Nepali Question Paper 2081 — Gandaki Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'GP'
gandaki
SEE 2081 (2025)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' अनाहक धैया क्षितिज विदुषी
समूह 'ख' पानी नलाग्ने खेतवारीमा रोपिने एक किसिमको धान किरातको धर्मशास्त्र विद्वान् महिला पृथ्वी र आकाश जोडिएको जस्तो देखिने स्थान कुनै प्रयोजनविना भरभक्तको

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
खेतीपातीबाट जीवन धान्ने नेपालीको पुरानै चलन हो । खेतीपातीका काममा आधुनिक यन्त्र उपकरणका सट्टा अझै कुटो, कोदाली र हलो जस्ता औजार नै चलनचल्तीमा छन् । करले नभई रहरले यस क्षेत्रमा लाग्ने अवस्था अझै सिर्जना हुन सकेको छैन ।
(क) 'कृषि' को पर्यायवाची शब्द .......... हो ।
(ख) 'प्राचीन' को विपरीतार्थी शब्द ........ हो ।
(ग) अनेकार्थी शब्द ........................... हो ।
(घ) 'कोदालो' को लघुतावाची शब्द ........ हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
हुने बिरुवाको चिल्लो पात भने भैँ राम सानैदेखि मिहिनेती र इमानदार थिए । उनी पढाएका कुरा फटाफट याद गर्थे त्यसैले उनी जीवनमा सफल भए । छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हुन् भन्दै उनी सामाजिक सेवामा खुरुखुरु लागेका छन् ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द पहिचान गरी लेख्नुहोस् : १
(अ) (i) विश्व (ii) विश्व (iii) बिश्व (iv) बिश्ब
(आ) (i) जर्याकजुरुक (ii) जर्याकजुरुक (iii) जन्याकजुरुक (iv) जग्राकजुरुक

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
प्राकृतिक सौन्दर्यमा रमाऊन चाहने पर्यटक नेपाल भित्रिएका छन् उनिहरू यहाँको प्रकृतिमा रमायका छन् ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् : ३
काल्छी भवेरामा नै भमर उदयशील काय गछु भन्छ । उनरो विचार मलाई न अति सामो लाग्यो ।

6.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निमांण प्रक्रियासमेत देखाउनुहोस् :
मानवीय मवेदनाको गगीन तय पकेर कलाकृति सिर्जना गने कलाकार समारमा विरने अभिनन्दन् । विलक्षण प्रतिभा भएका पाब्लो पिकासोका नमा नसामा अन्मजात कलाकारिता प्रवाहित पियो ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्विित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
तामा दुलो युवा जोकसुरुवाल लगाएर सवैको घरघरमा डुली कसैको घरमा भेफगडा भएको त्र कि भनी कुरा बुझ्नुहुन्थ्यो । उहाँ हरवखत सबैलाई आआफ्नो कामसाम समयमै गर्नुपर्छ भनेर सरसल्लाह पनि दिनुहुन्थ्यो । उहाँ पानीको घट्टमा पिठो भकैको पिठो खुब मन पराउनुहुन्थ्यो ।

7.

