समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
सीताकी एउटी सानी बहिनी छे । ऊ बहिनीलाई खुव माया गर्छे । आज विदाको दिन भएकाले सीता बहिनीसित नदी किनारमा खेल्दै छे । नदी किनारको बगैँचामा आँपका दाना विस्कुन सुकाए भैँ भुइँमा छरिएका थिए ।
(क) 'खोला' को पर्यायवाची शब्द ......... हो ।
(ख) 'घृणा' को विपरीतार्थी शब्द ..... हो ।
(ग) 'दीन' को श्रुतिसमभिन्नार्थी शब्द ....... हो ।
(घ) 'घाममा सुकाइने अन्न' पदावलीको सिङ्गो शब्दलाई ......... भनिन्छ ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
गङ्गाधरको देहावसान भएको कुरा एक कान दुई कान मैदान हुँदै गाउँभरि फैलियो । उनी न्यायका लागि समर्पित भएका हुनाले उनका कुरा भट्टुट सुन्नेबित्तिक्कै गाउँलेहरू धुरुधुरु रुन थाले । हुने हार दैव नटार भने भैँ उनको मृत्युलाई कसैले रोकन सकेनन् ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) अनुशासन (ii) अनुसासन (iii) अनुसाशन (iv) अनुशाशन
(आ) (i) पन्चतत्त्व (ii) पञ्चत्रत्त्व (iii) पंचतत्त्व (iv) पङ्चतत्त्व
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
मायाले भनिन्, आज भाउजु र दाई घरमा आमा सित बस्नुभएको छ ।
रेखाङ्कित शब्दको पदवर्ग छुट्याउनुहोस् : ३
जो मानिस इमान्दार छ त्यसलाई समाजमा संसैले सम्मान गर्छन् त्यसैले हामी पनि निरन्तर असल बनौँ ।
दिइएका प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् ।
देवकोटाले जीवनमा पारिवारिक वियोगका असह्य पीडा खप्नुपर्यो । दु:खमा परे तापनि उनले विभिन्न विधामा कलम चलाएका छन् । त्यस वेला उनले लेखेका रचनामा आफन्तको मृत्युबाट सिर्जित वेदनाका साथै प्राकृतिक स्वच्छन्दता र भावमय विषयको वर्णन गरिएको पाइन्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह र विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
मामा र माइजू आजभोलि विदेश गएर खुव रमाइलो गर्दै मुसुमुसु हाँसी फोटो खिच्न मस्त हुनुहुन्छ । उहाँहरूका छोराछोरी विदेशमा काम छोडी बसेका छन् । पराक्रम देखाएर गरी खानुका सट्टा अपमान सहेर अरूको निर्भरतामा बस्नु कायरता हो ।
दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् : २
आयुष मिहिनेत गर्छन् । उनी सधैँ काममा जान्छन् । परिवारको राम्रो ख्याल गर्छन् । उनी सधैँ आफ्नो परिवारसँग रमाउँछन् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(अ) सम्भावनार्थक भावका अलग अलग क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो पढाईको बारेमा वर्णन गर्नुहोस् ।
(आ) दिइएका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
ऊ विद्यार्थी हो । ऊ नियमित विद्यालय जान्छ । ऊ मिहिनेत गरेर पढ्छ । ऊ सफल हुन्छ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) विद्यार्थीहरू दार्जिलिङ घुमेर घर फर्के । (वाक्य विश्लेषण)
(ख) आकाशमा ताराहरू देखिए । (कर्तृवाच्य)
(ग) भाइ गृहकार्य गर्छ । (प्रेरणार्थक)
(घ) वतासेले भनिन्, "म त एकछिन पनि विदेशमा वस्न सक्दिनँ ।" (अप्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
आमा हुनुहुन्थ्यो करिव ४९ वर्षकी वाटुलो मुखाकृतिकी । उहाँको अनुहारमा चिउँडाको चुच्चो कतै हराए जस्तै देखिन्थ्यो । गोलै जोर आँखाको विचमा डल्लो आकारको नाक थपक्क वसेको थियो । सेतो चिमालो फूलको रङ भैँ लाग्ने नरम छाला जिउभरि ओढेकी । भाग्यलाई आमन्त्रित गरिएको हो कि भैँ लाग्ने सिनित्त परेको निधार । आँखाका चेप भने केही असजिलोसँग खुम्चिएका छन् र हाँस्दा ती अभैr खुम्चन्छन् । उमेरभन्दा निकै ढिला हिँडिरहेको जस्ता देखिने छोटा छोटा, मोटा मोटा र पुटुक्कका हातगोडा । घरमा आमा र म मात्रै भियौ । आमा र म दुवै जाागिरे भियौ । म भिजी कार्यालयमा काम गर्थें भने आमा सरवारी कार्यालयमा । म बिहान आठ बजे निस्कन्थेँ, आमा नौ बजे निस्कनुहुन्थ्यो । पदको प्रकृति र कदका दृष्टिले मेरो भन्दा अलिक होचो धियो उहाँको जागिर । म बिहानको चिया खाजा बनाउथें, साँभको खाना आमा तयार पार्नुहुन्थ्यो ।
प्रश्नहरू
(क) 'म बिहान आठ बजे निस्कन्थेँ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'अनुहारमा' शब्दको कारक र विभक्ति पहिचान गर्नुहोस् ।
