समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
जीवन अनन्त गतिमा बढोस् भन्ने सबैको चाहना हुन्छ तर परिस्थितिले गर्दा त्यो सव पुरा गर्न सकिँदैन । मनमा दृढ विश्वास वोकेर उच्च मनोवल राख्नु नै जीवनको अर्थ वुभ्नु हो ।
(क) 'अभिरुचि' को पर्यायवाची शब्द............हो ।
(ख) 'मरण' को विपरीतार्थक शब्द............हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'कहिल्यै अन्त नहुने' पदावलीको सिङ्गो शब्द............हो ।
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
समयमै काम पुरा गर भन्दा-कानमा तेल हालेर वस्यौ न त्यो वेला भनेको कुरा फटाफट गर्गिदएको भए आज यसरी हावा खानु पर्दैनथ्यो । अहिले भलभली सम्फेर पछुतो मान्नु वेकार छ ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) संशोधन शंशोधन शंसोधन संसोधन
(आ) विरुवा विरुवा विरुवा चिरुवा
(ख) दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस् : २
जमानसिंहले भन्यो, किन गाउँ छाडेको कान्छा सारा खेति धान्नुपर्ने ग्यानी छोरो परदेश पो आएछ ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
त्यो केटो एक्कासि भुईँमा लड्यो अनि तुरुन्त कोही आएर उठायो । सामान्य उपचार गरेपछि उसलाई घर लगियो ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नेपाली भाइले असम्भव कामलाई जहिले पनि सम्भव हुन्छ भन्थे । उनको विचार जाँगरिलो वनी काम गरे प्रगति गर्न कठिन छैन भन्ने थियो । ग्रामीण परिवेशमा हुर्किएका उनी साहै मिहिनेती थिए ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
ठुली आमा माइत जान तम्तायार भएपछि पीताम्वर काकाले वाटालाई खर्च भनेर पैसासैसा दिनुभयो । ससाना भाइ र वहिनी पनि पछि पछि लागेर मामाघर गए ।
दिइएका वाक्यलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् : २
आयुप र लाक्पा मिहिनेत गर्छन् । उनीहरू सहरको विद्यालयमा पढ्छन् । उनीहरू आफ्नो गाउँको उन्नति हेर्न चाहन्छन् । उनीहरू सवैलाई आफ्नो गाउँ फर्कनुपर्छ भन्छन् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) सामान्यार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफूले गर्ने कुनै कामका वारेमा वर्णन गर्नुहोस् ।
(ख) दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
म नेपाली नागरिक हुँ । म आफ्नो देशलाई माया गर्छु । म नेपाली हुन पाएकामा गौरव गर्छु । म आफ्नो देशको समृद्धिमा लाग्छु ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) बुद्ध नेपालमा जन्मिएका हुन् । बुद्धले अहिंसाको पाठ सिकाए (वाक्य संश्लेषण)
(ख) आफू त वजार गइन्छ । (कर्तृवाच्य)
(ग) भाइवहिनीहरू पाठ पढ्छन् । (प्रेरणार्थक)
(घ) गुरुले मलाई भन्नुभयो, "तिमी हिजो किन आएनौ ।" (अप्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
