तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
सूर्यका सुनौला किरण धरतीमा परेपछि पृथ्वी मुसुक्क हाँसिन् । अँध्यारो हटेर उज्यालो छाएपछि सडकमा मानिसको लर्को देखियो । ती मानिसहरू आफ्नै तालमा हातमा हात समातेका देखिन्थे ।
(क) 'धरणी'को पर्यायवाची शब्द .............. हो ।
(ख) 'अँध्यारो'को विपरीतार्थी शब्द ........... हो ।
(ग) अनेकार्थी शब्द .............. हो ।
(घ) समूहवाची शब्द ........... हो ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
'आंखामा राखे पनि नबिभाउने' भन्ने उखान कसैका निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायका निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सवभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन् । यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) दवदवा (ii) दवदवा (iii) दवदवा (iv) दवदवा
(आ) (i) सन्जीवनी (ii) संजीवनी (iii) सञ्जीवनी (iv) सङ्जीवनी
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
हावा पानी र माटो जीवनका अमुल्य तत्त्व हुन् आज यसको अस्तित्व माथि सङ्कट देखीएको छ ।
रेखाङ्कित शब्दको पदवर्ग छुट्याउनुहोस् : ३
सानी छोरीले सानीलाई अकस्मात् बोलाइन् अनि उनी टुप्लुक्क आइपुगिन् ।
दिइएको प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
गरिबी र स्वार्थीपनले सामाजिक भेदभावका घटना बढ्दै गाएका छन् । वर्गीय विभेद चुलिँदै छ । अधिकार खोज्ने र कर्तव्य विर्सनेहरूको सङ्ख्या अनगिन्ती छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
ठुलो कान्छाले पञ्चरत्नका गरगहना लगाएर वायुपङ्खी घोडा चढी सरसामान बोकेर आकाशतिर उडिरहेको सपना देख्यो । त्यहाँ सबै घरघरमा बसेका रहेछन् । काम र काज केही नगरेर के खाएका होलान् भनी ऊ चकित भएछ ।
दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् : २
गोविन्द छुट्टीमा घर जान्छ । ऊ बुवाआमालाई भेट्छ । ऊ धेरै खुसी हुन्छ । केही समय ऊ गाउँ पनि डुल्छ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) सम्भावनार्थ भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाबारे वर्णन गर्नुहोस् ।
(ख) तल दिइएका एकवचनका वाक्यलाई बहुवचनमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
ऊ समाजसेवी हो । ऊ असल स्वभावको छ । उसको साथी पनि सबैको भलो चिताउँछ । ऊ सबैको प्रिय छ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) बादल लाग्यो । पानी वेसरी पर्यो । (वाक्य संश्लेषण)
(ख) रजनी मुसुक्क हाँसिन् । (भाव वाच्य)
(ग) उनीहरू ध्यान गरून् । (प्रेरणार्थक)
(घ) गुरुले शिक्षा विकासको द्वार भएको कुरा बताउनुभयो । (प्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
४५ वर्षका कृष्ण राय गाउँका सवभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन् । यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गाएको रुपियाँ आफू आउँदा भगडा वोकी ल्याउँछ । तर दुःख परेको वखतमा 'राजद्वारे श्मशाने च' तिनी गाउँलेको सहायतमा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पिरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेको आँखामा आँसु ल्यायो । गाउँलेमा भगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे ।
प्रश्नहरू :
(क) 'कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'आँखामा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) '४५ वर्षका कृष्ण राय गाउँका सवभन्दा भद्र मानिस थिए ।" यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'गाउँलेमा भगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
विद्युत् निर्यातको लाभ लिनका लागि बजार देखेर मात्र हुँदैन, कम लागतमा विद्युत् उत्पादनमा तीव्र वृद्धि अनि गुणस्तरीय प्रवाह आवश्यक छ । सन् २०१४ मा नेपाल र भारतबिच विद्युत् व्यापार सम्भौता भएको थियो । भारतीय कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगाबाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । भारतीय कम्पनी गान्धी मालिकार्जुन राव (जिएमआर) ले नौ सय मेगाबाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुन सकेको छैन । भारतीय कम्पनीले नै तल्लो अरुण, पश्चिम सेती, एसआर-सिक्स जस्ता आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यस्ता आयोजनाको विकास र निर्माणमा चाहिँ अपेक्षित गति छैन । आयोजना ओगटेर राख्ने अनि मागअनुसार नेपालले विद्युत् उपलब्ध गराउन नसक्ने परिस्थिति किमार्थ सिर्जना हुन दिनु हुँदैन । फेरि कुनै खास मुलुकसँग विद्युत् व्यापार सम्भौता गर्दा उसका लगानीकर्ताले उत्पादन गरेको विजुली मात्र खरिद गर्ने जस्ता सतहरू व्यापक राष्ट्रिय हितमा हुने छैनन् ।
प्रश्नहरू :
(क) विद्युत् निर्यातबाट लाभ लिन के गर्नुपर्छ ?