दिइएको अनुच्छेदलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् : २
सङ्गीता बिहान सधैँ उठ्छिन् । उनी आफ्नो बिहानको काम सकेर केहीबेर गृहकार्य गर्छिन् । उनी आमालाई भान्साको काममा सघाउछिन् । उनी खाना खाएर समयमै विद्यालय जान्छिन् ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमण जान लागेका भाइलाई चार वाक्यमा उपयुक्त सल्लाह दिनुहोस् ।
(ख) दिइएका बहुवचनका वाक्यलाई एकवचनमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनीहरू सहरबाट घर फर्के । उनीहरूले घर आउदा गाउलेका लागि कोसेली पनि किने । मोटा मान्छेका लागि भनेर चिनी नभएको मिठाई भोलामा राखे । घर पुग्दा उनीहरूलाई सेता हिमालले स्वागत गनं लागे भैँ आभास भएछ ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) हामी सगरमाथाको आधार शिविर पुगेर त्यहाँको हिमाली सौन्दर्यमा रमाउँछौं । (वाक्य विश्लेषण)
(ख) हामी आधुनिक तरकारी खेती गर्छौं । (कर्मवाच्य)
(ग) सरला पढ्छिन् । (प्रेरणार्थक)
(घ) गुरुबाले भन्नुभयो, "तिमीहरू नेपाली विषयमा अब्बल छौ ।" (अप्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
जे होस् त, आफ्नै कुरा गर्छ, धेरै पटक भइसक्या, एउटा नम नपाईँन पाँगेन माग्नुभएको छ तर पटकैपिच्छे मैले 'पख्नोस्' भन्दै आपको छ, पम्पाहका छ । यम्पादक जस्तो मान्छेले पनि जमिनदारकहाँ ऋण माग्न गाएको, जेरे कार्हना कि पटरैपिच्छे नये कान लगाएर फर्कनुपर्दा जङ्ग चल्नु स्वाभाविकै हो । जङ्गिदाजाङ्गादै जद्यायहादर बन पनि के लाग्छ र ? अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्ना बाप गाछी गम्भर नपाईले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईले धैर्य गर्नुपर्छ । अभ मनुं भन्ने कुन्नपछ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्दन गने पर्खन्छन्, सवै पर्खाउँछन् । भनूँ भन्ने, मान्छेले राम्ररी जानेका क्रिया नै पर्खुँन र पर्माउन हो । यो के बकन्याङ छाड्न लाग्यो भनी तपाईं जिल्लिनुहोला तर पख्नोस् , नपाईँ आफ्क मात्रै पर्खिरहेको नठान्नुहोस् ।
प्रश्नहरू
(क) "तपाईं आफू मात्र पर्खिरहेको नठान्नुहोस् ।" यस वाक्यलाई कर्णमा बदल्नोस् ।
(ख) रेखाङ्कित 'मान्छेले' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) "चिल्लो शब्दमा तपाईँले धैर्य गर्नुपर्छ" भन्ने वाक्यको उद्देश्य र विधेय छुट्याउनुहोस् ।
(घ) 'सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन् ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
समाज गतिशील छ । हरेक व्यक्ति सुनौलो भविष्यको खोजीमा लागेको हुन्छ । यो मानवीय स्वभाव पनि हो । शोषण, अत्याचार र विभेद नहोस् भन्ने चाहना अधिकांश मानिसको हुन्छ तर पनि मान्छेले चाहेकै भरमा समाजमा यो स्थिति हुन सकेको छैन । गरिबी, अभाव, अशिक्षा र भोकमरीले आज पनि ठूलो जनसङ्ख्या पीडित छ । धनीहरू एकदमै धनी छन् । देशभित्र उपलब्ध स्रोतसाधनको न्यायपूर्ण वितरण र सम्भावनाहरूको उचित प्रयोग गर्न सकेमा केही हदसम्म भए पनि गरिबी, अशिक्षा र अभावबाट मानिसहरूले मुक्ति पाउँछन् । यसवाट मानिसले बन्धन र दासतामुक्त संसारमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार उपयोग गर्न सक्छन् । यसका लागि पनि तपाईं हामी सचेत व्यक्ति नै लाग्नुपर्छ । देशका पिछडा, आदिवासी समुदायको अधिकारलाई संरक्षण गरी सोका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्नु राज्यको कर्तव्य हो । भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाहरूको सुनिश्चित भविष्यका लागि उनीहरूको अधिकार संरक्षण गर्नु राज्य तथा हामी सवैको दायित्व हो । यसका लागि सवै संवेदनशील बनेर अगि बढौँ ।
प्रश्नहरू
(क) व्यक्ति केको खोजीमा लागेको हुन्छ ?
(ख) उपलब्ध स्रोत र साधनको न्यायपूर्ण वितरण हुँदा समाजमा कस्तो प्रभाव पर्छ ?
(ग) राज्यको कर्तव्य के हो ?
(घ) मानिसहरूले कसरी गरिबी, अशिक्षा र अभावबाट मुक्ति पाउन सकछन् ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी शीर्षकसमेत दिनुहोस् :
बादशाह अकबरको राज्यमा बीरबल नामक बुद्धिमान् मन्त्री हुन् ...... कने महाजनको बहुमूल्य हिराको हार चोरी हुन् ...... महाजनले बीरबलकहाँ गाएर चोर पत्ता लगाइदिन आग्रह गर्नु ......... बीरबलले महाजनलाई आफ्ना गाते जना नोकरहरूलाई लिएर भोलिपल्ट आउन भन्नु ...... महाजन भोलिपल्ट नोकरहरूका साथ उपस्थित हुनु ......... बीरबलले गाते जना नोकरहरूलाई एक एकओटा लट्ठी दिनु र भन्नु ......... जसले हार चोरेको छ, मन्त्रका बलमा उसको लट्ठी एक अङ्गुल लामो हुने छ भन्नु ...... भोलि सवै गोरे दरबारमा उपस्थित हुन भन्नु ......... घर गाएर हार चोर्ने नोकरले बीरबलले दिएका लट्ठी एक अङ्गुल छोटो पार्नु ....... भोलिपल्ट बीरबलको सभामा लट्ठीयाला पत्ता ३ पर्नु ....... जुक्तिवृद्धिले जस्तोसुकै कार्य पनि सहज रूपमा सम्पन्न हुनसक्छ भन्ने सन्देश ।
(ख) 'खेलकुदको महत्त्व' शीर्षकमा दुई साथीबिच भएको संवाद लेख्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) शैक्षिक अवलोकन भ्रमणका लागि आर्थिक सहयोगको अनुरोध गर्दै आफ्नो वडाका वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) विद्यालयको वार्षिकोत्सव समारोहमा अतिथिहरूलाई आमन्त्रण गर्ने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहिँ वैकल्पिक चिकित्सा पद्धतिका रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधि दिइन्छ । एलोप्याथी र आयुर्वेद दुवै चिकित्सा शास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको पूर्वीय वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा भनिन्छ । एलोप्याथिक प्रणाली वा पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा पद्धति भन्ने बुझिन्छ । 'आम रूपमा र प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथी पद्धति हो ।

15.