यस्तै वेलामा कुटुम्वले छोरां शशीधरलाई छोरी दिन आए । कुटुम्व धनीमानी थिए । जिल्लामा उनको ठुलो ख्याति थियो । मधेसतिर तीनचार मौजा जिमिदारी छ भन्ये । सन्तानमा केवल थिनै एउटा छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो । शशीधर भर्खर १५ वर्ष मात्र लागेको थियो । ठिटो राम्रो र बहुत मेधावी थियो । छोराको यति सानै उमेरमा विहा गर्न त श्रीधरको मन थिएन । एउटी छोरी मात्र भएका धनी कुटुम्वले घरै आएर छोरी दिँदा उनी वडो असमञ्जसमा परे । उता घरकाले पनि विहा गर्नैपर्छ भनेर करकर गर्न थाले । कामकुरो छिनियो । खुव मन फुकाएर विहाका मालसजाम तयार गर्न थाले ।
प्रश्नहरू
(क) 'कुटुम्व धनीमानी थिए ।' यस वाक्यलाई अकरणमा वदल्नुहोस् ।
(ख) रेखाङ्कित 'शशीधरलाई' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'यस्तै वेलामा कुटुम्वले छोरा शशीधरलाई छोरी दिन आए ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'एउटी छोरी मात्र भएका कुटुम्वले घरै आएर छोरी दिँदा उनी असमञ्जसमा परे ।' यस वाक्यलाई मिश्र वाक्यमा वदल्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
पश्चिमाहरू प्रकृतिलाई जड मान्छन् । उनीहरूका लागि प्रकृति एउटा भौतिक उपलब्धि मात्र हो । प्रकृति मान्छेका लागि हो तसर्थ यसको जतिसक्दो उपयोग गर्नुपर्छ भन्ने भौतिकवादी दृष्टिकोण पश्चिमी विचारको चुरो हो । प्रकृति र मानवको अस्तित्व परिपूरक सम्वन्धमा आधारित छ, त्यसैले प्रकृतिलाई चेतन रूपमा मान्नुपर्छ र सन्तुलित उपयोग गर्नुपर्छ भन्ने कुरा पूर्वीय दर्शनको सारतत्त्व हो । अहिले आएर पश्चिमाहरूले प्रकृति संरक्षणको नारा उठाए पनि पश्चिममा यो नारा उठेको धेरै समय भएको छैन । मान्छे आफैँ प्रकृति हो त्यसैले भौतिक विकासको चरमचुलीमा पुगेपछि मानवतामा उत्पन्न हुने अतृप्त वितृष्णा र कुण्ठाको उचित निकासका लागि 'प्रकृतितिरै फर्क' को नारालाई यसै सन्दर्भमा हेर्नुपर्छ । प्रकृति भनेको ढुङ्गो, माटो, वृक्ष, वनस्पति र जलस्रोत हो । अव यी सवै कुरालाई प्राकृतिक सम्पदा भन्न थालिएको छ । समकालीन विश्वमा धनी वा गरिव राष्टको निर्णय उसको अधीनमा रहेको प्राकृतिक सम्पदाकै आधारमा हुन थालेको पाइन्छ । प्रकृतिको विराट स्वरूप नै वातावरण हो । वातावरणभित्र वायुमण्डलसमेत समेटिन्छ ।
प्रश्नहरू
(क) पश्चिमी विचारको चुरो के हो ?
(ख) प्रकृति र मानवको अस्तित्व केमा आधारित छ ?
(ग) विश्वमा धनी र गरिव राष्टको पहिचान कसरी गरिन्छ ?
(घ) वातावरणलाई किन प्रकृतिको विराट स्वरूप भनिएको हो ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : वालकृष्ण सम
जन्म : वि.सं. १९५९ माघ २४ गते
जन्मस्थान : ज्ञानेश्वर, काठमाडौँ
मातापिता : कृति राज्यलक्ष्मी र समर शमशेर
शिक्षा : आई.एस्सी.
