Compulsory Nepali Question Paper 2080 — Sudurpashchim Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'SP'
sudurpashchim
SEE 2080 (2024)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' आभास नन्दन अचाक्ली फिराद
समूह 'ख' ज्यादै सुगन्ध, सुवास तथा वासना स्वर्गको बगैँचा भान, भ्रभत्को डाह, शत्रुता सम्बन्धित अदालत वा अधिकारी समक्ष न्याय पाउन गरिने उजुर, नालिस

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
हावा वेसरी चल्नाले धेरै मानिसका घर उडाएर दुःखी बनाएको छ । राज्यले विपत्मा परेकालाई सहयोग गर्ने प्रयत्न गरिरहेको छ तापनि उठ्नुपर्ने कर नउठेकाले रकमको अभाव छ । यस्तो चिसोमा पालसालसम्म सबैलाई पुऱ्याउन सके राम्रो हुन्थ्यो । यस्तो अवस्थामा एक गेडा चामलको सहयोगले पनि पीडितहरूलाई ठूलो राहत पुग्छ ।
(क) 'बतास' को पर्यावाची शब्द ………… हो ।
(ख) 'सुखी' शब्दको विपरीतार्थी शब्द ………………… हो ।
(ग) अनेकार्थी शब्द ………………… हो ।
(घ) लघुतावाची शब्द …………… हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदमा दिइएको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
हरिले रामलाई मिहिनेत गरेर पढ परीक्षा नजिकिँदै छ भन्दा कानमा तेल हालेर बस्यो । अहिले लेख्ने बेलामा आत्तियो र राम्रो अङ्क ल्याउन पनि सकेन । बुबाआमालाई आफ्नो नतिजा देखाउनुपर्छ भनेर सुटुक्क आफ्नो कोठामा पसेर लुक्छ ।

4.

(क) दिइएको शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) आश्वस्त (ii) आस्वस्त (iii) आश्वश्त (iv) आस्वश्त
(आ) (i) सारिरिक (ii) शारिरिक (iii) शारिरिक (iv) शारीरीक

(ख) दिइएका वाक्यलाई शुद्ध गरी लेख्नुहोस् :
दान दिने कुरा धर्म बनिसकेको धेरै भयो आज अनुभव हुँदैछ । यो अब जिवन पनि पो वन्न थालि सक्यो ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् : ३
स्यावास ! तिमी नै प्रथम हुन्छौ भन्ने मलाई पुरा विश्वास थियो भनेर गुरुले त्यो दिन भन्नुभएको कुरा म अभै भलभली सम्भन्छु ।

6.

दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आजकल युवापुस्तामा ऱ्याप गीत निकै प्रचलित छ । अश्वेत जातिमाथि श्वेत जातिले गरेको शोषण विरुद्ध आक्रोशको रूपमा व्यक्त हुँदै यो गीतको सुरुआत भएको हो । अहिले आएर सामाजिक विकृति र प्रेमको विषयमा यस्ता गीत गाइन्छन् ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । हामी सबै आ-आफ्नो क्षेत्रबाट देशको विकासमा लाग्नुपर्छ । राष्ट्रको हित भए मात्र हाम्रो पनि हित हुन्छ । त्यसैले एक आपसमा सरसहयोगको भावना राखी सबैको लोकप्रिय बनौं ।

7.

दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् : २
मैले काम सम्पन्न गरेको छु । केही कथा र कविता लेखेको छु । सामाजिक सेवामा लागेको छु । थुप्रै सम्मान पाएको छु ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) सामान्यार्थक भावका अलग अलग क्रियापदको प्रयोग गरी चार वाक्यमा आफूले सम्पादन गरेका कुनै कार्यको वर्णन गर्नुहोस् ।

(ख) दिइएका वाक्यलाई एक वचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
उनीहरू असाध्यै रमाइला छन् । जहाँ गए पनि खुसी हुन सक्छन् । हामी भने त्यस्ता कार्यमा अलि पछि परेका छौं । तिमीहरू निरन्तर अगाडि बढ ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) आकाशमा बादल लाग्नाले जाडो भयो । (वाक्य विश्लेषण)
(ख) म त धेरै थाकेँ । (भाववाच्य)
(ग) सीता गीत गाउँछिन् । (प्रेरणार्थक)
(घ) दिदीले समयको महत्त्व बुझ भनी सुभाव दिनुभयो । (प्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ४
एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको जीवन कसैले असफल भन्न सक्दैन । सानोतिनो पुँजी पनि कमाइ हालेका थिए रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् । तिनको कोही वैरी थिएन, यही तिनको सन्तोषको ठूलो कारण थियो । ४५ वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन् । यस कम्पनाव तिनका लन्डाका मुद्द बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पऱ्यो । सयागवश लट्ठीको मध्य भाट तिनीमाथि परेन । प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भिनामाथि, यो छुट्याउन गाह्रो भयो ।

