समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो तर यहाँका प्राकृतिक स्रोत साधनको उचित प्रयोग हुन सकेको छैन । एक दशक मात्र प्राकृतिक सम्पदाको सही प्रयोग हुन सकेको खण्डमा देशको चौतर्फी विकास हुन सक्छ ।
(क) 'मुलुक' को पर्यायवाची शब्द ………… हो ।
(ख) 'अनुचित' को विपरीतार्थी शब्द ………… हो ।
(ग) अनेकार्थी शब्द ………… हो ।
(घ) 'दश वर्षको अवधि' जनाउने पदावलीको सिङ्गो शब्द ………… हो ।
दिइएको अनुच्छेद पढी एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
आए आंप गाए भटारो भने भैँ कृष्ण विनातयारी नै फुटबल खेल्न गयो । खेलमैदान व्यवस्थित थियो । सबै खेलाडीहरू उत्साहित थिए तर कृष्णले भने राम्रो खेल्न सकेन । ऊ मैदानबाट फरक्क फर्किंयो । हुने हार दैव नटार भन्दै उसका साथीहरूले सम्भाएपछि कृष्ण फुत्त निस्केर घरतिर लाग्यो ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द पहिचान गरी लेख्नुहोस् : १
(अ) (i) विश्वविद्यालय (ii) विश्वविद्यालय (iii) विश्वविद्यालय (iv) विश्वविद्यालय
(आ) (i) चन्चल (ii) चंचल (iii) चञ्चल (iv) चड्चल
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
देवकोटाको कवित्व व्यक्तित्व र प्रतिभा कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान अद्वितिय रहेकोछ ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् : ३
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् ।
दिनहुँ परीक्षा निकै राम्रो गन्यौ । यो खुसी तिम्रो जीवनभरि रहिरहोस् ।
दिइएका प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नागरिकका अधिकारलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा मौलिक अधिकारका रूपमा विभिन्न हकको व्यवस्था गरिएको छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
बुबा बैठककोठामा हुनुहुन्थ्यो । आज भोलि बुबा टिभी हेर्नुहुन्छ । उहाँको हातमा रिमोट थियो । दाहिने हातको बुढीऔंलाले रिमोट थिचिरहनुभएको देखेँ । टिभीमा ससानो आवाजमा गीत बज्न थाल्यो । मैले भान्साकोठाबाट चिया र बिस्कुट ल्याएँ । बुबाले त "चियासिया खान्न' भन्दै हुनुहुन्थ्यो तर मैले कर गरेर खान दिएँ ।
दिइएको अनुच्छेदलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् : २
विद्यार्थी दिनहुँ पुस्तकालय जान्छन् । आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्छन् । पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्छन् । थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्छन् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) इच्छार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको वर्णन गर्नुहोस् ।
(ख) दिइएका द्वितीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमीले धेरै दु:ख पाएका छौ । तिमी सुख पाउन सङ्घर्ष गर्दै छौ । तिमीले हार मानेका छैनौ । तिमी कुनै दिन पक्कै पनि सुखी हुने छौ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) सगरमाथा नेपालमा पर्छ । सगरमाथाले देशको गौरव बढाएको छ । (वाक्य संश्लेषण)
(ख) मैले साथीलाई बाटामा भेटेँ । (कर्मवाच्य)
(ग) हामी कविता लेख्दै छौँ । (प्रेरणार्थक)
(घ) समीक्षाले भनिन्, "मैले योग साधना आरम्भ गरेँ ।" (अप्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
कृष्ण राय धेरै भगडामा मध्यस्थ भएका थिए । यो वडो गर्वको कुरा हो । गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई भगडामा मध्यस्थ तुल्याउँथे, त्यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो । निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला । एक दिनको घटना उदाहरणस्वरूप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डित र गोरे जमदारको खेतको भगडा धेरै दिनदेखि चलिआएको थियो तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन । कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए भैँ ती भगडियालाई भगडाको दुष्परिणाम बुभाउन थाले । हेर गोविन्द पण्डित, हेर गोरे जमदार, भगडा गरेर के लाभ ? आपसतमा मिल, खाऊ, पिऊ र ईश्वरको भजन गर । यति उपदेशमा तिनीहरू भगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै भगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र विचरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपर्यो । यस भगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् ।
