Nepali Question Paper 2081 — Madhesh Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'MP'
madhesh
SEE 2081 (2025)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' तिलाञ्जली गायब दृष्टान्त इख
समूह 'ख' हराउने काम कुनै कुराको त्याग तिल उदाहरण दृष्टि प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेप

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
पूजा तिज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन् । आमाले गत साल जसरी भए पनि आउन कर गर्नुभएको थियो । त्यस दिन रातो टीका लगाएर छमछम नाच्ने साथीको भिड देखेर उनी छक्क परिन् ।
(क) 'ढिपी' को पर्यायवाची शब्द …… हो ।
(ख) 'जित' को विपरीतार्थी शब्द … हो ।
(ग) अनेकार्थी शब्द …… हो ।
(घ) 'व्यक्ति वा मानिसको समूह' बुझाउने शब्द …… हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा प्राविधिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
सन्दुक रुइत हुने बिरुवाको चिल्लो पान भने भैँ सानै उमेरदेखि पढाइ र व्यवहारमा अब्बल थिए । उनी विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति 'रुइतेक्टोमी' को सुरुआतकता बन्न पुगे । हुने हार टैव नटार भने भैँ नाप्लेजुड जिल्लाको ओलाङचुङगोलामा जन्मेर पनि उनले नेत्र चिकित्सा क्षेत्रमा अतुलनीय योगदान पुऱ्याए ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) डोर्याउन् (ii) डोर्याउन् (iii) डोर्याउन् (iv) डोग्राउन्
(आ) (i) सासन (ii) साशन (iii) शापन (iv) शासन

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
हातमा घडि लगायर तिमी कता हिँड्यौ यहाँको रमाइलोमा घुम्फिर गर्न मन लागेन ?

5.

दिइएको अनुनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग छुट्याउनुहोस् : ३
गरिबलाई केन्द्रविन्दुमा राखेर हामीले योजना निर्माण गर्नुपर्छ । देशको विकासमा सधैँ गम्भीर हुनुपर्छ है ।

6.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
हिमाली दृश्यको अवलोकन गर्न पाइने अनि नेपालीको हार्दिक स्वागतमा चुर्लुम्म डुब्न पाइने हुनाले विदेशीहरू नेपाललाई आफ्नो पर्यटकीय गन्तव्य बनाउँछन् ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
अव भानिज दाइका कुरा सुनौं, धेरै वादविवाद नगरौं । हामी प्रतिदिन भनभन् रोगग्रस्त बन्दै गाएका छौं । त्यसैले आआफ्नो ख्याल गरौं । होइन भने हरेक समय हामी अफैँ कमजोर बन्दै जाने छौं । त्यसैले पोसिला खानासाना खाएर बलिया बनौं ।

7.

दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : २
भाइ बिहानै विद्यालय जान्थ्यो । ऊ रामग्री पढ्थ्यो । नबुफेका कुरा गुरुसँग सोध्थ्यो । साथीहरूसँग मिलेर खेल्थ्यो ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) इच्छार्थक भाव बुकाउने फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको कामना गर्नुहोस् ।

(ख) दिइएका वाक्यलाई उच्च आदरमा परिवर्तन गर्नुहोस् :
निमी आफ्नो काम आफैँ गर । निमी आफ्नो काम गर्न अरूलाई नलगाऊ । निमी स्वावलम्बी बन । निमी देशलाई योगदान गर ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) विद्दता विद्यालय गएर साथीसँग खेलिछन् । (वाक्य विश्लेषण)
(ख) हामी दाजुलाई ढोग्छौं । (कर्मवाच्य)
(ग) भाइ सङ्गीत सिक्छ । (प्रेरणार्थक)
(घ) मिहिनेत गरेर पढ भनी गुरुआमाले भन्नुभयो । (प्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । त्यसैले यसलाई हाम्रो भित्री हृदयको तेजबान् छ । हामीसँग भाएको यही 'ज्ञानचक्षुबाट' हामी शिक्षा आजर्न गर्छौं अर्थात् निरन्तर आजर्न गरिरहन्छौं । प्रकृति, संस्कृत र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपथतर्फ लम्कँदो छ । शिक्षाले नै मानवलाई सम्मान खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ । यसले सकारात्मक र मूल्यवान् विषयलाई ग्रहण गर्ने र कतिपय असान्दर्भिक कुराबारे आलोचनात्मक दृष्टि राख्ने चेत प्रदान गर्छ ।

