Nepali Question Paper 2081 — Karnali Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'KaP'
karnali
SEE 2081 (2025)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' दसी सङ्कल्प निष्ठा कर्जा
समूह 'ख' हक ऋण प्रमाण दृढ निश्चय आस्था चमक

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
जमदार वा ऐना हेर्दै मुस्काइरहेका थिए "बुढेसकालमा पनि कति नक्कल पार्न जानेको" भनी छेउमै बसेकी श्रीमतीले भनिन् । त्यसो नभन, हामी पल्टनमा हुँदा यही टोप लगाएर हिँड्थ्यौं भन्दै बुढा हिँडे ।
(क) 'दर्पण' को पर्यायवाची शब्द ……… हो ।
(ख) 'सक्कल' को विपरीतार्थी शब्द …… हो ।
(ग) समूहवाची शब्द ………. हो ।
(घ) 'तोप' शब्दको श्रुतिसमभिन्नार्थी शब्द (……….. हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोबरवाफ प्रशस्त जमाइराखेका थिए । भने जस्तो भएन भने बजारमा द्वाड फुकेर पर्चा बाँड्दै हिँड्थे । त्यसो हुनाले अदालतका डिट्ठाविचारी श्रीधरसँग अलि भर्सक्न्थे । बेला बेलामा उनीहरूका कनिसरी तात्थे । उसमाथि अदालतमा मामिलाको निरोपण हुँदा बकितमलाई भन्दा लिखितमलाई बर्ता महत्व दिने रीति छ ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) कंचन (ii) कञ्चन (iii) कन्चन (iv) कङ्चन
(आ) (i) वातावरण (ii) वातावरण (iii) वातावरण (iv) वातावरण

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
मेरो देशको शिक्षालाई सिप युक्त समुन्नत र व्यावहारिक वनाउन अहिलेको चुनौतिलाई अवसरका रूपमा बदल्नुपर्छ ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
गरिव मानिसलाई गरिबले नै हेप्ने गर्छन् तर यो कुरा ठिक होइन । समुन्नत राष्ट्र निर्माणका लागि हामीले सबैसँग मिलेर पो काम गर्नुपर्छ

6.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आयुर्वेदिक उपचार गर्न भनी हिँडेका बृद्धिमान् दडाली प्रज्ज्वलले अस्पतालमा पुगेर डाक्टरलाई अभिवादन गरे । धनकुटे चिकित्सकले अभिवादन फर्काउँदै शिष्टताको परिचय दिए ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
म आज भातसात केही खान्न भन्दै डाँडाघरे साङ्कान्छा माघेसङ्क्रान्तिमा मकर स्नान गर्न सप्तकोसीतिर हिँडे । छोराले तिनलाई बाटामा भेट्यो र भन्यो, "बा ! कोसीको पारी नजानु है ।" उनले छोरालाई भने, "धेरै गनगन नगर । वाटाका लागि खर्च कटाएर भए पनि तीन नदीको सङ्गम स्थलबाट मर्मसला हालेको मिठाई ल्याइदिउँला ।"

7.

दिइएको अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् : २
नेत्रलालले गीत गाए । उनले मादल वजाए । आफू पनि नाचे । अरूलाई पनि नचाए ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) आज्ञार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीलाई काम गर्न निर्देशन दिनुहोस् ।

(ख) दिइएका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
तिमी नेपाली हौ । तिमीले नेपाललाई माया गर्नुपर्छ । तिमी स्वदेशमा नै बसी आफ्नो सिप, सिर्जना र पसिना बहाउनुपर्छ । तिमीले देशको मुहार फेरिएको हेर्न पाउनुपर्छ ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) जाडो धेरै भएपछि हामी घाम ताप्न गयौं । (वाक्य विश्लेषण)
(ख) भाइवहिनीद्वारा पाठ पढिन्छ । (कर्तृवाच्य)
(ग) सानी सबेरै उठ्छे । (प्रेरणार्थक वाक्य)
(घ) आमाले सबैलाई खाना खान बोलाउनुभयो । (प्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : ४
वडो मुस्किलसँग नजरवन्दबाट छुटेपछि लामो सास फेरेर राजेन्द्रलक्ष्मीले भनिन्, "दयाको फल मैले पाएँ । कृपात्रमा परेको अमृत पनि विष बन्दो रहेछ । देवर भनेर यी वहादुर शाहलाई मैले हुनेसम्म गरेकी हूँ । घरमा पनि यी बाघ बने, अस्मानमा पुन्याउँदा पनि बाजको रूप लिए । अब पातलमा पुन्याउँदा के हुने हुन् हेरौं । नाग बनेर आए पनि थिनीसँग म डराउन्न । थिनको विष शमन गर्ने वैद्यहरूको सहायता नपाएकी भए म उम्कन सक्ने थिइन् । मेरो व्यक्तित्वको प्रभावमा आकर्षित भाएका र न्यायका बाटामा हिँड्ने भारदारहरू जति भने पनि छन् ।"