प्रश्नहरू
(क) माथिको अनुच्छेदको 'कृष्ण राय सदाको जस्तै मध्यस्थ भए ।' भन्ने वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
(ख) अनुच्छेदमा रेखाङ्कन गरिएको 'गाउँमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) माथिको अनुच्छेदको 'कृष्ण राय धेरै भगडाका मध्यस्थ भएका थिए ।' भन्ने वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) माथिको अनुच्छेदको 'गाउँलेले तिनीमाथि विश्वास गरी तिनलाई भगडामा मध्यस्थ तुल्याउँथे ।' भन्ने वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
आधुनिक भौतिक विज्ञानले विश्वमा एउटा नयाँ क्रान्तिको जन्म दिएको छ । भौतिक विज्ञानका प्रणेता न्युटनलाई मानिन्छ तापनि न्युटन मात्र नभएर ग्यालिलियो र आइन्स्टाइन ती तीनै जना भौतिक विज्ञानका प्रणेता मानिन्छन् । न्युटनले चालको विषय, ग्यालिलियोले खगोल विज्ञान र आइन्स्टाइनले सापेक्षता अर्थात् आफू स्वतन्त्र नभएर अर्कासित सम्बद्ध हुने गुण वा अवस्थाको नियम पत्ता लगाएका हुन् । भौतिक विज्ञानको आरम्भ प्राचीन ग्रिकबाट भएको मानिन्छ । यसले शक्ति र बलसँग सम्बन्धित समय र स्थानबाट चाल र पदार्थको अध्ययन गर्छ । अर्थात् यसले वस्तुको चाल र त्यसमा बलको असरका बारेमा अध्ययन गर्छ । त्यति मात्र नभएर यसले विद्युत् तरङ्ग र त्यसको असरको पनि अध्ययन गर्छ । विद्युत् तरङ्गकै माध्यमबाट सात समुद्रपारिका मानिससँग प्रत्यक्ष कुराकानी गर्न सकिन्छ । यसको अध्ययनको क्षेत्र असीमित छ । भौतिक विज्ञानकै माध्यमबाट प्रकृति र जीवनजगत्का विविध पक्षको अध्ययन गरिन्छ । यस विज्ञानले स्थान, काल, गति, विद्युत्, प्रकाश, ऊर्जा, भूगर्भ तथा खगोल आदि अनेक विषयको प्रामाणिक अध्ययन गर्छ । समग्रमा प्रकृति, जीवनजगत् तथा ब्रह्माण्ड समेतको वृहत् क्षेत्रफललाई यसले आफ्नो अध्ययनमा समेटेको छ ।
प्रश्नहरू
(क) भौतिक विज्ञानका प्रणेता को को हुन् ?
(ख) भौतिक विज्ञानले कुन कुन कुराको अध्ययन गर्छ ?
(ग) प्रकृति र जीवनजगत्का विविध पक्षको अध्ययन केको माध्यमबाट गर्न सकिन्छ ?
(घ) भौतिक विज्ञानको आरम्भ कहाँबाट भएको मानिन्छ ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत दिनुहोस् :
नाम : पारिजात (विष्णुकुमारी वाइबा)
जन्म : वि.सं.१९९४ वैशाख २४
जन्मस्थान : दार्जिलिङको लिङगिया चिया कमान, भारत
माता र पिता : अमृता मोक्तान र के एस वाइबा
शिक्षा : स्नातक
प्रमुख कृतिहरू : आकाङ्क्षा, पारिजातका कविताहरू (कविता सङ्ग्रह) आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, वधशाला जाँदाआउँदा (कथा सङ्ग्रह) शिरीषको फूल, महताहीन, बैँसको मान्छे (उपन्यास) आदि ।
साहित्यिक प्रवृत्ति : विसङ्गतिवादी, अस्तित्ववादी र जीवनवादी दृष्टिकोण राखी साहित्य सिर्जना गर्नु, प्रगतिवादी दृष्टिकोण राख्नु
सम्मान र पुरस्कार : मदन पुरस्कार, गङ्की बसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार आदि ।
मृत्यु : वि.सं. २०५० वैशाख ५ गते, काठमाडौँ ।
(ख) प्रदेशस्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर पुरस्कृत हुँदाको क्षणलाई समेटी मनोवाद तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) आफ्नो टोलमा शुद्ध पिउने पानीको व्यवस्था गरिदिन अनुरोध गर्दै वडा अध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) राष्ट्रपति रनिड सिल्ड प्रतियोगितामा आफ्नो विद्यालय प्रथम भएको विषय समेटी समाचार बनाउनुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