प्रश्नहरू
(क) 'यो हाम्रो भाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक्, महान् र ओजवान् छ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'ज्ञानचक्षुबाट' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'हामी शिक्षा आर्जन गर्छौं' यस वाक्यलाई आलङ्कारिक पदक्रममा परिवर्तन गर्नुहोस् ।
(घ) 'शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ त्यसैले यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
एक जना ठुला ठेकेदारसित हजारौं मजदुर काम गर्थे । एक पटक मजदुरले आफ्ना विभिन्न माग राखेर कम्पनीमा हड्ताल गरे । हड्ताल महिनौसम्म चल्यो । हड्तालको परिणामस्वरूप मजदुर भोकै हुन थालेपछि रोजीरोटीको व्यवस्थापनका निर्मित उनीहरू त्यहाँबाट अन्यत्र सरे । त्यही मोकामा अन्य क्षेत्रका मजदुर उक्त ठेकेदारकहाँ काम खोज्दै आइपुगे । यता ठेकेदार पनि कामदारको खोजीमा थिए । एक दिन ठेकेदार चौबाटामा बसेर त्यहाँ हिँडिरहेका मजदुरको आवागमनलाई नियालिरहेका थिए । एउटा मजदुर ठेकेदारको नोजिकमा आएर आफू कामको खोजीमा हिँडेको बतायो । ठेकेदारले ज्याला कति लिन्छौ ?" भनी प्रश्न गदाँ मजदुरले दिनको पचास रुपियाँ लिने कुरा बतायो । ठेकेदारले उनलाई काम दिए र इँटभट्टामा माटो खन्ने कामको जिम्मा लगाए । केही समयपछि अर्को मजदुर आए । ठेकेदारले उनलाई पनि ज्यालाका बारेमा सोधे । दोस्रो मजदुरले आफूले तीन सय रुपियाँ ज्याला लिने बताए । ठेकेदारले उनलाई कोइला खानीमा पठाइदिए । केही समयमै अर्का मजदुर आइपुगे । ठेकेदारले उनीसँग पनि ज्यालाका बारेमा सोध्दा तेस्रो मजदुरले आफूले दैनिक एक हजार रुपियाँभन्दा कममा काम गर्न नसक्ने बताए । ठेकेदारले उनलाई पनि काम दिने वाचा गरी हिरा खानीमा पठाए ।

प्रश्नहरू
(क) मजदुर हड्तालको परिणाम के भयो ?
(ख) ठेकेदार किन चौबाटोमा बसेका हुन् ?
(ग) ठेकेदारले तेस्रो मजदुरलाई हिरा खानीमा काम गर्न पठाउनुको कारण के थियो ?
(घ) माथिको गद्यांशको मूल सन्देश दुई वाक्यमा लेख्नुहोस् ।

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : गङ्गालाल श्रेष्ठ
जन्म : वि.सं. १९७५
जन्मस्थान : रामेछाप
माता/पिता : तुलादेवी/भक्तलाल श्रेष्ठ
शिक्षा : दरबार स्कुलबाट एस.एल.सी. उत्तीण गरी बनारसमा अङ्ग्रेजी शिक्षाको अध्ययन