प्रश्नहरू
(क) 'घरमा पनि यिनी बाघ बने ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द 'मैले' को कारक र विभक्ति पहिचान गर्नुहोस् ।
(ग) 'देवर भनेर यी वहादुर शाहलाई मैले हुनेसम्म गरेकी हूँ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'कृपात्रमा परेको अमृत पनि विष बन्दो रहेछ ।' यस वाक्यलाई मिश्र वाक्यमा बदल्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
सहकार्य सिकाइ भनेको समूहमा क्रियाकलाप गरेर सिक्ने विधि हो । यस प्रणालीमा सिकाइने कुनै पनि विषयको विषयवस्तुको सिकाइ, उक्त विषयवस्तुमा प्राप्त गरेका सूचना तथा अनुभवलाई एकआपसमा आदानप्रदान गरेर सिक्छन् । सिकाइका लागि एकआपसमा सहयोगपूर्ण वातावरणको निर्माण गर्छन् । जहाँ कुनै पनि विषयवस्तुमा आफूले प्राप्त गरेका सूचना तथा ज्ञानलाई एकआपसमा आदानप्रदान गर्छन् । यस्तो आदानप्रदानबाट उनीहरूले आफ्नो अनुभव र आफूमा भएको ज्ञानलाई परिमार्जन र परिष्कृत बनाउँछन् । यसरी सहकार्य शिक्षण कक्षाका विद्यार्थीको ससाना समूहमा आपसी सहयोगद्वारा गरिने शिक्षण सिकाइ प्रणाली हो । यसमा शिक्षण सिकाइ प्रक्रियालाई विद्यार्थी केन्द्रित बनाउने प्रयत्न गरिन्छ साथै विद्यार्थीले आफूले सिक्ने तरिका र सिकाइको प्रक्रिया आफैँले रोज्ने छुट दिइन्छ । यसमा शिक्षक एउटा सहयोगी मित्र तथा सिकाइको मार्गदर्शकको भूमिकामा हुन्छ । विद्यार्थीले एकआपसमा सहयोगको आदानप्रदान गर्दै सिक्ने वातावरण तयार गरिएको हुन्छ । त्यसो गर्दा विद्यार्थी स्वस्थ र सहयोगीपूर्ण अन्तरक्रिया गरेर सिक्छन् । यसमा एक्लाएक्लै काम गर्नु वा अध्ययन गर्नुको सट्टा मिलिजुली काम गर्ने, आफूले प्राप्त गरेका सूचना र अनुभवलाई साथीसमक्ष आदानप्रदान गरेर सिक्दा सिकाइ प्रभावकारी हुन्छ ।

प्रश्नहरू
(क) सहकार्य सिकाइ भनेको के हो ?
(ख) सहकार्य सिकाइमा सिकारुले कसरी सिक्छन् ?
(ग) सहकार्य सिकाइ विधिमा शिक्षकको भूमिका कस्तो रहन्छ ?
(घ) सहकार्य सिकाइ विधिलाई किन प्रभावकारी मानिन्छ ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएको बुँदाका आधारमा एउटा छोटो कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
प्रवीण धेरै धन कमाइने लोभले विदेश जान् … विदेश स्वदेश जम्लो नहन् … दिनमा १४ घण्टासम्म काममा जोतिँदासमेत गाएको ऋण तिर्न नसक्न् … ऊ देश र गाउँघरको सम्झनाले पिरोसिन् … ऊ तुरुन्त विदेश छोडेर आउन पनि नसक्न् … उसले निकै वर्ष दुःख गरेर केही धन आजर्न गर्न् … देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेतबारीमा पाखुरा खियाउने मिठो गर्न् … अहिले आफ्नै देशमा कृषि व्यवसाय अगाल्न् … उसका आमाबुवा बुढेसकालमा साहरा पाएर अत्यन्त खुसी हुन् ।

