Nepali Question Paper 2081 — SEE | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'SP'
Sudurpashchim
SEE 2081 (2025)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' दृष्टान्त भकारो उदात्त फसाद
समूह 'ख' महान् असजिलो अवस्था उदाहरण दर्शनि पशुको मल

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
समय अनवरत चलेकै छ । यो आफ्नै गतिमा अगाडि बढिरहन्छ । यसलाई धेरैले कुर गरे पनि आफ्नो बन्धनमा बाँध्न सक्दैनन् । समयको हरेक पलमा हामी अगाडि बढ्न सक्नुपर्छ ।
(क) 'निरन्तर' को पर्यायवाची शब्द .......... हो ।
(ख) 'विश्राम' विपरीतार्थी शब्द .......... हो ।
(ग) अनेकार्थी शब्द ............... हो ।
(घ) 'समय' को लघुतावाची शब्द .......... हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
सिन्धु सरासर विद्यालय जान्छिन् र खुरुखुरु पढ्न थाल्छिन् । उनी कक्षामा ध्यान दिएर पढ्छिन् । हुने बिरुवाको चिल्लो पात भने भैँ उनी हरेक परीक्षामा प्रथम भएर पुरस्कृत हुन्छिन् । आएँ आँप गए भटारो भनी हतारमा काम गर्ने बानी उनको छैन ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) विविधता (ii) विविधता (iii) बिबिधता (iv) विबिधता
(आ) (i) भन्याङ (ii) भर्याङ (iii) भर्याङ (iv) भन्र्याङ

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् । २
गाउँ तिर जन्मेका हामी कर्मशिल छौँ हामी खेती र पशूपालन पनि गर्छौँ ।

5.

रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
यो देश मेरा लागि प्राणभन्दा प्यारो भएकाले देशका निम्ति असल काम गर्न सबैलाई सल्लाह दिन्छु

6.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
कानुन समाजको अपरिहार्य तत्त्व हो । यसले मानवीय आचरण तथा व्यवहारलाई नैतिक र सामाजिक आयामबाट परिभाषित गर्छ । राज्यका असीमित अधिकारलाई नियन्त्रण गरी प्रशासनलाई चुस्त बनाउन कानुन अनिवार्य हुन्छ ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
भुइँचालो आएपछि मानिस घरबाट बाहिर निस्के । लामो समयसम्म ससाना धक्का पटक पटक आउँदा भानिजदाइ समाजको सेवा गर्न खाद्यपदार्थ बोकेर टोलटोलमा पुगे । केही मानिस आकाश र पाताल जोड्ने गफगाफ गरेर बसेका थिए ।

7.

