Nepali Question Paper 2080 — Gandaki Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'GP'
gandaki
SEE 2080 (2024)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' शमन निसाफ घनघोर असमञ्जस
समूह 'ख' डर लाग्दो खराब नतिजा आचरण अदालती निर्णय शान्ति दोधारको अवस्था

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
आमाले पोल्टामा थैली लुकाएर राख्नु भएको थियो । थैलीमा पैसा पनि रहेछ । बाटोमा हिँड्दै गरेको एकजना बटुवा आमालाई भेट्न फेरि घर गयो । आमा त रिसले आगो हुनुभयो ।
(क) मार्गको पर्यायवाची शब्द ........... हो ।
(ख) पानीको विपरीतार्थी शब्द ......... हो ।
(ग) फेरीको श्रुतिसमभिन्नार्थी शब्द ....... हो ।
(घ) थैलोको लघुतावाची शब्द ............. हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : २
अल्छी गोरेलाई 'कौवालाई बेल पाक्यो हर्ष न विस्मात्' भन्दा पनि हुने जस्तै छ । ऊ काम नगरी खान पल्केको छ र उसलाई फटाफट काम गार भनेर आमाले भन्दा ऊ त सोफामा गएर थचक्क बस्न पो खोज्छ ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) पन्चकन्या (ii) पंचकन्या (iii) पञ्चकन्या (iv) पङ्चकन्या
(आ) (i) देवाधिदेव (ii) देवाधिदेब (iii) देवाधिदेव (iv) देबाधिदेब

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
शिक्षा मानिसलाई नैतिकवान्, सहिष्णु दक्ष र विवेकशिल बनाउन आवश्यकपर्नें भएकाले सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिनुपर्छ ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् : ३
हामीले विद्यालयतिर जाने क्रममा बाटोमा एक जना बुढालाई भेट्यौँ । लट्ठी टेकेर हिँड्दै गरेका ती बुढा मान्छे त निकै सज्जन पो रहेछन् ।

6.

दिइएको प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
पर्यटकको उपस्थितिले हाम्रो सामाजिक र सांस्कृतिक वातावरणमाथि प्रतिकूल प्रभाव पर्न र पार्न दिनुहुँदैन । यस अभियानमा हामी सबै जुटौँ । यो असल भावनाको विकसित रूप हो ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
मैले पूजाको थालीबाट सयपत्री र लालुपाते निकालेँ । त्यही समयमा डाँडामा घर भएका काका टुप्लुक्क आउनुभयो । उहाँले हामीलाई हात हातमा प्रसाद दिएर ससाना टीकासिका पनि लगाइदिनु भयो ।

7.