(ख) नेपाल र भारतबिच विद्युत् व्यापार सम्भौता कहिले भएको थियो ?
(ग) भारतीय कम्पनीले कुन कुन आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ ।
(घ) नेपालले कुन परिस्थितिको सिर्जना हुन दिनु हुँदैन ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : भैरव अर्याल
जन्म मिति : वि.स. १९९३ साल असोज ५ गते
जन्मस्थान : कुपन्डोल, ललितपुर
शिक्षा : एम.ए. सम्मको औपचारिक शिक्षा हासिल
पहिलो रचना : 'खोलापारिका पुरेत बाजे'
प्रकाशित कृतिहरू : काउकुती, जयभुँडी, गलवन्दी, इतिश्री र दस औतार
प्रवृत्ति र विशेषता :
– नेपाली साहित्यका कथा, कविता, समालोचना, हास्यव्यङ्ग्य निबन्ध आदि विधामा सक्रिय रूपमा कलम चलाएका
– हास्य र व्यङ्ग्यको मिश्रण गरी उत्कृष्ट निबन्ध सिर्जना गरेका
– देशभक्ति, समाज सुधार र मानवतावादी चिन्तनलाई निबन्धमा व्यक्त गरेका
– मानिसका खराब आचरण र दुर्व्यवहारप्रति तिखो व्यङ्ग्य प्रहार गरेका
– समय सापेक्ष रूपमा सटिक र मार्मिक निबन्ध लेखेका
मृत्यु : वि.स. २०३३ असोज १९ गते गोकर्ण, काठमाडौँ
(ख) एसइई परीक्षा सुरु हुने अघिल्लो रात मनमा उठेका विचार समेटी एउटा मनोवाद लेख्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) ढढेलो नियन्त्रण गर्न जनचेतनाका साथै सम्बन्धित निकायलाई ध्यान आकर्षण गराइदिन अनुरोध गर्दै राष्ट्रिय दैनिकका सम्पादकलाई एउटा चिठी लेख्नुहोस् ।
(ख) तपाईँकी दिदीको विवाहका लागि आफन्तलाई आमन्त्रण गरिने निमन्त्रणा पत्रको नमूना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहिँ वैकल्पिक चिकित्सा पद्धतिका रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । एलोप्याथी र आयुर्वेद दुवै चिकित्सा शास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको पूर्वीय वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा मानिन्छ । एलोप्याथिक प्रणाली र पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा पद्धति भन्ने बुभिन्छ । आम रूपमा प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक पद्धति हो ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजी कविता लेखेर समस्त शिक्षा र सहपाठी साथीलाई चकित पारिदिएका थिए । उनका कतिपय साथी देवकोटालाई आफ्ना दाजुलाई कविता लेख्न लगाएर आफैँले लेखे जसरी सुनाउने भनेर आरोप लगाउँथे । उनले साथीहरूकै सामुन्ने धडाधड कविता लेख्दै र सुनाउदै आरोप लगाउनेलाई नाजवाफ पारिदिन्थे । हुन पनि हो, कसैले आलोचना गर्यो भने त्यसको जवाफ कुराले होइन कामले दिन सक्नुपर्छ । साथीहरूकै अगाडि १५ मिनेटमा दरबार स्कुल शीर्षकको कविता रचना गरी सुनाएपछि त साथीहरू उनकै समर्थक पो बन्न पुगे । तिनै साथीहरूको अनुरोधमा शिक्षकले पनि त्यो कविता हेरे । त्यो कविता पढेर दङ्ग पर्दैँ शिक्षकले देवकोटालाई अङ्ग्रेजीमा बडेन पोइट अर्थात् 'कोपिला कवि' भनी टिप्पणी गरे ।
दिइएको प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यो कस्तो देश सृष्टिकै बेला विज्ञान पाएको
देवता ऋषि मनुष्य मिली वेदान्त गाएको
मुन्धुम महान् धम्मपद महान् सम्पदा महान्
विश्वमै छैन धरती महान् यो देश समान ।
प्रश्नहरू :
(अ) नेपाली धर्तीलाई विश्वमै महान् किन भनिएको हो ?
