Nepali Question Paper 2082 — Sudurpaschim Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'SP'
sudurpaschim
SEE 2082 (2026)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :

1.

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोड्ा मिलाउनुहोस् : २

समूह 'क' रद्दी उदात्त आभास जुम्स्यो
समूह 'ख' दुब्लो भभल्को अनुहार काम नलाग्ने सिपालु उदार

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
आउँदो साल विगतका समयभन्दा रमाइलो हुने आशा छ । प्रविधिको पहुँचले मानिसलाई दिन प्रतिदिन सुखी र खुसी बनाएको छ । यसकारण हरेक पलमा मानिस रमाउन चाहन्छ ।
(क) 'चाहना' को पर्यायवाची शब्द...........हो ।
(ख) 'आगत' को विपरीतार्थक शब्द...........हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'समय' को लघुतावाची शब्द...........हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
सबैले नेपाली विषयको परियोजना कार्य मिलेर गऱ्यौं । सुरुमा कतिपय साथी सक्रिय भएनन् । शिक्षकले एक हातले ताली बज्दैन भनेपछि सबैले आआफ्ना काम खुरुखुरु गर्न थाले । एकले थुकी सुकी सयले थुकी नदी भने भैँ समूहमा मिलेर काम गर्दा नतिजा राम्रो आयो र हामी खुसीले गदगद भयौं ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) त्रिविधता    विविधता    विविधता    विविधता
(आ) पञ्चतत्त्व    पंचतत्व    पङ्चतत्त्व    पन्चतत्व

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
आजका सफल नागरीक सुचना र प्रविधिमा परिचित पोख्त र दक्छ्य हुनुपर्छ ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
सानी मेलाबाट साथीसँग गफ गर्दै घर गई र ठूली दिदीसँग मिलेर खुरुखुरु काम गर्न थाली ।

6.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आयुर्वेद उपचार पद्धतिले मानवीय स्वास्थ्य सुरक्षामा विशेष जोड दिन्छ । ग्रामीण र सहरिया जीवनलाई सुमधुर बनाउन यसको भूमिका ठूलो छ ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
बुवाले हामी दिदीभाइलाई भैफभगडा नगरी काम गर्न भन्नुभयो । हामी पनि डोकोनाम्लो बोकेर खेतबारीतिर गयौँ । बुबा खाजासाजा बनाउन थाल्नुभयो । धारामा लामो पुच्छर भएको चरो आएर बस्यो । आमा त्यसलाई धपाएर गाईको गोठतिर जानुभयो । हामी सबैले आआफ्ना काम राम्ररी गऱ्यौं ।

7.

दिइएका वाक्यलाई भविष्यत् कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् : २
तिमी हरेक दिन पुस्तकालय जान्छौ । तिमी मन पर्ने पुस्तक खोजी खोजी पढ्छौ । तिमी पढेका पुस्तकका विषयमा साथीसँग छलफल गर्छौ । तिमी साथीलाई पुस्तक पढ्न प्रेरणा दिन्छौ ।

8.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको वर्णन गर्नुहोस् ।

(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उसले धेरै पढेको छ । ऊ सबै साथीलाई पढ्ने सल्लाह दिन्छ । ऊ पढेको कुरालाई व्यवहारमा प्रयोग गर्छ । ऊ आफूलाई सबैतिर चिनाउन चाहन्छ ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) रामभरोस बजार गएर सामान किन्छ । (वाक्य विश्लेषण)
(ख) मैले उपन्यास पढेँ । (कर्मवाच्य)
(ग) भाइले खानेकुरा खायो । (प्रेरणार्थक)
(घ) आमाले भन्नुभयो, "सबैले घरको काम गर्नुपर्छ ।" (अप्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
भाइका कुरा सुनेर मुरलीधरले वर्र आँसु भारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु भार्दै मने, "बिसेक हुन्छ वा हरेस नखाऊ ।
बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन । बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गर्न लैजान्छु ।"
प्रश्नहरू
(क) 'भाइका कुरा सुनेर मुरलीधरले वर्र आँसु भारे ।' यस वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
(ख) रेखाङ्कित 'मुरलीधरले' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
नेपाललाई जलस्रोतका दृष्टिले धनी देश मानिन्छ । हिमाल, पहाड र तराईमा फैलिएका सयौँ नदी, खोल्सा, झरना तथा मुहानले नेपाललाई जलसम्पदामा सम्पन्न बनाएका छन् । पानीको मात्रा र नदीको बहावका आधारमा विश्व जलसम्पदामा नेपालको उल्लेखनीय योगदान छ । नेपालमा बहने नदी प्रायः हिमाली क्षेत्रबाट उत्पन्न हुने भएकाले वर्षभरि निरन्तर पानीको प्रवाह भइरहन्छ । यही जलस्रोतले नेपाललाई आर्थिक, सामाजिक तथा पर्यावरणीय रूपमा विकास गर्ने ठूलो आधार प्रदान गर्छ । विशेष गरी जलविद्युत् उत्पादन, सिँचाइको विस्तार, खानेपानी आपूर्ति, पर्यटन प्रवर्धन तथा जल यातायात आदि क्षेत्रमा नेपालको जलस्रोतको उपयोगको ठूलो सम्भावना छ । सिँचाइको पहुँच बढेमा कृषि उत्पादनमा गुणात्मक वृद्धि हुन सक्छ । यसले मुलुकलाई आत्मनिर्भर बन्न मदत गर्छ । जलस्रोतको उपयोग गरी अधिकतम जलविद्युत् उत्पादन गर्नुपर्छ । उत्पादित जलविद्युत् उपयोग भएमा नेपालले विदेशी ऊर्जामा निर्भरता घटाउन सक्छ । अतिरिक्त विद्युत् निर्यात गरी आर्थिक आय वृद्धि गर्न पनि सक्छ । जलवायु परिवर्तनले जलस्रोत संरक्षण र वैज्ञानिक व्यवस्थापनमा चुनौती थपिएका छन् । यदि नेपालले जलस्रोतलाई सुव्यवस्थित रूपमा विकास गर्न सफल भयो भने मुलुकको उज्ज्वल आर्थिक भविष्य निर्माण गर्न सकिन्छ ।
प्रश्नहरू
(क) नेपालका प्रमुख जलस्रोत के के हुन् ?
(ख) नेपालमा नदीको प्रवाह किन वर्षभरि भइरहन्छ ?
(ग) जलस्रोतले कृषि क्षेत्रमा कस्तो सुधार ल्याउन सक्छ ?
(घ) जलविद्युत्को विकासले नेपालको आर्थिक भविष्यमा कसरी प्रभाव पार्न सक्छ ?

