Nepali Question Paper 2080 — Lumbini Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'LP'
lumbini
SEE 2080 (2024)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' उत्कण्ठा प्राख्य भुकारो छ्वेदा
समूह 'ख' मयलपोस, दौरा अभिप्राय उत्सुकता प्राचीन, पहिलेको पुरातन भुँडमा भरेका पात गाई भैँसी आदि पशुको मल

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
गाईको पोसिलो दूध र नर स्वाम्यका लागि निकै उपयोगी हुन्छ । शाकाहारी व्यक्तिले गोरस अत्यधिक खान्छन् । अचारका पिन्कोले भन्दा दूधको तुकोले दीर्घजीवी बनाउँछ भन्ने कुरा शास्त्रमा उल्लेख गारिएको छ ।
(क) 'तागतिलो' को पर्यायवाची शब्द .......... हो ।
(ख) 'अनुपयोगी' को विपरीतार्थी शब्द .............. हो ।
(ग) अनेकार्थी शब्द .......... हो ।
(घ) 'अचार' को लघुतावाची शब्द .............. हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : २
सधैँ कक्षामा अन्तिम हुने कुमार 'नपत्याउने खोलाले वगाउँछ' भने भैँ यसपालि प्रथम भएछ । कक्षामा राम्रो नतिजा ल्याएपछि कुमार छुट्टी हुनासाथ सरासर घर जान्छ । ऊ दिनहुँ विद्यालय आउँछ । ऊ कविता पनि लेख्छ । त्यसैले उसलाई हुने बिरुवाको चिल्लो पात नै भने पनि फरक पर्दैन ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) विश्वाश (ii) विस्वास (iii) विश्वास (iv) विश्वाश
(आ) (i) संरचना (ii) सड्रचना (iii) सम्रचना (iv) सञ्रचना

(ख) दिइएका वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
मानिस र प्रकृति बिच गहिरो सम्बन्ध छ । हावा पानी र माटो मानिसका आधारभुत तत्त्व हुन् ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् : ३
धनी मान्छेले धन मात्र कमाउँदैन र धनसँगै इज्जत पनि कमाउँछ । धनी सँधि गरिबको मनमा मालिकको रूपमा राज गरिरहन्छ । यो ध्रुवसत्य हो ।

6.

दिइएको प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
वर्तमान तथ्याङ्कले प्रतिवर्ष लगभग एघार लाख विदेशी पर्यटक नेपाल भित्रिने गरेको देखाउँछ । पर्यटक ती हुन् ; जो नेपालको पुरातात्विक, प्राकृतिक र सांस्कृतिक पक्षको अवलोकन गर्न र मनोरञ्जन लिन आउँछन् ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नियमपूर्वक व्रत बसी आजभोलि पनि यसरी धर्म र कर्ममा लागेका धर्मानन्दको स्वभावलाई देखेर हामी आआफ्नो बाटो लाग्यौँ । अलि पर पुगेर हेर्दा उनी पनि पछि पछि आउँदै रहेछन् । उनको धर्मकर्म प्रतिको आस्थालाई सबैसम्म पुर्याउन उपयुक्त ठानी घरघरै पुग्यौँ ।

7.

दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : २
विवेक विदेश गयो । उसले त्यहाँ खुवै मिहिनेत गर्यो । हेरक महिना उसले घरमा पैसा पठायो । बेला बेलामा घरमा फोन गर्यो ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) इच्छार्थकका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भविष्यको योजना बारे वर्णन गर्नुहोस् ।
(ख) दिइएको स्त्रीलिङ्गी वाक्यलाई पुलिङ्गमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनी पशुपालन गर्छिन् । उनी विहान सवेरै उठ्छिन् । उनी भेडा र चौरीगाई चराउछिन् । पशुपालनबाट नै उनले आफ्नो परिवार धानेकी छिन् ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) रमेश नुहाएर खाजा खान्छ । (वाक्य विश्लेषण)
(ख) आफू त देशका डाडाकाँडा घुमिन्छ । (कर्तृवाच्य)
(ग) कवि उत्कृष्ट कविता लेख्छन् । (प्रेरणार्थक)
(घ) गुरुले मलाई मिहिनेती छौ भनेर भन्नुभयो । (प्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउथे । म तिनीहरूको व्यक्तिगत विवरण लिन्थेँ । कम्प्युटरमा डाटा राख्थेँ, डकुमेन्ट बनाउथेँ र सुरज सरलाई जानकारी गराउथेँ । सहरमा कामदारको माग बढ्दै गाएको थियो भने विश्वामिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो । सुरज कै यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो । कामदारको माग गर्ने धरधनीका बारेमा जोसुकै मध्येत र गम्भीर पनि । एक पटक एक जना महिला कामको खोजीमा कार्यालयमा आएकी थिइन् । निलो ओठ भएकी, कपाल घुमुकिएर काँधमै तराएको जस्तो र कोँरा जस्तै कान एकदमसँग खुम्चिएका । शरीरका छाला पात जस्तो निस्कदर सेतो र फुत्रो देखिन्थ्यो । गहिरो तलाउ जम्ता हरिया आँखा थिए ।
प्रश्नहरू :
(क) 'सुरज सर यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'कार्यालयमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'सहरमा कामदारको माग बढ्दै गाएको थियो भने विश्वामिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
(घ) कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउथे । वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
शिक्षा विकासको पहिलो पूर्वाधार हो । हालको शिक्षाले डिग्री, नम्बर र वैदेशिक रोजगारमा गवँ नगरी समाजसुधार, साहित्य सिर्जना र व्यवहार परिवर्तनमा जोड दिनुपर्छ । कविता र विकासविच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । कविताले विकासलाई मार्गदर्शन गर्न सकेको हुन्छ भने विकासले पनि समाजका सबै मानिस तथा समुदायका आधारभूत आवश्यकता सम्बोधन गर्न सक्छ । आधारभूत आवश्यकता पूरा भएपछि मानवमा सोच्ने शक्ति तथा अध्ययन अनुसन्धान गर्ने क्षमता विकासको साथै गुणात्मक साहित्य सिर्जनासमेत गर्न सक्छ । कविताको मूल लक्ष्य समाजमा परिवर्तन ल्याउनु भएकाले सर्जकले पनि परिवर्तन गर्न सक्ने खालका सन्देश अध्ययन, अनुसन्धान गरेर लेख्न सक्नुपर्छ अन्यथा लेखक तथा पाठकको समय, धन, शक्ति तथा कागजको बर्बाद मात्रै हुन्छ ।
प्रश्नहरू :
(क) हालको शिक्षा कस्तो हुनुपर्छ ?
(ख) कविता र विकासले कुन कुन कुराको सम्बोधन गर्छन् ?
(ग) आधारभूत आवश्यकता पूरा भएपछि मानिस कस्ता काम गर्न तत्पर हुन्छन् ?
(घ) कविताको मूल लक्ष्य के बताइएको छ ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : अरुणा लामा
जन्म मिति : वि.सं. २००२ साल भाद्र २४ गते
जन्मस्थान : दार्जिलिङ, भारत
विशेषता :
  – प्रसिद्ध गायिका, स्वरमा सुकोमलता र मधुरता
  – गायनमा अन्तर्मनको मर्म र करुणा प्रतिध्वनित
  – भावमय र कारुणिक स्वर
  – जातीय सचेतना र मानवीय संवेदनाको उत्कर्ष
  – सङ्ख्यात्मकभन्दा गुणात्मक गायनमा जोड
सम्मान : स्वर किन्नरीका रूपमा सम्मानित 'कान्छी' नामक चलचित्रका लागि उत्कृष्ट गायिका
पुरस्कार : 'छिन्नलता' पुरस्कार, 'उर्वशी' चलचित्र पुरस्कार, भारतको 'दिसारी' पुरस्कार
मृत्यु : वि.सं. २०५४ माघ २२ गते

(ख) परीक्षाको अघिल्लो रात आफ्नो मनमा उत्पन्न भएका भावहरू समेटी एउटा मनोवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) आफ्नो विद्यालयमा पुस्तकालय निर्माण गर्न बजेट माग गर्दै आफ्नो वडाका वडाध्यक्षलाई निवेदन लेख्नुहोस् ।
(ख) विद्यालयको वार्षिक उत्सवमा अभिभावकलाई दिइने निमन्त्रणा काडँको नमूना तयार गर्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सदगुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षा आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्तो विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुर्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सास्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारको क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
ससाना कार्यबाट प्राप्त हुने ठुलठुला परिणामले पनि कर्तव्यको महानता फल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौँ न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले भरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्भँदा र सोअनुसारको आचरण गर्दा शिक्षककको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ ।

16.