दिइएको अनुच्छेदबाट एक गुणीयांशमा सारांश लेख्नुहोस् : ३
अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा रूसो भ्रको कुनै वस्तु हुन सक्दैन । जमेत त हाम्रा धर्मग्रन्थ र उपनिषदमा कर्तव्यका महिमा र सर्वोच्चताको भर्षा छ । हाम्रा माथ होइन समाजका गवैं धर्माग्रन्थमा कर्तव्यलाई महान् स्थानाका पाइन्छ । आफ्नी माता, पिता र गुरुप्रतिको कर्तव्यलाई हाम्रा प्रन्थले 'मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव' भनेर उद्बोध गरेका छन् । माता, पिता र गुरुलाई देवतासमान मान्न कर्तव्यपालनाको भान सन्देश प्रवाह गरेका छन् । अर्को कुरा समाजमा त्यही व्यक्ति आदर्श व्यक्तिका रूपमा भिनिन्छ जो कर्तव्य पाचनाको कसीमा भारिएका हुन्छु ।

16.

दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कविताशंका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दे धर्मी मनोहर
उठेका कर्मले जो छन् गर्दे निर्माण सुन्दर
समर्पित भएका छन् जो गर्दा न्यायस्थापित
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
प्रश्नहरू
(अ) धर्तीलाई केले मनोहर बनाएको छ ?
(आ) माथिको कविताशबाट के सन्देश पाउन सकिन्छ ?

(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
किन बस्ने यहाँ ? एक गाँस खानाका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरीला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उम्नाउँला । यसगरी सवैको हेलाहाँसो भाएर म त यम्दिन यहाँ । सारोले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? उहाँ आफ्नो चाड-खाड, पर्वमेला तीर्थव्रत सब छाडेर अर्काको कमारो भाएर बस्ने ? जाउँगैँ हिड्ड जमान दाइ, मनुपरे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुईमा लम्पसार परौँला, आफ्नै खेत्ताका बगरमा आफ्नै बनका काठले जलौँला । हाम्रा बाजुवाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौँला । आफ्ना पुर्खाको धर्म थामौँ । जमान दाइ, जाऔँ, आजै जाऔँ । उठ, एल्यै जाऔँ । गड्हालौँ । नवसौँ ।
प्रश्नहरू
(अ) एकाङ्कीको अंशमा विदेशमा भोग्नुपरेका पीडालाई कसरी व्यक्त गरिएको छ ?
(आ) 'आफ्नो पुर्खाको धर्म थामौँ' यस भनाइको तान्यार्थ लेख्नुहोस् ।

17.

राजेन्द्रलक्ष्मी र बहादुर शाहबिचको घरफगढामा दुवै देवरमाउजूलाई तपाईं के सल्लाह दिनुहुन्छ ? तर्क दिई लेख्नुहोस् । ४

18.

कुनै एक उदरणको व्याख्या गर्नुहोस् : ४
(क) हिउँको माफमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्बत शृङ्खलाको भुलभुलैयामा विलाउने छैन ।
(ख) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
शान्तमाया २३ वर्षकी हुँदा उनको श्रीमान् वितेका रहेछन् । श्रीमान् वितेको १३ दिनदेखि ज्यामी काममा हिँडेकी रहिछिन् । उफ्र कठैबरा ! उनी शारीरिक रूपले अत्यन्त कमजोर देखिन्छिन् ।
प्रश्न
(अ) विधवा नारीले जीवनमा गर्नुपरेका दुःख र सङ्घर्षलाई आयाम कथाले कसरी चित्रण गरेको छ ? समीक्षा गर्नुहोस् ।

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
नेपालको एउटा दुर्गम ठाउँमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन् । उनको जीवनीमा आधारित भएर धेरै वृत्तचित्र बनेका छन् । वि.सं.२०६८ मा इटालियन निर्देशक स्टिफानो लेभीले 'आउट अफ डार्कनेस' नामक वृत्तचित्र रुइतको जीवनीका आधारमा बनाएका थिए । उनको सम्मानमा न्युयोर्क टाइम्सले "पाँच मिनेटमै आँखा नदेख्नेलाई आँखा देखाउने डाक्टर" भनेर लेखेको थियो ।
प्रश्न
(अ) आँखा उपचारका क्षेत्रमा सन्दुक रुइतले दिएका योगदानका बारेमा समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) देशप्रति मेरो कर्तव्य
(ख) नेपालको जलसम्पदा
(ग) कृषिमा आधुनिकीकरण