(ग) 'म बिहानको चिया खाजा बनाउथें ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।
(घ) 'आँखाका चेप भने केही असजिलोसँग खुम्चिएका छन् र हाँस्दा ती अभैr खुम्चन्छन् ।' यस वाक्यलाई मरत वाक्यमा बदल्नुहोस् ।
दिइएका गद्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ४
नेपाल जलस्रोतका दृष्टिले धनी राष्ट्र हो । यहाँको अपार जलसम्पदाको प्रयोग गर्नासित नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्छ । मुलुकको सर्वाङ्गीण विकासका लागि अर्थतन्त्रले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यहाँका नदीनालाबाट विद्युत् शक्तिको उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्नेतर्फ सरकारी स्तरबाट योजना तर्जुमा गरी त्यसतर्फ विशेष कार्यक्रम निर्धारण गरिनुपर्छ । नेपालका ६ हजारभन्दा बढी नदीनालाबाट विद्युत् शक्तिको उत्पादन गरी आफूलाई चाहिनेभन्दा बढी अन्य राष्ट्रहरूलाई बिक्री गरी त्यसबाट आर्जित आय निर्माणका हरेक क्षेत्रमा लगाउन सकिन्छ । नदीनालाबाट खेर गइरहेको पानीलाई सिँचाइका माध्यमबाट उपभोग गर्न सकिएको खण्डमा कृषि फसलमा वृद्धि हुनाका साथै नेपालीको आयआर्जनमा सहयोग पुग्छ । सिँचाइ सुविधा उपलब्ध गराउन सकेमा कृषिजन्य वस्तुको वृद्धि हुने र आवश्यकताभन्दा बढी अन्नलाई अन्य राष्ट्र निकासी गरी विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले समयमै यसतर्फ आवश्यक पाइला चाल्नुपर्ने स्थिति देखिन्छ ।
प्रश्नहरू
(क) मुलुकको विकासमा के कुराले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ?
(ख) विद्युत् शक्तिको उपयोग कसरी गर्नु उपयुक्त हुन्छ ?
(ग) खेर गइरहेको पानीबाट कुन कुन पक्षमा फाइदा लिन सकिन्छ ?
(घ) कृषिजन्य वस्तुका उत्पादन बढ्दा राष्ट्रलाई कसरी फाइदा पुग्छ ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
सहरमा एक प्रतिष्ठित व्यापारी हुनु .......... विवाह गरेको धेरै समयसम्म सन्तान नहुनु ....... टेस्टट्युब प्रविधिबाट एउटा छोरो जन्मिनु ......... अत्यन्तै माया गरेर छोरो हुर्काउनु ......... छोरालाई केही कुराको अभाव हुन नदिनु ........ जति पैसा माग्दे पनि दिनु ........ छोरो साथीहरूसँग पनि रमाउनु ..............
साथीहरूका बारेमा परिवारले चासो नदिनु ......... ऊ कुलतमा फर्नु ..........लागुपदार्थ सेवन गर्नु ......... प्रहरीले समात्नु ......... आमाबुवा चिन्तित हुनु .............. छोरो घर नआउनु .......... छोरो खोजिदिन प्रहरीलाई आग्रह गर्नु ......... प्रहरीले छोरो समातिएको जानकारी दिनु .......... .आमाबुवा छाँगाबाट खसे जस्तै हुनु ............ छोरालाई समय दिन नसकेकामा पछुतो मान्नु ........ छोराको रेखदेख गर्ने वाचा गर्नु .............. घर फर्कनु ।
(ख) 'सुशासन' शीर्षकमा शिक्षक र विद्यार्थीविच भएको संवाद लेख्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) विद्यालयमा आवश्यक खेलकूद सामग्रीको व्यवस्था गरिदिन आग्रह गर्दै विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् ।
(ख) विद्यालयले आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका गतिविधिलाई समेटेर समाचार तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित गरे । वेदव्यासमा ज्ञानको स्फुरण यहीँ भयो र उनले अठार पुराणको रचना गरे र राजा जनकको दरवारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीले शास्त्रार्थ गरेर जीवन र जगत्का यथार्थ र रहस्यका पाटा उजागर गरे । ज्ञानको तिर्खाले आकुलव्याकुल भएर समुदायमा आफ्नो संस्कृतिको उत्थान र संवर्धन गर्न प्रेरणा दिन अनि समाजमा चेतना र जागरण फैलाउने 'मुन्धुम' जस्तो ग्रन्थ रचना गरे । यसरी मेरो देशको शिक्षाको प्रवर्धनमा पराग्पूर्व कालदेखि विभिन्न ऋषिमहर्षि र विद्वान्ले विशिष्ट योगदान दिएका छन् । ज्ञानको मूलस्रोतका रूपमा रहेको र श्रुतिपरम्परामा आधारित अपौरुषेय रचना मानिने चार वेदको शिक्षासमेत मेरो देशको शिक्षाको गौरवमय मुहान हो ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