एकछिन वाल्ल परेर वहादुर शाहले भने, "खुब विचार गरिरहेको छु । खास जननीकै रूपमा नारी जातिलाई पाएको हुँ । नारी सिर्जना र शक्तिका अवतार हुन् भन्ने खुद मलाई थाहा छ । के गरूँ उज्यालाका निम्ति बालेको बत्तीले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नैपर्ने रहेछ । व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन । मुमाको मूर्ति सम्फेर हजुरमाथि मेरो पूरा श्रद्धा छ । हाम्रो आपसी घातप्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देखापर्दा बाध्य भएर नै यो काम मैले गरेको हुँ । वास्तवमा नायवी सिनोको निम्ति मरिमेट्ने गिद्ध म होइन । यदि छोड्दे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु ।"
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौँ मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई 'दृष्टिका देवता' मानेका छन् । नेपालको नवीन प्रविधि 'रुइतेक्टोमी' का रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिकालगायत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीविन्दोको शल्यक्रिया भिडियोमार्फत र सम्भव भएसम्म आफैँ उपस्थित भएर संसारभरका डाक्टरलाई सिकाउँदै आएका छन् । उत्तरकोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेको थियो । उनले पुन्याएको योगदानस्वरूप तिलगङ्गा आँखा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुन्याएको मानवीय सेवाको उच्च मूल्याङ्कन भएको छ ।
दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
के गर्नु चुनावका घोषणापत्रहरू ?
सिँगान पुछ्ने कागजभन्दा वढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ?
दन्यकथाकै सिलसिलामा जोड्नुभन्दा वढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई ।
प्रश्नहरू
(अ) चुनावका घोषणापत्रहरूप्रति कविले आफ्ना असन्तुष्टि कसरी व्यक्त गरेका छन् ?
(आ) अन्तरिक्ष यानका गतिविधिलाई किन दन्यकथासँग तुलना गरिएको हो ?
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत वन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरेकाले नाजीहरूले जर्मनीमा उनका चित्र प्रदर्शनमा रोक लगाए । उनले भिखारी, जेलमा थुनिएका, दु:ख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए ।
प्रश्नहरू
(अ) नाजीहरूले जर्मनीमा पिकासोलाई चित्र प्रदर्शन गर्न नदिनुको कारण के हो ?
(आ) 'वन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।' भन्नुको तात्पर्य खुलाउनुहोस् ।
रोग नियन्त्रण गर्न आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, कसरी ? तार्किक उत्तर दिनुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) ईष्र्याद्वेप हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
(ख) जति पसिना बहाउनु परे पनि आफ्नो घरवारीमा बहाऔंला
एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी ।
आशिष देऊ एकै र फेरि पसिना वगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
प्रश्न
(अ) नेपालीले आफ्नो श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सक्छन् ? 'नेपाली हाम्रो श्रम र सिप' कविताका आधारमा समीक्षा गर्नुहोस् ।
(ख) दिइएको निबन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौँ सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था हुनु, थुप्रै विश्वविद्यालय खोलिनु, गाउँगाउँमा क्याम्पस खोलिनु, उच्च शिक्षा सुलभ हुनु मेरो शिक्षाका लागि गर्व गर्न लायक आदि कुरा हुन् । त्यसतै क्याम्पस र विद्यालयमा इन्टरनेट सेवा जोडिनु, सूचना र प्रविधिमा विद्यालयका विद्यार्थीको समेत पहुँच हुनुले मेरो देशका विद्यार्थीको ज्ञान फराकिलो भएको छ ।
प्रश्न
(अ) हाम्रो देशको शिक्षामा के कस्तो समय सान्दर्भिक विकास भएको छ ? 'मे देशको शिक्षा' निबन्ध पाठका आधारमा समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) राष्ट्रपति मेरो भूमिका
(ख) शिक्षण सिकाइमा प्रविधिको प्रयोग
(ग) उद्योग र रोजगार