योगदान :
— भारतीय स्वतन्त्रता सङ्ग्रामबाट प्रभावित भई राणा विरोधी अभियानमा लागेका
— वि.स. १९९४ मा नागरिक अधिकार समितिमा सक्रिय भएर क्रान्तिमा अग्रसर भएका
— वि.स. १९९५ मा काठमाडौँको इन्द्रचोकमा सम्पन्न भएको राणाविरोधी सभामा सम्बोधन
— प्रजा परिषद्को राणाविरोधी गतिविधिमा सक्रिय रहँदा गिरफ्तारीमा परेका
— राणाविरोधी गतिविधिमा लाग्दा वि.सं. १९९७ मा आफ्ना सहयोगीहरूका साथ पुनः गिरफ्तारीमा परेका
— राणाहरूले माफी मगाउन खोज्दा उनीहरूसामु भुक्नुभन्दा तातो गोली खान तयार भएका

निधन : वि.स. १९९७ माघ १५ गते राति विष्णुमतीको किनारमा रहेको शोभाभगवती मन्दिरअगाडि गोली हानी राणा सरकारले मृत्युदण्ड दिएको ।

(ख) 'स्वच्छ पानी : स्वस्थ जीवन' शीर्षकमा दुई जना साथीबिच भएको संवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) आफ्नो घर टाढा भएकाले छात्रावासको व्यवस्था गरिदिन अनुरोध गर्दै प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमुना तयार गर्नुहोस् ।

(ख) आफ्ना दाजुको विवाहको अवसरमा आफन्तलाई आमन्त्रण गर्ने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
आधुनिक चिकित्सा र आयुर्वेद चिकित्सासका अनेकौं अर्थ छन् । चिकित्सा शब्दको व्युत्पत्तिमूलक अर्थ 'रोग हटाउने इच्छा' हो । यसे अर्थभित्र औषधोपचार, इलाज, आँखती गर्ने काम, रोगको पहिचान, रोग निरूपण र रोग निदान जस्तै उस्तै उस्तै अनेक अर्थ समाविष्ट हुन्छन् । यसरी सामान्य अर्थमा रोगले सताउँदा, रोगबाट मुक्ति पाउनका लागि गरिने उपचारलाई चिकित्सा भनिन्छ । व्यापक अर्थमा भने रोग लाग्न अगावै स्वास्थ्यलाई जोगाउन र रोग लाग्न नदिनाका लागि गरिने विविध खालको उपायसमेत चिकित्सा शब्द भित्रै पर्छ । चिकित्सा विज्ञानका लागि आयुर्वेद शब्दको पनि प्रयोग हुन्छ । चिकित्सा शब्दले रोगको मूल जरा पत्ता लगाएर विविध प्रकारका परीक्षण गरी उपचारबाट निर्मूल गर्ने विधिलाई जनाउँछ ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो । एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो । त्यसैले आफ्नो देशको भाषिक सम्पदा जोगाउन राज्यले पहल गर्नुपर्छ । विभिन्न मातृभाषाको प्रयोगबाट न्युज देशको बहुसाँस्कृतिक र बहुभाषिक सौन्दर्य भित्रिन्छ । भाषालाई जीवन्त बनाउन राज्यको पहल र उक्त भाषाका वक्तामा भाषाप्राप्ति सचेतना र प्रयोग गर्ने इच्छाशक्ति आवश्यक छ । यसको आशय भाषा जीवन्त हुन सम्बन्धित वक्ता वा समुदायले बोल्नैपर्छ भन्ने हो । यसरी रहेक व्यक्तिले आफ्नो मातृभाषामा बोल्दा मात्र त्यो भाषा बाँच्छ । हरेक मातृभाषी वक्ता अर्न भाषाको प्रभावमा परेर आफ्नो भाषा बोल्न छाडे भने त्यो भाषा क्रमशः हराउँदै जान्छ । लोप हुने खतरा रहन्छ । मातृभाषीले आफ्नो भाषा बोल्न छाडेर अर्को भाषा बोल्दै जाँदा संसारका धेरै भाषा लोप भाएका छन् ।

16.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपाली बाँचे नेपाली हाम्रो गौरव बाँचे छ
नेपाली भाषा संस्कृति कला साहित्य साचे छ
यमैले आऊ नेपालनलाई बलियो बनाऊ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊ ।