दिइएको अनुच्छेदलाई अज्ञात भूत कालमा परिवर्तन गर्नुहोस् : २
आनीले चौँरी पालन गरिन् । यसबाट उनको आर्थिक अवस्था राम्रो भयो । सबैले उनको प्रशंसा गरे । उनले सम्मान पनि पाइन् ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) सम्भावनार्थक भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको कामको वर्णन गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
उनी असल छन् । उनी धेरै मिहिनेत गर्छिन् । उनी मिलेर खेल्छन् । उनी सबैसँग रमाउँछन् ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) आज घाम लाग्छ । आज न्यानो हुन्छ । (वाक्य संश्लेषण)
(ख) उनी आजै घर जान्छिन् । (भाव वाच्य)
(ग) सानो भाइ खेल्छ । (प्रेरणार्थक)
(घ) डाक्टरले सल्लाह दिए, "कृपया औषधी खानुहोस् ।" (अप्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । सानो छँदा आमाले भनेका कुरा सम्भैँदै एक पटक पिकासोले भनेका छन्, "मेरी आमाले भन्नुभएको थियो, यदि तिमी सिपाही बन्यौ भने जनरल हुने छौ, धर्मगुरु बन्यौ भने पोप हुने छौ" तर म आमाले भन्नुभएका मान्छेजित्तिकै लगनशील भएँ र पिकासो बनें । उनले भने भैँ हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर पाएमा र लगनशील भएमा जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छन् ।
प्रश्नहरू
(क) 'तिमी सिपाही बन्यौ भने जनरल हुने छौ ।' यस वाक्यलाई अकरणमा वदल्नुहोस् ।
(ख) रेखाङ्कित 'बालबालिकामा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'एक पटक पिकासोले भनेका छन् ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छ ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
बालबालिका शारीरिक तथा मानसिक रूपमा अपरिपक्व हुन्छन् । उनीहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्छ । उनीहरूलाई संरक्षण र बाँच्नका लागि चाहिने आधारभूत कुराको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्यको सेवा पुऱ्याउनुपर्छ । यसका साथै खेल, मनोरञ्जन र आराम गर्न पनि दिनुपर्छ । उनीहरूलाई माया र स्नेह दिनुपर्छ अनि दुर्व्यवहार तथा शोषणबाट जोगाउनुपर्छ । बालअधिकार भनेको शान्ति, समभदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हासिल गर्दै स्वस्थ भएर उत्पीडनबाट संरक्षण प्रदान गर्दै तिनको बालापन सुनिश्चित गर्नु पनि हो । बालबालिका सबैका दायित्व हुन् । संक्षेपमा भन्नुपर्दा बालअधिकार भनेको बालबालिकाको बोल्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकांसको अधिकार र आफ्ना बारेमा गरिने नीति निर्माण तथा सामाजिक गतिविधिमा सहभागी हुन पाउने अधिकारको समष्टिगत रूप हो । सोहीअनुसार बालअधिकारसम्बन्धी महासन्धि राष्ट्रिवचको एक सम्भौता पत्र पनि हो ।
प्रश्नहरू
(क) बालअधिकारभित्र पर्ने कुनै दुईओटा अधिकार उल्लेख गर्नुहोस् ।
(ख) बालबालिकालाई किन विशेष सुविधा आवश्यक पर्छ ?
(ग) बालबालिकाको बालापन कसरी सुनिश्चित गर्नुपर्छ ?
(घ) बालअधिकारको संरक्षण कसरी गर्न सकिन्छ ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : भवानी भिक्षु
जन्म : वि.सं. १९६६ साल जेठ २१ गते
जन्मस्थान : तौलिहवा, कपिलवस्तु
माता/पिता : यशोदादेवी/इन्द्रप्रसाद गुप्ता
शिक्षा : साहित्य कुलभूषण
नेपाली साहित्यमा प्रवेश : वि.सं. १९९५ को शारदा पत्रिकामा प्रकाशित मानव कथावाट
प्रकाशित कृतिहरू
कथा सङ्ग्रह : गुनकेशारी (२०१०), मैयाँसाहेब (२०१७), सुभद्राबज्यै (२०१९), आवर्त (२०२४), अवान्तर (२०३४), सुन्तली (२०४०)
उपन्यास : आगत (२०३२), पाइ न. २ (२०३४)
कविता सङ्ग्रह : छाया (२०१७), प्रकाश (२०१७), परिष्कार (२०१७)
सम्मान/पुरस्कार : साभ्mा पुरस्कार (२०३२), मदन पुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६)
भाषा ज्ञान : नेपाली, अवधि, हिन्दी, उर्दु, अङ्ग्रेजी, संस्कृत, बङ्गाली
• सुरुमा हिन्दी साहित्यतर्फ आकर्षित
• १२ वर्षको उमेर प्रताप भन्ने पत्रिकामा हिन्दी कविता छापिएका
• वि.सं. १९८७ मा काठमाडौँ भित्रिँदा साहित्यसेवी ऋद्धिबहादुर मल्ल र कवि सिद्धिचरण श्रेष्ठसँग सम्पर्क बढेको
मृत्यु : वि.सं. २०३८, वैशाख ४ गते

