलिज सन्धिको उल्लङ्घन दोस्रो विश्वयुद्धको प्रमुख कारण थिए । यस भनाइलाई प्रष्ट पार्नुहोस् ।'

24.

'जीवनमा आइपर्ने आकस्मिक क्षति न्यूनीकरणमा विमाको महत्त्व शीर्षकमा एउटा लेख तयार पार्नुहोस् ।'