साइवर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायत पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइनआउट वा लगआउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिककको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ । कुनै पनि मेल वा म्यासेन्जरमा लिङ्क आएमा पहिला लिङ्क सही हो वा होइन पत्ता लगाएर मात्र लिङ्कमा क्लिक गर्न गर्नुपर्छ । त्यसैl गरी गैरकानुनी रूपमा अरूको वाइफाइ प्रयोग नगर्ने, मोबाइल हराएमा नजिककको दूरसञ्चारमा जानकारी गराई आफ्नो सिम ब्लक गराउन लगाउनुपर्छ ।
दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कथांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
वाहिरी शत्रुलाई उठन दिनाको मूल कारण घरभगडा हो भन्ने वाक्यको ठुलो टीका टिप्पणीसमेत गरु गजराज मिथले गर्नुभएपछि, मेरो मनले पनि त्यसमा पुग्ट्याइँ गर्यो । यता चौविसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खवर सुनियो । इँदाइँदे पाल्पा, पर्वत र तनहुँको सङ्गठनको वल्दो अग्निमा हाम्रा सरदार बालि वानियाँ र केही फौजले समेत देशका निमित्त बलिदान दिएको कुरा हुरी वनेर आयो । चितवनको रक्षाका निम्ति वसेका रामकृष्ण कुँवर केही फौज लिई तनहुँतिर गएको खवरले केही आश्वासन दियो । न्यसपछि मानवता र परिस्थितिको समेत ख्याल राखी यी देवरलाई नुवाकोटवाट छुटाई यहाँ ल्याएर भनेँ, "राजकुमार, यसरी हार्नीले आगो पानी वन्नु ठिक होइन । आपसी फुट नै जातिको पतनको चिह्न हो ।
प्रश्नहरू
(अ) वाहिरी शत्रुलाई उठन दिनाको मूल कारण घरभगडा हो भन्ने कुरालाई राजेन्द्रलक्ष्मीले कसरी महसुस गरिन् ?
(आ) देवर बहादुर शाहलाई नुवाकोटवाट छुटाएर राजेन्द्रलक्ष्मीले उनीसँग के सल्लाह गरिन् ?
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मानव वेदनाको जीवन्त चित्र भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत वन्दुकभन्दा कलम र कुची वलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दु:ख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानायिक समस्या भएका व्यक्तिका चित्रसमेत वनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि वनाए । उनी केवल मान्छेको वाह्यरी आवरण मात्र कहाँ हो र, नी व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त वनेर उनका अमूर्त चित्राभित्र चित्रित हुन्थे ।
प्रश्नहरू
(अ) पाब्लो पिकासोले कलामार्फत वन्दुकभन्दा कलम र कुची वलियो हुन्छ भन्ने कुरालाई कसरी प्रमाणित गरे ?
(आ) पाब्लो पिकासोका चित्राभित्र कुन कुन विषयवस्तु समेटिन्थे ?
"घरको माया' एकाङ्कीका पात्र लालबहादुरलाई चाहिँ देशको माया नलागेकै हो ? आफ्ना साथीहरू स्वदेश फर्कन लाग्दा पनि उनी भने परदेशमा नै बस्त खोजेका हुन् त ? आफ्नो तर्क दिनुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् । ४
(क) पहाड भन्छ पसिना पाए म स्वर्ग भुताउँथें
तराई भन्छ सिँचाइ पाए म सुन भुताउँथें ।
(ख) सबै पर्खाइको पछिल्तिर मेरा गमेौ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
घरभित्र
अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका
केही मान्छेहरू छन्
समय, जहाँ घडीले होइन कुखुराको भालेले वताउने गर्छ
परदेश गएकाहरूको कुशल मङ्गल
जहाँ अगेनामा नुन पट्काएर अन्दाज गर्न सकिन्छ
विज्ञानको पनि वेग्लै ढङ्ग छ गाउँमा
र आडमा घाम लाग्ने नलाग्ने कुराको ठेगान
वारीको उब्जाइ हेरेर यकिन गर्न सकिन्छ
यो मेरो देशको सुदूर पूर्वको गाउँ
यो मेरो देशको सुदूर पश्चिमको गाउँ
प्रश्न
(अ) कवितांशका आधारमा नेपालका सुदूर पूर्व र सुदूर पश्चिमका गाउँले परिवेशको समीक्षा गर्नुहोस् ।
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । जति वेला ताते गर्दै नेपाली साहित्य क्रमशः किशोर वयतिर चढ्दै थियो । ठिक त्यति वेला नेपाली साहित्यले उनको कलमको जादुमय स्पर्श पायो ।
प्रश्न
(अ) लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुऱ्याएका योगदानको समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) देशप्रति मेरो कर्तव्य
(ख) आत्मनिर्भरताका लागि कृषि
(ग) वनजङ्गलको महत्त्व