Compulsory Nepali Question Paper 2080 — Madhesh Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'MP'
madhesh
SEE 2080 (2024)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' स्फुरण विलक्षण मौजा सामल
समूह 'ख' जग्गा, जमिन, गाउँ भाव वा विचारको फुराइ यात्रा गर्दा चाहिने साधन, बाटो खर्च काम गर्ने साधन अनौठो, असाधारण खराब लक्षण

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
"पतितदेव बेलुका घरमा आउँदा चिनी लिएर आउनुहोस्" भन्दै रामकी श्रीमतीले बजार जान लागेका रामलाई भनिन् । साथमा कुन्चो छैन, के को चिनी ल्याउनु भन्दै कोटको गोजी छाम्दै राम बजारतिर लागे ।
(क) 'पत्नी' को पर्यायवाची शब्द ………… हो ।
(ख) 'बिहान' को विपरीतार्थी शब्द ………… हो ।
(ग) 'पैसा' को लघुतावाची शब्द …………… हो ।
(घ) 'कोत'को श्रुतिसमभिन्नार्थी शब्द …………… हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् । २
लोकवहादुर आँखामा राखे पनि नबिफाउने खालका मानिस थिए । समाजमा आफू भलो त जगत् भलो भन्ने सोच राखी मुसुक्क हाँस्थे । कसैलाई दुःख पऱ्यो भने उनी टुप्लुक्क पुग्थे । त्यसैले समाजमा उनलाई सबैले आदर्शको रूपमा लिन्थे ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) असमञ्जस (ii) अशमन्जस (iii) असमन्जस (iv) असमञ्जश
(आ) (i) विउविजन (ii) विउविजन (iii) विउबिजन (iv) विउबिजन

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
श्रीधरले रुन्चे स्वरले भने, दाज्यु अस्ति देखि दम बढून थाल्यो । मलाइ अब धेरै दिन वाञ्छुला जस्तो लार्गैन ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् : ३
शिशुहरूलाई उपयुक्त समयमा खोप नलगाउनाले पनि ती बालबालिका अपाङ्ग वन्छन् त्यसैले समयमै विचार गरेर उनीहरूलाई खोप प्रदान गरौं ।

6.

दिइएका प्रश्नका उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आधुनिक समाजले परम्परागत दुष्प्रवृत्ति हटाउँदै मानव जीवनलाई स्तरोन्नति गर्नुपर्छ । कुप्रथा हटाएर समुन्नत समाजको परिकल्पनालाई साकार बनाउनु हाम्रो कर्तव्य हो ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
एक गहुँगोरो युवक पँधेरो माथिबाट आइरहेको थियो । सरसहयोगमा रुचि राख्ने उक्त युवकले पँधेरामा मुखसुख धोएर बसेकी सान्नानीलाई देख्यो । चन्द्रमाको जस्तो मुख भएकी सान्नानी लजाउँदै कान्छाबाको घरतिर लागिन् ।

7.

दिइएको अनुच्छेदलाई अज्ञात भूतकालमा परिवर्तन गर्नुहोस् : २
मेरो भाइ असाध्यै रमाइलो थियो । ऊ अनेक चटक गरेर सबैलाई हँसाउँथ्यो । हामी उसका गतिविधि हेरेर दङ्ग पर्थ्यौं । ऊ फुरुङ्ग हुन्थ्यो ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) इच्छार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको बारेमा लेख्नुहोस् ।

(ख) दिइएको वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
मेरो परीक्षा राम्रो भएको छ । म पक्कै पनि उत्तीर्ण हुन्छु होला । मेरा साथीहरूलाई धेरै सम्मान गर्छु । हामी प्रायसँगै हुन्छौं ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) ऊ गीत गाएर नाच्छ । (वाक्य विश्लेषण)
(ख) आफू त विद्यालय गइयो । (कर्तृवाच्य)
(ग) उनी खाजा खान्छिन् । (प्रेरणार्थक)
(घ) सबैले असहायलाई सहयोग गर्नुपर्छ भनी आमाले भन्नुभयो । (प्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ४
एक दिनको घटना उदाहरणस्वरूप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डित र गाउँ जमदारको खेतको भगडा धेरै दिनदेखि चलिआएको थियो तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन । कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र वानीले प्रेरित भए भैँ ती भगडियालाई भगडाको दुष्परिणाम बुझाउन थाले । हेर गोविन्द पण्डित, हेर गोरे जमदार, भगडा गरेर के लाभ : आपसमा मिल, खाऊ, पिऊ र ईश्वरको भजन गर । यति उपदेशमै तिनीहरू भगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि भगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र विषरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपऱ्यो । यस भगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् । फेरि एउटा मास्टर र कैयाँको भगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, "हेर्नुहोस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु तर कैयाँ कैयाँ नै हुन्, काम लाग्ने छैनन् ।"