दिइएको प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्याय खातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।

प्रश्नहरू :
(अ) कविताँशमा ज्ञान र कर्मले कस्ता काम गर्नुपर्छ भनिएको छ ?
(आ) कस्ता मानिसको शिर उचो हुन्छ ?

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
साराले आफ्नै देशमा काम पाएका छन् । हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? उहाँ आफ्नो चाडवाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भाएर बस्ने ? जाऊँ हिँड जमान दाइ, मर्नु परे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुँइमा लम्पसार परौँला, आफ्नै खोलाको बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुवाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौँला । आफ्ना पुर्खाको धर्म थामौँ । जमान दाइ जाऊँ । आजै जाऊँ । उठ, ऐल्यै जाऊँ । गइहालौँ । नबसौँ ।

प्रश्नहरू :
(अ) माथिको एकाङ्कीको अंशमा नेपालको परिवेशलाई कसरी चित्रण गरिएको छ ?
(आ) एकाङ्कीको अंशले राष्ट्रभक्तिको कस्तो सन्देश दिएको छ ?

17.

तपाईँका विचारमा आयुर्वेदिक चिकित्सा पद्धति र एलोप्याथिक उपचार पद्धतिमा कुन उपयुक्त होला ? आफ्नो विचार लेख्नुहोस् : ४

18.

कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) एउटै इनार छ सम्पूर्ण गाउँमा
    र पनि कसैले पानी पिउन नपाएको गुनासो छैन
    मेलापात जानुपर्छ
    काखको नानीलाई मजेत्रोले पिठ्यूँमा बाँधेर
    निस्कन तयार छे जो कुनै पनि आमा
    आफ्नै सन्तान पनि भार हुन सक्दो भन्ने उसलाई थाहा छैन ।
(ख) बाहिरी शत्रुलाई उठ्न दिनाको मूख्य कारण घरभगडा हो ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
सबै पर्खाइको पछिल्तिर मेरा सपनाँ, सपना पखिरहेछन्, इच्छा र आकाङ्क्षा पखिरहेछन् । म के गरूँ, केही बनूँ, केही दिऊँ भन्छु तर यो असीमित इष्टसिद्धका लागि यतै पर्खनुपर्छ, उतै पर्खनुपर्छ, यतै भुल्नुपर्छ, उतै धाउनुपर्छ, दोष कसलाई ? धेरै कुरा किन ? सुरुदेखि सत्य, समता र शान्ति पर्खँदै आएको मानिस भन् विषमताको विषले बौलाहिरहेछ, भन् अशान्त भइरहेछ ।
प्रश्न :
(अ) नेपाली समाजमा मौलाउँदै गाएको पर्खने र पर्खाउने प्रवृत्तिमाथि निबन्धकारले निबन्धमा के कस्तो व्यङ्ग्य प्रहार गरेका छन् ? दिइएको सन्दर्भ र पाठका आधारमा विवेचना गर्नुहोस् ।

(ख) तलको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
लक्ष्मीप्रसाद देवकोटाले कविता विधामा मात्र आफ्नो कलमलाई सीमित गरेनन् । उनले लेखेका साहँै गहकिला निबन्ध 'लक्ष्मी निबन्ध सङ्ग्रह', दाडिमको रुखनेरमा सङ्कलित छन् । उनको एउटा 'सावित्री' 'सत्यवान्' भन्ने नाटक र 'चम्पा' उपन्याससमेत प्रकाशित छ । वास्तवमा, उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए ।
प्रश्न :
(अ) लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको क्षेत्रमा के कस्तो योगदान पुर्याएका छन् ? विवेचना गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) मैले चाहेको नयाँ नेपाल
(ख) साइबर अपराध र रोकथाम
(ग) ऊर्जाशक्ति