12.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै वनमा धेरै परेवा बस्नु.........वनको नजिकै किसानको खेत हुनु......परेवा सधैँ खेतमा गई धान खाने गर्नु.......किसानले परेवालाई जाल थाप्नु.........परेवामध्ये बुढो परेवाले जाल देख्नु.......उसले अरू परेवालाई सतर्क गराउनु ........बुढो परेवाबाहेक अरू सबै जालमा पर्नु.......जालमा परेका परेवाले पछुताउँदै जालबाट बचाउने जुक्ति निकाल्न बुढो परेवालाई अनुरोध गर्नु.......किसान आएर जाल फिर्क्ता सबैले मरे जस्तै गर्नु र जाल फिर्केपछि सबै एकै साथ उड्नु भन्ने सल्लाह दिनु.....बुढो परेवाको सल्लाहअनुसार सबै परेवाले त्यसै गर्नु......सबै परेवा बाँच्नु ।

(ख) वडास्तरीय खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दा तपाईँका मनमा उठेका भावना समेटी एउटा मनोवाद लेख्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) 'जानकी पुस्तक पसल' धनुषाका तर्फबाट कक्षा १० का अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
(ख) अर्गानिक मह उद्योगद्वारा उत्पादित शुद्ध महको व्यापार प्रवर्धनका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा मात्र व्यक्तिको व्यक्तित्वको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कँदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पछिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्व विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षाको आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्ता विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ । त्यस्ता व्यक्तिमा प्रतिकूल परिस्थितिमा शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैँ व्यवस्थापन गर्ने र परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेषता हुनु जरुरी छ । साथै नेतृत्व गर्ने क्षमता, अनुशासन, सत्य र त्रुटि बुभ्mने क्षमता, निरन्तर सुधार गर्ने क्षमता शिक्षित व्यक्तिमा देखिनु जरुरी छ ।

16.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
पहाडले भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ
नराई भन्छ सिँचाइ पाए म सुन फलाउँथेँ
के छ र गाह्रो होस्टेमा हाँसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।
प्रश्नहरू
(अ) पहाडलाई पसिना र तराईलाई सिँचाइ किन चाहिएको छ ?
(आ) 'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ ।' भन्नुको तात्पर्य के हो ?

(ख) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईँले मसित माग्नुभएको तर पटकपिच्छे मैले पल्नोस् भन्दै आएको छु, पख्र्राएको छु । सम्पादक जस्तो मान्छेले पनि जाँनदार कहाँ ऋण माग्न गएको जैरे काहिँलो भैँ पटकै पिच्छे लुत्रे कान लगाएर फर्कनुपर्ने जड चलनु स्वाभाविकै हो । जङ्गिदाजङ्गिँदै जङ्गवहादुर बने पनि के लाग्छ र ? अर्को हातवाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईँले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईँले धैर्य गर्नुपर्छ । अफ्न भनूँ, भने भुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षित चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।
प्रश्नहरू
(अ) निबन्धांशमा शिक्षित मानिसलाई किन व्यङ्ग्य गरिएको हो ?
(आ) कसैसँग काम लिनका लागि पर्खनै पनि चलन हटाउन के गर्नुपर्ला ?

17.

राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त ? कथाका आधारमा तर्क दिएर लेख्नुहोस् । ४

18.

कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
     आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
(ख) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७

(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःख सागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै 'भिखारी' कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे ।
प्रश्न
(अ) लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका क्षेत्रमा दिएको योगदानको समीक्षा गर्नुहोस् ।

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
किन बस्ने यहाँ ? एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइको गरौँला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाओँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ ।
प्रश्न
(अ) 'घरको माया' एकाङ्कीमा वतासेद्वारा कस्तो देशप्रेमको भावना प्रस्तुत गरिएको छ ? माथिको अंश र पाठका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।

20.

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) ज्येष्ठ नागरिकप्रति मेरो दायित्व
(ख) लोकतन्त्र र मानव अधिकार
(ग) पुस्तकालयको महत्त्व