(ख) भलिबल प्रतियोगितामा प्रथम भई पुरस्कृत हुँदा आफ्नो मनमा खेलेका भावलाई समेटी एउटा मनोवाद लेख्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) शारदा पुस्तक भण्डार जनकपुरधाम, धनुषाले रत्नपुस्तक भण्डार भोटाहिटी, काठमाडौँबाट प्रकाशित पुस्तकहरू यथाशीघ्र पठाइदिन अनुरोध गर्दै एउटा चिठी तयार पार्नुहोस् ।
(ख) आफ्नो विद्यालयको वार्षिकोत्सव कार्यक्रमको विषयलाई समेटी समाचार तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्टको हितमा काम गरेर आफ्नो अव्वलता प्रदर्शन गरे । देवकोटो आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रूपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहलकदमी रह्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेकै छ ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । हाल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रसँगको समन्वयमा विभिन्न जडीबुटीका लागि औषधीय अनुसन्धान कार्यक्रम अगाडि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयमा पनि आयुर्वेदको अध्ययन भइरहेको छ । आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीको दर्ता नेपाल आयुर्वेद चिकित्सक परिषद्मा हुन्छ । आयुर्वेद चिकित्सासम्बन्धी अनुगमन, गुणस्तर नियन्त्रण आयुर्वेद चिकित्सा परिषद्ले गर्छ ।

16.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँचे छ
नेपाली भाषा संस्कृति कला साहित्य साँचे छ
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
प्रश्नहरू
(अ) नेपाललाई बलियो बनाउन के गर्नुपर्छ ?
(आ) नेपालको गौरव कसरी बढाउन सकिन्छ ?

(ख) दिइएको गद्यांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईँ गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साह्रै जुम्सो भएको छु ।'बरू के तपाईँ पत्याउनुहुन्छ ? यो जुम्स्याँइको जन्मदाता पनि यस्तै जडचल्दा पर्खाइ हुन् । साँच्चै भन्नु भने मेरो दुनियाँ भन् लम्स्याङलुम्सुडको छ । मेरो जमाना भन् जम्स्याङजुम्सुडको छ । मैले थाहा पाएदेखि म पर्खदो छु । काममा गएकी आमालाई, जागिरमा गएको बुबालाई, पाठ दिने गुरुलाई, तलब पाउने दिनलाई, लुगा सिउने सूचीकारलाई ।
प्रश्नहरू
(अ) 'म' पात्रको विशेषता गद्यांशका आधारमा लेख्नुहोस् ।
(आ) प्रस्तुत गद्यांशमा नेपाली समाजको कस्तो परिवेशको चित्रण गरिएको छ ?

17.

'घरको माया' एकाङ्कीको पात्र लालबहादुरका ठाउँमा तपाईँ हुनुभएको भए जमानसिंहले नेपाल फर्कने कुरा गर्दा के गर्नुहुन्थ्यो ? आफ्नो तर्क प्रस्तुत गर्नुहोस् : ४

18.

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) तिपाईँले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ ।
(ख) जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दो रहेछ ।

19.

दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ७
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब
जसका कर्मले बन्छन् जिन्दगी हाँसिला खुसी
अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी ।
प्रश्न
(अ) मानिसहरू महान्, हाँसिला र सुखी कसरी बन्न सक्छन् ? उज्ज्यालो यात्रा कविता र माथिको कवितांशका आधारमा समीक्षा गर्नुहोस् ।

(ख) दिइएको निबन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
ज्ञान र विज्ञानले युक्त शिक्षा आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्तो विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ ।
प्रश्न
(अ) हाम्रो देशको शिक्षा कस्तो हुनुपर्छ ? समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) देशप्रति मेरो कर्तव्य
(ख) प्राविधिक शिक्षाको महत्त्व
(ग) आर्थिक विकासमा पर्यटनको योगदान