प्रश्नहरू :
(क) 'यति उपदेशमै तिनीहरू भगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि भगडा गर्ने थिएनन् ?' यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित आपसतमा शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'कृष्ण राय सदाको जस्तै मध्यस्थ भए ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'यस भगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वका लागि वनजङ्गल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजङ्गल, जल आदिको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन पनि सङ्कटमा पर्नु हो । पछिल्ला दिनका के सहर, के गाउँ, जताततै यसको प्रभाव परेको देखिन्छ । अक्टोबर महिनालाई अर्वन अक्टोबर भनिन्छ । सही महिनाको रूपमा अक्टोबर मासको अन्तिम दिनलाई विश्व सहरीकरण उत्सवको रूपमा मनाउँदै आएको छ । सहरी वातावरणको उचित व्यवस्थापनबाट मानवको गुणस्तरीय जीवन सुनिश्चित हुन्छ भन्ने सोचलाई दृष्टिगत गर्दै हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभर सहरीकरण दिवस मनाइँदै आएको छ । सन् २०१४ मा चीनमा प्रमुख सहरी रूपान्तरण भन्ने नाराको साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो । यसै सन्दर्भमा सहर भन्ने थितिकै हामी सबैको सोचमा सुविधा सम्पन्न ठाउँको सम्भना आउँछ । सहर एक ठूलो मानव उपयोग र सञ्चारको लागि व्यापक सुविधायुक्त स्थान हो । वास्तवमा सहर भन्नाले स्मार्ट र हरियो सहर बनाउने मात्र होइन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र निहित स्वार्थविनाको राजनीतिक जगत्को स्थापनाबाट वातावरणमैत्री सहर बनाउनु हो ।

प्रश्नहरू :
(क) मानव अस्तित्व केमा निर्भर हुन्छ ?
(ख) विश्व सहरीकरण उत्सव कहिले मनाइन्छ ?
(ग) पहिलो सहरीकरण दिवस कहिले र कहाँ मनाइएको थियो ?
(घ) वातावरणमैत्री सहर कसरी बनाउन सकिन्छ ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
एक जना गरिब व्यक्ति कुनै महात्माकहाँ जानु …………… आफू गरिब भएकामा चिन्ता व्यक्त गर्दै धनी बन्ने चाहना व्यक्त गर्नु ………… महात्माले उसलाई कति धन चाहिएको छ भनेर सोध्नु ………… त्यस गरिबले पाँच लाख चाहिएको बताउनु …………… महात्माले उसको एउटा आँखा दिए उक्त रकम दिने भन्नु ………… गरिबले महात्माको त्यो प्रस्ताव नमान्नु …………… उसका अन्य अङ्ग पनि यसैगरी धेरै पैसामा किन्ने महात्माले बताउनु …………… गरिबले आफ्नो कुनै पनि अङ्ग दिन नचाहनु …………… महात्माले यस्तो बहुमूल्य जीवन पाएर पनि आफूलाई किन गरिब ठान्छौ भनेर प्रश्न गर्नु …………… महात्माका कुराले गरिब व्यक्तिको चेत खुल्नु ………… स्वस्थ जीवन नै अमूल्य धन हो भन्ने सन्देश ।

(ख) 'विदेशको सुख प्यारो कि स्वदेशको स्वतन्त्रता' भन्ने शीर्षकको कुनै एक पक्षमा आफ्ना गहकिला तर्क प्रस्तुत गर्दै एउटा वादविवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) विद्यार्थी पुस्तक पसल हेटौंडाका तर्फबाट ललितपुरको साभा प्रकाशनलाई कक्षा १० का अनिवार्य विषयका केही पाठ्यपुस्तक पठाइदिन अनुरोध गर्दै चिठी लेख्नुहोस् ।