दिइएको अनुच्छेदलाई अज्ञात भूतकालमा परिवर्तन गर्नुहोस् : २
रमेश विदेशबाट घर फर्किने छ । आफ्नै खेतवारीमा आधुनिक कृषि पद्धतिअनुसार तरकारी खेती गर्ने छ । व्यावसायिक तरकारी खेतीबाट प्रशस्त आम्दानी गर्ने छ । स्वदेश फर्केर आफ्नै माटोमा सुन फलाउन सक्ने प्रेरणा दिने छ ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) आज्ञार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो भाइलाई परीक्षाको तयारीका बारेमा सल्लाह दिनुहोस् ।
(ख) दिइएको अनुच्छेदका स्त्रीलिङ्गी वाक्यलाई पुलिङ्गी वाक्यमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
ऊ काठमाडौँबाट पोखरा गइछ । उसले बाटामा थुप्रै मानिसहरू देखिछ । उसले आफूसँगै बसेको एकजनालाई साथी बनाइछ । उसले लैङ्गिक अधिकारका बारेमा कुरा गरिछ ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) आकाश गज्र्यो । ठुलो पानी पर्यो । (वाक्य संश्लेषण)
(ख) साथीहरू साँझैमा निदाएछन् । (भाववाच्य)
(ग) सोनी चेस खेल्ने छिन् । (प्रेरणार्थक)
(घ) गुरुले भन्नुभयो, "सबै विषयको परीक्षा राम्रो गर्नुपर्छ ।" (अप्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको जवाफ लेख्नुहोस् : ४
मलाई अब धेरै दिन बाँच्नुला जस्तो लागदैन । मैले जीवनमा हजुर प्रति धेरै अत्याचार गरेको छु । यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला । भाइका कुरा सुनेर मुरलीधरले वरँ आँसु भारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अड्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु भार्दँ भने, "विसेक हुन्छ बा हरेस नखाऊ ।"
प्रश्नहरू :
(क) 'मलाई अब धेरै दिन बाँच्नुला जस्तो लागदैन ।' यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'छातीमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'भाइका कुरा सुनेर मुरलीधरले वरँ आँसु भारे ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
विकास निर्माणमा शिक्षाको महत्त्वपूर्ण स्थान छ । त्यसैले हाम्रो शिक्षा कुन दर्शनबाट अभिप्रेरित छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । शासनसत्ताको क्षणिक लाभहानि हेरेर शिक्षाको उद्देश्यमा परिवर्तन गर्नु भनेको सार्थकताहीन गन्तव्यमा रुमलिनु जस्तै हो । वर्तमान युगको बदलिँदो सन्दर्भसँग शिक्षा पद्धतिलाई अनुकूल गर्दै लैजानु चुनौतीपूर्ण कार्य हो । परिवर्तित युगअनुरूप शिक्षाप्रणाली र सो प्रणालीसँग मिल्दोजुल्दो पाठ्यक्रम र पाठ्यपुस्तक विकास गर्नु आवश्यक हुन्छ । वैज्ञानिक खोजअनुसन्धानले संसार निकै साँघुरो भएको छ । एक ठाउँमा घटेका घटनाले विश्वको अर्को कुनामा बस्ने व्यक्तिलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले देशको आवश्यकतालाई परिवर्तित विश्व परिवेशसँग तालमेल मिलाउन सक्नु नै आजको अहम् सवाल भएको छ । शिक्षाले केवल जागिरे उत्पादन गर्ने र विश्वविद्यालयमा आर्जित ज्ञान कार्यक्षेत्रमा पुगेर विसर्जन गरिने शिक्षालाई सार्थकतापूर्ण मान्न सकिँदैन । किनकि शिक्षाले त युगबोध गर्ने, जीवनको पहिचान गर्ने, कर्मठ, युगद्रष्टा र परिवर्तनशील जनशक्ति उत्पादन गरी राष्ट्रनिर्माणमा सरिक हुने व्यक्तित्व उत्पादन गर्नुपर्छ ।
प्रश्नहरू :
(क) शिक्षा दर्शनसँग किन सम्बन्धित हुन्छ ?
(ख) कस्तो काम चुनौतीपूर्ण देखिएको छ ?
(ग) विश्व निकै साँघुरो भएको छ भन्ने कुराको प्रमाण के हो ?
(घ) कस्तो शिक्षा सार्थक हुँदैन ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधार एउटा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै गाउँमा एउटा ज्यादै लोभी मानिस बस्नु ............ कसैलाई पनि केही नदिनु ........ अरूसित मात्रै लिन खोज्नु ........ सधैँ गाउँघर डुलेर पेट भर्नु ........ गाउँलेहरू उसको व्यवहारबाट आजित हुनु ............ उसले देखेर पनि नदेखेभैँ गर्नु ........... एक दिन ऊ चिप्लेर गहिरो खाडलमा पर्नु ........... बाहिर आउन प्रयत्न गर्दा नसक्नु ........ हारगुहार गर्दै आफूलाई बाहिर निकाल्न अनुरोध गर्नु ............ एउटा व्यक्तिले उसको हात माग्नु ........ उसले आफ्नो हात नदिनु ........ एउटा अर्को व्यक्तिले आफ्नो हात दिएर समात्न भन्नु ...... ऊ हात समातेर बाहिर निस्कनु ............ सधैँ लिन मात्र होइन दिन पनि जान्नुपर्छ भन्ने सन्देश ।
(ख) 'वातावरण संरक्षण' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) कक्षा १० का विद्यार्थीहरूले शैक्षिक भ्रमणको व्यवस्था मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमूना तयार पार्नुहोस् ।
(ख) आफ्नो विद्यालयका विद्यार्थीहरूले तयार पारेको विज्ञान सामग्री प्रदर्शनी कार्यक्रमको समाचार तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा मात्र व्यक्तिको व्यक्तित्वको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कदैँ जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पढिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् । देवकोटाको देहवसानपछि वि.सं. २०२३ मा नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई मरणोपरान्त 'त्रिभुवन पुरस्कार' प्रदान गरी सम्मानित गऱ्यो । वि.सं. २०६५ मा त्रिमूर्ति निकेतनको संयोजनमा नेपाल सरकारले 'देवकोटा जन्म शताब्दी' भव्यरूपमा आयोजना गर्‍यो । त्रिभुवनमार्गमा मैतीदेवी स्थित देवकोटाको निवासलाई नेपाल सरकारले देवकोटा सङ्ग्रहालय बनाएर वि.सं. २०७९ असोज १४ देखि कार्यान्वयनमा ल्याइसकेको छ । देवकोटाको कृति र उनको कृतित्व विषयमा दर्जनौँ विद्यावारिधि अनुसन्धान भइसकेका छन् । महान् कवि एवम् विलक्षण प्रतिभाशाली देवकोटाले जनस्तरबाटै महाकविको पदवी पाए । उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् ।

16.