प्रश्नहरू :
(क) 'तिनको जीवन कसैले असफल भन्न सक्दैन ।' यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'तिनले' शब्दको कारक र विभक्ति पहिचान गर्नुहोस् ।
(ग) एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । यस वाक्यमा रहेको उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।
(घ) 'उनले रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् ।' यस वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
नेपाल पर्यटन व्यवसायको दृष्टिले निकै सम्भावना बोकेको देश हो । यहाँ विविध प्रकारको हावापानी, प्राकृतिक सुन्दरता, साहसिक पर्यटनका लागि उपयुक्त अवस्था विद्यमान छन् । सांस्कृतिक विविधता, धार्मिक तीर्थस्थल एवम् ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका स्थलहरू रहेकाले विदेशी पर्यटकको गन्तव्यस्थल बन्न सक्ने सम्भावना रहेको छ । विविध प्रकारको प्राकृतिक सौन्दर्यका कारण यहाँ फिल्मी पर्यटनको पनि ठूलो सम्भावना रहेको छ । पर्यटन उद्योगबाट प्रशस्त विदेशी मुद्रा आर्जन हुन सक्छ भने देशमा रोजगारीको सिर्जना पनि हुन सक्छ । सन् २०२५ सम्ममा वार्षिक २५ लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको छ । अहिलेको पर्यटकहरूको सरदर बसाइ १३ दिनको रहेको छ । यसलाई वृद्धि गर्न सकेमा अभ्र फाइदा हुन सक्छ । पर्यटन उद्योगका रूपमा होमस्टे, होटल, रिसोर्ट, लज, रेस्टुरेन्ट, मनोरञ्जन स्थलहरूको विकास भइरहेका छन् । प्याराग्लाइडिङ, पदयात्रा, हिमाल आरोहण, माउन्टेन बाइकिङ, बन्जी जम्पिङ, प्यारागलाइडिङ जस्ता साहसिक पर्यटनको पनि विकास भइरहेको छ । त्यस्तै नेपालमा गौतम बुद्धको जन्मस्थान लुम्बिनी, आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम लगायतका तीर्थस्थलहरू रहेकाले धार्मिक पर्यटनको पनि ठूलो सम्भावना छ । काठमाडौं उपत्यकाको पुरातात्त्विक महत्त्वका कलाकृति, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताले गर्दा नेपाल विश्वभरका पर्यटहरूको गन्तव्य बन्न सक्छ ।

प्रश्नहरू :
(क) सन् २०२५ सम्ममा नेपाल सरकारले वार्षिक कति पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
(ख) पर्यटन उद्योगबाट कसरी फाइदा लिन सकिन्छ ?
(ग) नेपाल पर्यटन व्यवसायका दृष्टिले सम्भावना बोकेको देश हुनाको कारण के हो ?
(घ) नेपालको धार्मिक पर्यटनलाई सहयोग पुऱ्याउने स्थलहरू कुन कुन हुन् ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : गोविन्दबहादुर मल्ल 'गोठाले'
जन्म : वि.सं. १९७९ असार २६, ओमबहाल, काठमाडौँ ।
आमा र बुबा : आनन्दमाया मल्ल र ऋद्धिबहादुर मल्ल
शिक्षा : आई.एस्सी
कृति : (क) कथा : कथा सङ्ग्रह (२००३), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बार कथा (२०५२)
(ख) उपन्यास : पल्लो घरको भ्याल (२०१६), अपर्णा (२०५३)
(ग) नाटक : भुसको आगो (२०१८), दोष कसैको छैन (२०२७), च्यातिएको पर्दा (२०३९), भोको घर (२०३४)
पुरस्कार : त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२), वेदनिधि पुरस्कार (२०४७), पहलमानसिंह स्वाँर पुरस्कार (२०५७) आदि
मृत्यु : वि.सं. २०६७, मङ्सिर २७ गते

(ख) जिल्ला स्तरीय कविता वाचन प्रतियोगितामा विद्यालयबाट छनोट भएकाले भोलि हुने उक्त प्रतियोगिताका सम्बन्धमा उब्जेका भावना समेटी एउटा मनोवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) आफ्नो गाउँको बाटो यसै वर्ष कालोपत्रे गरिदिनका लागि पालिकाको योजनामा समेटिदिन अनुरोध गर्दै स्थानीय पालिकालाई निवेदन लेख्नुहोस् ।