(ख) विद्यालयका नयाँ प्रधानाध्यापकलाई दिइने शुभकामना पत्र तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
मानिसले पाउनुपर्ने मानवीय अधिकार नै सबैभन्दा ठूलो कुरा हो । यो अधिकार मान्छेको स्वतन्त्रता र न्यायसँग एउटै सिक्काका दुई पाटा भैँ गाँसिएर रहेको हुन्छ । समाजका सबै वर्ग र समुदायका मानिसले न्यायको अनुभव गर्नुपर्छ र समान अधिकार पाउनुपर्छ । विश्वेश्वरप्रसाद कोइरालाले भन्छन्, "राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।" यसबाट मानिसका लागि अधिकार नै ठूलो हो भन्ने पुष्टि हुन्छ । नेल्सन मन्डेला अधिकार र स्वतन्त्रताका लागि २७ वर्षसम्म कठोर कारावास किन बसे ? अधिकार प्राप्तिका लागि सफलता पैसाले होइन स्वतन्त्रताले मात्र मिल्छ भन्ने नेल्सन मन्डेलाको विचार छ । स्वतन्त्रतालाई आत्माको अक्सिजन मान्ने मोसे ड्यायन होउन् वा मानिसको आवश्यकता पूरा गर्न चाहिने शक्तिलाई अधिकार मान्ने गार्नर होउन् यी सबैका भनाइले मानिसको न्यूनतम आवश्यकता पूरा गर्न अधिकार नै चाहिन्छ भन्ने पुष्टि गर्दछन् ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
मेरो देशको शिक्षाले अनेकौं संस्कृति र तिनका मूल्य मान्यता ढकमक्क फुलाउन समयसापेक्ष रूपमा बदल्न अहम् भूमिका खेलेको छ । यसले पूर्वीय ज्ञान र चेतनाको किरण विश्वमा फिँजाएको छ । मेरो देशको शिक्षा आज आफ्नो वास्तविक पहिचान जीवन्त राखेर युगअनुकूलको विज्ञान र प्रविधियुक्त शिक्षालाई आत्मसात् गर्दै अगि बढ्न आतुर छ । बौद्धिक विकास, सभ्यताको परिष्करण र स्तरीय जीविकोपार्जनका लागि शिक्षा आवश्यक छ । त्यसैले सनातन पूर्वीय सभ्यता र अनेकौं मौलिक संस्कृति भएको मेरो देशलाई पूर्वीय सभ्यता र अनेकौं विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अभै अगि बढाउनु जरुरी छ । मेरो देशको शिक्षालाई सिपले सुसम्पन्न बनाउन अहिलेको चुनौतीलाई अवसरका रूपमा बदल्नु छ ।

16.

तलका प्रश्नहरूको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जसका कर्मले लिन्छन् उच्च जीवनका पथ
तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव ।
जूटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।

प्रश्नहरू :
(अ) उज्यालो यात्राका लागि कर्मको कस्तो भूमिका रहन्छ ?
(आ) मानिसहरू गौरवका साथमा हिँड्ने पथ कुन हो ?

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
दुवै छ्राक भोकै भएर भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती । क्यै नभए पनि चिसो बतास त छ कि ! यो बर्खामास पन्चे बाजा बजार बादकहरू आलीमा बस्ता हुन्, रोपारहरू धान रोप्ता हुन्, लाठेहरू बाउसे गर्दा हुन्, मेरो त मनै उहीँ पुगिराख्या छ । फलक्क फलक्क त्यहीँको रमाइलो सम्भन्छु, बोल्न पनि सक्दिनँ म त लाल दाइ, भोकले पो हो कि छिन छिनमा घाँटी नै प्याकप्याक्ती सुकेर थुक्कको थोपासम्म पनि जिब्रोमा छैन, सम्भन्छु, रोऊँ रोऊँ जस्तो लाग्छ । के दशा लागेर अर्काको बहकाउमा परेर आ'छु नि जस्तो लाग्छ ।

प्रश्नहरू :
(अ) एकाङ्कीको पात्रले गाउँघरका कुन कुन कुरालाई स्मरण गरेको छ ?
(आ) माथिको एकाङ्कीको अंशको मूल सन्देश के हो ?

17.

हाम्रो नेपाली समाजमा आयाम कथाकी पात्र याञ्जीको जस्तो एकल महिलाको विवाह सम्भव छ वा छैन ? तर्क दिई लेख्नुहोस् : ४

18.

कुनै एक उद्धरणको भाव विस्तार गर्नुहोस् : ४
(क) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।
(ख) आशिष देऊ एकै र फेरि पसिना बगाउँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाउँ ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् । देवकोटाको देहावसान पछि वि.सं.२०२३ मा नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई मरणोपरान्त 'त्रिभुवन पुरस्कार' प्रदान गरी सम्मानित गन्यो । महान् कवि एवम् विलक्षण प्रतिभाशाली देवकोटाले जनस्तरबाटै महाकविको पदवी पाए ।
प्रश्न :
(अ) नेपाली साहित्यका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटाले दिएको योगदानको चर्चा गर्नुहोस् ।

(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिस चिन्थे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो । कन्यापक्षका बुढापाकाले भने, "त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छाड्थे । तब पो मानिस कुलघरान भन्छन् ।"
प्रश्न :
(अ) 'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्साइएको छ ? समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) मेरो भविष्यको लक्ष्य
(ख) हाम्रो संस्कृति
(ग) लागुपदार्थ दुर्व्यसनको रोकथाम