प्रश्नहरू
(अ) श्रम र सिप स्वदेशमै लगाऊ भनेर कविले किन अनुरोध गरेका हुन् ?
(आ) कविताशको मूल भाव लेख्नुहोस् ।

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
दरबार स्कुल पढ्दादेखि नै कविता पढ्न सुरु गरेका देवकोटा त्यसै बेला अङ्ग्रेजीमा कविता लेखी समस्त शिक्षक र सहपाठीलाई चकित पारिदिएका थिए । उनका कतिपय साथी देवकोटालाई आफ्ना दाजुलाई कविता लेख्न लगाएर आफैँ लेखे जसरी सुनाउने भनेर आरोप लगाउँथे, उनका सायोसामन्न तुरुन्तै कविता लेखेर सुनाउँदै आरोप लगाउनेलाई नाजवाफ पारिदिन्थे । हुन पनि हो । कसैलाई आशोचना गयो भने त्यसको जवाफ कुराले होइन कामले दिन्थे । साथीहरू अगाडि १५ मिनेटमा दरबार स्कुलमा शीर्षकको कविता रचना गरी सुनाएपछि त साथीहरू उनी समर्थक बन्न पुगे ।

प्रश्नहरू
(अ) साथीहरूले देवकोटालाई किन गलत आरोप लगाएका हुन् ?
(आ) देवकोटालाई बहुमुखी प्रतिभाका धनी भन्नुको कारण के हो ?

17.

'शत्रु' कथाका प्रमुख पात्र कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि उनले किन शत्रु किटान गर्न सकेनन् ? तर्क दिनुहोस् । ४

18.

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ ।

(ख) ईर्ष्या द्वेप हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
काँडा भरेको गुलाफको बोट भए होलान् भन्ने आशा गरेकी थिएँ तर भनु फूल भरेर काँडा मात्र बाँकी रहेका बनेर आएछन् । बालुवाले तिललाई पनि बालुवा नै सम्फन्छ भने भैँ उनका आँखामा विभाजन थालें । मैले वर्साएका अमृतका कण कणमा उनले विष देख्न थाले, दिएको चिनीलाई गेगर सम्झे, पथ्य वचनले पनि निखो बाणको रूप लियो । उसैले घात प्रतिघात चल्दै गयो । अन्त्यमा उनले बुनेको जालमा म पो परें । थुनुवा कैदी जन्मो भएर वस्नुपर्दा खसमले त्योगेकालाई घरभित्र हलेको पापको फल हो भनी चित्त बुझाए ।

प्रश्न
(अ) राजेन्द्रलक्ष्मी र वहादुर शाहका बिच द्वन्द्व बढ्नुको कारणमाथि समीक्षा गर्नुहोस् ।

(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
को वस्छु यो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुट्टन गन्हाउने, पिउन थाल्यो पानी गन्हाउने, रेल गन्हाउने, यो त ठाउँ नै गन्हाउने पो रहेछ । आफ्नो गाउँमा त भकारोको छेउमै सुन्दी हालेर सुत्दा पनि गन्हाउँदैनथ्यो । मलकै भारी बोक्दा पनि गन्हाउँदैनथ्यो । फेरि तातो पानी, तातो हावा, यस्नो दुःख खाएर को वस्न सक्छु यहाँ ? भोकै परे पनि बरु आफ्नो देशमा कुवाको चिसो पानी पिएर बरको चौतारामा शीतल हावा खाएर सुतौंला नि । जमानासिंह दाइ, हिँड् तिमी पनि जाऔं आफ्नै घर आफ्नै देश ।

प्रश्न
(अ) 'घरको माया' एकाङ्कीकी पात्र बतासेका माध्यमबाट देशप्रेमको भाव कसरी प्रकट भएको छ ? समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) सिपयुक्त शिक्षा : आजको आवश्यकता
(ख) सामाजिक सञ्जालको सदुपयोग
(ग) मेरो देश मेरो गौरव