(आ) कविताँशमा धार्मिक विविधतालाई कसरी प्रस्तुत गरिएको छ ?
(ख) दिइएको निबन्धको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईँ गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साहँै जुम्सो भएको छु । बरु के तपाईँ पत्याउनुहुन्छ ? यो जुम्स्याईको जन्मदाता यस्तै जड्चलदा पखाँड हुन् ।
प्रश्नहरू :
(अ) मानिस जुम्सो हुँदै जानुको कारण के हो ?
(आ) 'पख्नोस्' निबन्धले नेपाली समाजको कस्तो समस्यालाई देखाउन खोजेको छ ?
भगडा गरिरहेका राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच भएको कुराकानीका सन्दर्भमा तपाईँ हुनु भएको भए के गर्नु हुन्थ्यो ? तर्कसहित लेख्नुहोस् : ४
कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
(ख) अधिकार नदिदैँ कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाईमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिंड भन्नु जस्तै हो ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
पिकासोको वैवाहिक र पारिवारिक जीवन एकैनासले अगाडि बढेन । उनका जीवनमा जुन जुन महिला आए तिनले उनको कलाकारितालाई कुनै न कुनै रूपमा प्रभावित पारेको देखिन्छ । उनले आफ्ना जीवनका सफल वा असफल प्रेम सम्बन्धलाई विभिन्न ढङ्गले चित्र र मूर्तिमा अङ्कित गरेका छन् । ती चित्र निकै चर्चित र मूल्यवान् पनि बनेका देखिन्छन् । पिकासोले आफ्नो लामो जीवनकालमा कलाका क्षेत्रमा असाधारण रूपमा प्रशंसा कमाए । उनका धेरै कलाकृति निकै बिकाउ र चर्चित बने ।
प्रश्न :
(अ) पाब्लो पिकासोले आफ्नो लक्ष्य प्राप्तिका लागि गर्नुपरेको सङ्घर्षको चर्चा गर्दै उनले कलाकारिताको क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गर्नुहोस् ।
(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
को बस्छ यस्तो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुटुन गन्हाउने, पिउन थाल्यो पानी गन्हाउने, रेल गन्हाउने, यो त ठाउँ नै गन्हाउने पो रहेछ । आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्दा पनि गन्हाउँदैनथ्यो, मलकै भारी बोक्दा पनि गनाउन्नथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ? भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर बरको चौतारीमा शीतल हावा खाएर सुतौँला नि । जमानसिह दाइ, हिँड तिमी पनि, जाऊँ आफ्नै घर, आफ्नै देश ।
प्रश्न :
(अ) 'घरको माया' एकाङ्कीमा देश प्रेमको भाव कसरी प्रकट भएको छ ? समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) मेरो देश मेरो पहिचान
(ख) स्वस्थ जीवनका लागि योग
(ग) सामाजिक सञ्जाल