तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)सामाजिकीकरणका दुईओटा तत्त्वहरू लेख्नुहोस् ।
विकास आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरिनुको औचित्य एक वाक्यमा पुष्टि गर्नुहोस् ।
नेपालमा सामाजिक समस्या समाधानमा युनिसेफ (UNICEF) को एक भूमिका एक वाक्यमा लेख्नुहोस् ।
'भ्रष्टाचारीको कुनै जात र धर्म हुँदैन' भन्ने कुरालाई एक वाक्यमा आफ्नो धारणा दिनुहोस् ।
मार्सल प्लानको प्रमुख एक उद्देश्य लेख्नुहोस् ।
तपाईंको विचारमा पहिलो संविधान सभाले किन संविधान जारी गर्न सकेन ? उपयुक्त कारण दिनुहोस् ।
उर्जाको दुईओटा स्रोतहरूको नाम लेख्नुहोस् ।
वैदेशिक रोजगारीमा जान चाहने तपाईंको दाजुलाई व्यवस्थित रोजगारका निम्ति तपाईंले दिने कुनै एक सल्लाह उल्लेख गर्नुहोस् ।
संयुक्त राष्ट्र सङ्घमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
आफ्नो शिक्षण सिकाइका लागि तपाईंले सूचना तथा सञ्चार प्रविधिलाई कसरी प्रयोग गर्दै आउनु भएको छ ? एक वाक्यमा लेख्नुहोस् ।
शिक्षाले गुणस्तरीय जीवनमा कसरी सुधार ल्याउँछ ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
(९×४=३६)विविधतामा एकताले नेपालको सामाजिक सहिष्णुता बढाएको छ, कसरी ? पुष्टि गर्नुहोस् ।
हाम्रो मुलुकले मानव विकास सूचकाङ्कमा वृद्धि गर्नका लागि ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरू उल्लेख गर्नुहोस् ।
'जेष्ठ नागरिकको विशेष हेरचाह र सम्मान गर्नु हामी सबैको दायित्व हो ।' भन्ने विषय समेटी संवादको एक नमुना तयार पार्नुहोस् ।
नेपाली लोक तथा शास्त्रीय नृत्यलाई बचाई राख्न समुदाय र स्थानीय तहले के कस्ता कार्यहरू गर्नुपर्ला ? आफ्ना विचार चार बुँदामा प्रस्तुत गर्नुहोस् ।
अथवा
विश्व प्रसिद्ध शिक्षा तथा बालअधिकार अभियन्ता मलाला युसुफजाईका गतिविधिहरूबाट पाएको प्रेरणालाई हाम्रो जीवनमा कसरी लागू गर्न सकिन्छ ? आफ्नो धारणा चार बुँदामा प्रस्तुत गर्नुहोस् ।
सामाजिक सञ्जाल सही ढङ्गले उपयोग गर्न नसक्दा हुन सक्ने जोखिमहरू मूल्याङ्कन गर्नुहोस् ।
संसदीय शासन प्रणालीमा शक्ति सन्तुलनको महत्त्व चार बुँदामा लेख्नुहोस् ।
भूमध्यरेखीय हावापानी र भूमध्यसागरीय हावापानी क्षेत्रबिचको फरक छुट्याउनुहोस् ।
संयुक्त राष्ट्रसङ्घीय विशिष्टीकृत संस्थाको आर्थिक/सामाजिक विकासमा पुऱ्याएको योगदानको प्रशंसा गर्दै कुनै एक विशिष्टीकृत संस्थाको प्रमुखलाई धन्यवाद पत्र लेख्नुहोस् ।
नेपालको जनसङ्ख्या वृद्धिदरको प्रवृत्ति स्पष्ट पार्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
(४×७=२८)संसदीय प्रणालीमा संसदको विशेष महत्त्व रहेको हुन्छ भन्ने तथ्य वर्तमान नेपालको सङ्घीय संसदले गर्दै आएको कार्यका आधारमा विश्लेषण गर्नुहोस् ।
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) नाम्चे बजार
(ख) मधेश प्रदेश
(ग) खप्टड राष्ट्रिय निकुञ्ज
(घ) फेवाताल
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) टिटिकाका ताल
(ख) पाटागोनिया मरुभूमि
(ग) अमेजन नदी
(घ) फकल्याण्ड टापु
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको सामाजिक, भौतिक तथा आर्थिक पक्षको वर्णन गर्नुहोस् ।
जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/६३ बिच पृष्ठभूमि र उपलब्धिका आधारमा तुलना गर्नुहोस् ।
नेपालमा पर्यटन क्षेत्रको सम्भावनाहरू उल्लेख गरी तपाईंको विदेशी साथीलाई भ्रमणका लागि अनुरोध गर्दै पत्र लेख्नुहोस् ।