सेवा : सैनिक सेवा, रेडियो नेपालका निर्देशक, गोरखापत्रका सम्पादक
कृति : मुटुको व्यथा, अमरसिंह, भीमसेनको अन्त्य आदि नाटक, चिसो चुल्हो महाकाव्य, आगो र पानी खण्डकाव्य आदि ।
योगदान : आधुनिक नेपाली नाटकका प्रवर्तक, सुखान्त र दुःखान्त नाटकको रचना; पौराणिक र ऐतिहासिक विषयवस्तुमा नाटक रचना
पुरस्कार : त्रिभुवन पुरस्कार, साभ्mा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार आदि ।
मृत्यु : वि.सं. २०३८ साउन ६ गते, काठमाडौँ
(ख) 'भाग्य ठुलो कि परिश्रम ठुलो' भन्ने वादविवादको विषयमा विपक्षीका मतको खण्डन गर्दै पक्षका तर्फबाट आफ्ना गहकिला तर्क प्रस्तुत गर्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) विद्यालयमा जम्मा हुने फोहोर व्यवस्थापन गरिदिन अनुरोध गर्दै वडा कार्यालयलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) विद्यालयको वार्षिकोत्सव समारोहमा अतिथिलाई आमन्त्रण गर्न दिइने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत वन्दुकभन्दा कलम र कुची वलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिकारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत वनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि वनाए । उनी केवल मान्छेको वाहिरी आवरण मात्र कहाँ हो र, ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त वनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जजसले ती चित्र हेर्थे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह र आक्रोशका भाव सल्वलाउँथे र हेदाहिदाँ ती चित्रमा नै हराउँथे ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
अधिकारको क्षेत्र व्यापक छ । यसभित्र वाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार आदि थुप्रै अधिकारका कुरा पर्छन् । संयुक्त राष्टसङ्घको मानव अधिकार र वाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले अधिकारका वारेमा प्रस्ट उल्लेख गरेकै छ । वालवालिकाले जन्मनासाथ शिक्षा र सुरक्षाका अधिकार पाउनुपर्छ, श्रमिकले न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अधिकार पाउनुपर्छ । आफ्ना अधिकार प्राप्तिका लागि श्रमिकले गरेको ऐतिहासिक विद्रोहको सम्भनामा संसारभर मे १ तारिखका दिन 'मजदुर दिवस' मनाइन्छ । किसानलाई पनि राज्यवाट विउजिवन र मल जस्ता वस्तुमा सहुलियत पाउने अधिकार छ । अधिकार नै नभएमा मानिसले कर्तव्य पूरा गर्न सक्दैन । त्यसैले अधिकारविनाको कर्तव्य नुनविनाको तरकारी जस्तै हो ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
के गर्नु चुनावका घोषणापत्रहरू ?
सिँगान पुछ्ने कागजभन्दा वढी कामयाव हुन सक्दैन यो गिनीहरूलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ?
दन्त्य कथाकै सिलसिला जोड्नुभन्दा वढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई ।
प्रश्नहरू
(अ) प्रस्तुत कवितांशमा चुनावी घोषणापत्रलाई कुन रूपमा चित्रण गरिएको छ ?
(आ) अन्तरिक्ष यानका वारेमा कविको धारणा के छ ?
(ख) दिइएको निवन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
यसरी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफ्ना परापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकैसाथ सहयात्रा गरेकै छ । नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अभैँ लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकका उत्पादनलाई विश्व वजारमा पस्कने गरे हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ ।
प्रश्नहरू
(अ) देशको शिक्षामा आउनुपर्ने सकारात्मक परिवर्तन के के हुन् ?
(आ) व्यावसायिक शिक्षाले कृषि उत्पादनमा कसरी सहयोग गर्छ ?
'कुनै पनि मानिस शत्रु नभएको हुन सक्दैन' भन्ने मनाइका बारेमा शत्रु कथाका आधारमा आफ्ना तर्क लेख्नुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) पहाड भन्छ पिसना पाए म स्वर्ग भुलाउँथेँ
तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँथेँ ।
(ख) हामी दुवै चाहन्छौँ एउटा यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७
(क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
किन वस्ने यहाँ ? एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौँला । जति पिसना वहाउनुपरे पनि आफ्नै घरवारीमा वहाउँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सवैको हेलाहाँसो भएर म त वसिदनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर वस्नुपर्छ र ?
प्रश्न
(अ) युवाहरूलाई विदेसिनबाट रोक्न 'घरको माया' एकाङ्कीले कस्तो सन्देश दिएको छ ? दिइएको अंशसहित पाठका आधारमा समीक्षा गर्नुहोस् ।
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
देवकोटाको कवित्व प्रतिभा, कवितको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कवितको अहिलेसम्मको यात्रामा प्रतिभा रचना परिणाम र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् ।
प्रश्न
(अ) जीवनीको अंश र मूल पाठका आधारमा नेपाली भाषा साहित्यका क्षेत्रमा गहाकार्त्व लक्ष्मीप्रसाद देवकोटाले पुऱ्याएका योगदानको समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निवन्ध लेख्नुहोस् : ७
(क) विद्युतीकरण र विकास
(ख) राष्ट निर्माणमा युवाको भूमिका
(ग) मेरो जीवनको लक्ष्य