(ख) 'सन्तानका लागि सम्पत्तिभन्दा स्तरीय शिक्षा' भन्ने पक्षका तर्फबाट विपक्षीको मतको खण्डन गर्दै आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) तपाईंको विद्यालयमा फुटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरिदिन अनुरोध गर्दै बडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार गर्नुहोस् ।

(ख) तपाई सहभागी भएको साँस्कृतिक कार्यक्रमको समाचारको नमुना तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् : २
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएका छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग बढाउने खुराक दिइन्छ र क्रमश निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । एलोप्याथिक र आयुर्वेद दुवे चिकित्सा शास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको पूर्वीय वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा भनिन्छ । एलोप्याथिक प्रणाली वा पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा प्रणाली भन्ने बुझिन्छ । 'आम रूपमा र प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक पद्धति हा ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
पराप्पूर्व कालदेखि यस पवित्र भूमिमा रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग हातेमालो गर्दै मेरो देशको शिक्षाले सुन्दर यात्रा गरेकै छ । नेपाली माटामा सृन फलाउन यसगी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफूमा पराप्पूर्वकालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकसाथ सहयात्रा गरेकै छ । नेपाली माटामा मन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिने मेरो देशको शिक्षा आगो लगानी र पहुच विस्तारमा जोड दिनुपर्छ । मूलुकका उत्पादनलाई विश्वबजारमा पस्किने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्न जरुरी छ ।

16.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।

प्रश्नहरू
(अ) धर्तीलाई केले मनोहर बनाएको छ ?
(आ) माथिको कवितांशको मूल भाव के हो ?

(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मित त दुईचार दिनमा घर पुगिहाल्छन् । शमीको शीतल बतास, छहराको पानी, रोपाईँको रमाइलोले मलाई बिर्सिहाल्लान् । म मात्र उनलाई सम्भिफरहने भएँ, फाँटमा अल्मलिएको गोरु जस्तै पसिना चुहाई चुहाई बाटो नपाएर घुमिरहने भएँ, रुमल्लिरहने भएँ ।

प्रश्नहरू
(अ) लालबहादुर किन दोधारमा परेको हो ?
(आ) माथिको अनुच्छेदको मुख्य सन्देश के हो ?

17.

दिइएको प्रश्नको तार्किक उत्तर दिनुहोस् : ४
'आयाम कथाले नेपाली समाजमा विधवा विवाहका सम्बन्धमा देखाएको उदारताप्रति तपाईँका तर्क प्रस्तुत गर्नुहोस् ।

18.

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) आशिष देऊ एकै र फेरि पसिना बगाउँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाउँ ।

(ख) वन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग सङ्गत गरे सबैलाई तिनीसँग 'बापवैरी साँध्ने कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यस घटनाको जाँच कृष्ण रायले गम्भीर भएर उत्तर दिए "रामे, केदार, युवक, गोविन्द पण्डित, कन्नैया, बुधे, लीला, पुष्पराज' रामचन्द्र परिजुली ………. ।"

प्रश्न
(अ) कृष्ण रायका मनमा उत्पन्न मानसिक उतारचढावलाई 'शत्रु' कथाका आधारमा समीक्षा गर्नुहोस् ।

(ख) दिइएको निबन्धांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
हामी दुवै चाहन्छौं, एउटा यस्तो दुनियाँ सिर्जना गरौं जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् । फुल्याएर फुल्याउने, लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् तर समस्या त उही हो, जतिसुकै बलियासँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन पर्खनुपर्छ । त्यसैले त म लस्याङलुसुङ गरेर भए पनि घरी यता धाउँछु घरी उता धाउँछु, घरी यता हुन्छु, घरी उता हुन्छु, जम्म्याङजुम्सुङ गरेर भए पनि पर्खिरहेछु र तपाईँलाई पनि भन्दै छु, पर्खनुदेखि पट्याउनु पलायनवादिता हो ।

प्रश्न
(अ) 'पख्नोस्' निबन्धमा नेपाली समाजका विकृत पक्षमाथि गरिएको व्यङ्ग्यलाई समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) मेरो जीवनको लक्ष्य
(ख) आत्मनिर्भरताका लागि प्राविधिक शिक्षा
(ग) वातावरण प्रदूषणका असरहरू