(ख) जनहित सामुदायिक वन उपभोक्ता समिति जानकी गाउँपालिका ३ कट्टीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सबै उपभोक्तालाई सहभागी हुन आग्रह गर्दै निमन्त्रणा पत्र तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौं सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था हुनु, थुप्रै विश्वविद्यालय खोलिनु चानचुने कुरा होइन । उच्च शिक्षा अध्ययन गर्न खर्च बोकेर सहर पस्ने वातावरणको अन्त्य हुनु अर्थात् गाउँ गाउँमा क्याम्पस खोलिनु र उच्च शिक्षा सुलभ हुनु मेरो देशको शिक्षाका लागि गर्व गर्न लायक कुरा हुन् । क्याम्पस र विद्यालयमा इन्टरनेट सेवा जोडिनु, सूचना र प्रविधिमा विद्यालयका विद्यार्थीको समेत पहुँच हुनुले मेरो देशका विद्यार्थीको ज्ञान प्राप्त गर्ने सूचनाको क्षितिज फराकिलो भएको छ । आज देशभरिका विद्यार्थीले सूचना प्रविधिलाई एउटा विषयका रूपमा पढ्न पाएका छन् । विद्यालय तहदेखि कम्प्युटर पाठ्यक्रम र तदनुरूप पाठ्यपुस्तकको व्यवस्था हुनुलाई मैले यो देशको विद्यालयीय शिक्षामा आएको युगीन फड्कोको ठानेको छु ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
समाना कार्यबाट प्राप्त हुने ढुङ्ढुना परिणामन् पनि कर्तव्यका महानता कन्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका ढोगर छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसम्कृत हुन्छ । समाना कुरा मात्र हेरौं न । नागरिकले आआफ्ना घर वरिपरि सफा गर भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले भरी बाढल नभनी मिहिनेतले खाने सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेशाप्रतिको निष्ठा सम्भ्रन्दा र मोजनसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सबाराचाहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ । यसरी एकएकाले आआफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दा समाज सभ्य र व्यवस्थित हुन्छ । त्यमैले कर्तव्यपालन अधिकारप्राप्तिको लक्ष्यभन्दा विशिष्ट छ ।

16.

दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर सेवानिवृत्त डाक्टर दम्पतीको थियो । घरमा दम्पती मात्रै थिए । दुई भाइ छोरा देशबाहिर गएका थिए । फराकिलो कम्पाउन्ड र बगैँचा । साढे दुईतले घर । ती दम्पतीलाई घर व्यवस्थापनमा सकस थियो । बगैँचामा चल्ने मिहिनेती हातको खाँचो थियो । भान्छामा, बारबरमा, कौसीमा जताततै चल्ने छरिता पैतालाको आवश्यकता थियो । समग्रमा इमानदारिताका साथ काम गरिदिने कामदारको आवश्यकता थियो । हाम्रो अफिसमा दम्पती नै आएका थिए । उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए । शन्तमायाको व्यक्तिगत विवरण हेरेर उनीहरू खुसी भएका थिए ।

प्रश्नहरू :
(अ) शन्तमायाले काम गर्ने घरको पारिवारिक अवस्थाको चित्रण गर्नुहोस् ।
(आ) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए र उनीहरू किन खुसी भए ?

(ख) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पाब्लो पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामाफत बन्दुकभन्दा कलम र कूची बलियो हुन्छ भन्ने दाबी प्रस्तुत गरे र कलामाफत युद्धलाई खरो रूपमा व्याङ्ग्य गरेकाले नागीहरूल जर्मनीमा उनका चित्र प्रदर्शनमा रोक लगाए । उनले भिखारी, जेलमा यातनाका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए ।
उनले महिलाका मार्मिक र प्रोभल चित्र पनि बनाए । मान्छेका भित्री वेदना, सवेग, मर्म र सौन्दर्य मूत बनेर उनका अमूत चित्रभित्र चित्रित हुन्थे । उनका चित्र हेर्ने व्यक्तिको हृदयमा करुणा, दया, मागा, स्नेह र आक्रोशका भाव सलबलाउथे र हेदाँहेदै ती चित्रमा नै हराउथे । उनको कलामा त्यस्तो जादु भएर नै उनका कला आजसम्म पनि अनमोल भएका छन् र संसारका सबैभन्दा महँगा चित्रका रूपमा उत्तिकै बेजोड छन् ।

प्रश्नहरू :
(अ) पिकासोका चित्रमा के कस्ता विषयवस्तु समेटिएका छन् ?
(आ) पिकासोका चित्रले संसारकै महँगो मूल्य पाउनुको कारण के हो ?

17.

राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त, कथाका आधारमा तर्क दिनुहोस् : ४

18.

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
(ख) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एक गाँस खानाको निम्ति नोकरी गर्नु परे आफ्नै घरमा आफ्नै दाजुभाइको गरौंला । जति पसिना बगाउनु परे पनि आफ्नै घर बारीमा बगाउँला । एक गेडा मकै भए पनि आफ्नै माटामा फलाउँला । पुखाँले जस्तै हामी पनि अन्तिम सास हिमालको बनासमा मिलाउँ ।

प्रश्न :
(अ) घरको माया एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ ? समीक्षा गर्नुहोस् ।

(ख) तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपाल आमा यो दिव्य आभा जगाउँ कसरी
आलस्य निद्रा हीनता सारा भगाउँ कसरी
आशिष देउ एकै र फेरि पसिना बगाउँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाउँ ।

प्रश्न :
(अ) नेपाली श्रम र सिप किन स्वदेशमै लगाउँ भनिएको हो ? माथिको कवितांश र कविताका आधारमा वर्णन गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) मेरो देश मेरो गौरव
(ख) प्रविधिमैत्री सिकाइ
(ग) भ्रष्टाचार रोकथाम र नियन्त्रण