दिइएको प्रश्नको उत्तर दिनुहोस् : ४+४=८

(क) तलको कविताँश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
पहाड भन्छ पिसना पाए म स्वर्ग भुलाउँथेँ
तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँथेँ
के छ र गाह्रो होस्टेमा हैसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

प्रश्नहरू :
(अ) पहाडले किन पिसना खोजेको हो ?
(आ) श्रम र सिप स्वदेशमै लगाउँदा हुने फाइदा के के हुन् ?

(ख) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मेरो देशको शिक्षामा सर्वसुलभ रूपमा सूचना प्रविधिको पहुँच पुगोस् भन्ने लाग्छ । मेरो देशमा विज्ञान र प्रविधियुक्त शिक्षाको खाँचो छ । विज्ञान र प्रविधियुक्त शिक्षा नपुगेका गाउँठाउँमा त्यसको पहुँच सर्वसुलभ हुनु जरुरी छ । आजको युग सूचना र प्रविधिको युग हो । शिक्षामा सूचना प्रविधिले युगान्तकारी परिवर्तन ल्याइदिएको छ । ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादनमा जोड दिने शिक्षाको खाँचो छ । आज हामी मोबाइल एप्सबाट गाडी रोक्न, चढ्न र भाडा तिर्न सक्छौँ । जहाजको टिकट काट्न र तीर्थाटन गर्न, रेलको टिकट काट्न सक्छौँ । अनलाइन कारोबार गर्न सक्छौँ, अनलाइनबाटै बैङ्क खाता खोल्न र घरमै सामान मगाउन सक्छौँ । आज जागिरका विज्ञापन अनलाइनबाटै खुल्छन् । व्यापार व्यवसाय अनलाइनबाटै गरिन्छन् । घरमा उत्पादन गरेका कृषिजन्य वस्त अनलाइनबाटै बजारीकरण गरी आय वृद्धिमा सघाउ पुर्याउन सकिन्छ ।
प्रश्नहरू :
(अ) सूचना प्रविधिले के कस्ता क्षेत्रमा सहयोग पुर्याएको छ ?
(आ) देशीमा किन विज्ञान र प्रविधियुक्त शिक्षाको खाँचो छ ?

17.

नेपालको सन्दर्भमा आधुनिक चिकित्सा पद्धतिको विकल्पमा आयुर्वेदिक चिकित्सा पद्धि स्थापित गराउन सकिएला त ? तर्क दिई पुष्टि गर्नुहोस् : ४

18.

कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
    आदर्श नमूना मान्छे बन्दछन् विश्वमा तिनै ।
(ख) जुम्ति पसिना बहाउनु परे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
कृष्ण राय जुरमुरिँदै उठे, तवसम्म आक्रमणकारी भागिसकेको थियो । "मलाई कसले यसरी आक्रमण गर्यो होला ?" तिनी विचार गर्न थाले । "यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, भगडा फसादमा परिनँ ।" कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन । सबै तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । कृष्ण रायले विछ्यौनाबाट निहुरिकन त्यस टुक्रालाई टिपे, हेरेर गम्न थाले "को मेरो शत्रु हुन सक्छ ?"
प्रश्न :
(अ) कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि उनका मनमा उब्जिएका मानसिक उतारचढावलाई 'शत्रु' कथाका आधारमा समीक्षा गर्नुहोस् ।

(ख) दिइएको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
पाब्लो पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । सानो छँदा आमाले भनेका कुरा सम्झँदै एक पटक पिकासोले भनेका छन्, "मेरी आमाले भन्नुभएको थियो, यदि तिमी सिपाही बन्यौ भने जनरल हुने छौ, धर्मगुरु बन्यौ भने पोप हुने छौ" तर म आमाले भन्नुभएका मान्छेजत्तिकै लगनशील भएँ र पिकासो बनेँ ।
प्रश्न :
(अ) पिकासो कसरी संसारप्रसिद्ध कलाकार बन्न सफल भए ? समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) मेरो देश मेरो सर्वस्व
(ख) समावेशी शिक्षा
(ग) नेपालमा पर्यटनका सम्भावना