तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
हरेक गुरुका निम्ति शिष्य सवैभन्दा प्यारो हुन्छ । विद्यार्थीको भविष्य कसरी उज्जवल पार्न सकिन्छ भनेर उनीहरू प्रातःकालदेखि सायङ्कालसम्म हार नमानी खाटिनामा बसेर परिश्रम गरिरहेका हुन्छन् ।
(क) 'विद्यार्थी'को पर्यायवाची शब्द .............. हो ।
(ख) 'प्रातःकाल'को विपरीतार्थी शब्द .............. हो ।
(ग) अनेकार्थी शब्द ........... हो ।
(घ) 'खाट'को लघुतावाची शब्द ........... हो ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : २
विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए । त्यही बेला चुच्चे टुड्गो उही टुड्गो भन्ने सोच भएको जुरेली चरी आइपुग्यो । गुँडमा रहेका बच्चराहरू च्याँच्याँ गर्दै कराए । अरूको लाख आमाको काख भने भाँडै आमाको न्यायो पखेटाभित्र छिरेपछि भुसुक्क निदाए । यो दृश्यले उसको मनमा ढकमक्क फुल फुल्यो ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) वेचविखन (ii) वेचविखन (iii) वेचविखन (iv) वेचविखन
(आ) (i) प्रकाशपुन्ज (ii) प्रकाशपुंज (iii) प्रकाशपुइज (iv) प्रकाशपुञ्ज
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
आज दिदि भाइबहिनी सँग घर आउनुभयो । उहाँले बुबालाई आँप अनार र स्याउ दिनुभयो ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् : ३
वीर व्यक्ति वीर नै हुन्छ । कु खेलमा मात्र पोह्न पढाइमा र मर्ति भन्न सकिने व्यवहार गरेर प्रिय बनेको हुन्छ ।
दिइएको प्रश्नका उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय समेत बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
निराश मनले होइन, उत्साहका साथ गाउँलेले तन्कासीन परिस्थितिहरू झेल्दछ गरे । उनीहरूले नेपालको राष्ट्रिय गरिमा उचाइमा पुर्याउन अफ्ना इच्छा शक्ति गरे ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, त्यस विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्विन्व भनर इनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
चौबाटोमा बसेर गफसफ गर्दै दिन कटाउने र कसैका सरसफाइ नसम्म ठुलो दाइ पनि आज भोलि घर घरका दैलामा पुगेर छुच्छुमैचिन्दु कृपापात्र नवनी कामकाजमा लाग्न प्रेरणा दिइरहेका छन् ।
दिइएको अनुच्छेदलाई पूर्ण भविष्यत्कालमा परिवर्तन गर्नुहोस् : २
हामी शिवपुरी क्षेत्रमा वनभोज जादै थियो । सबै साथीहरू रमाइलो गरे नाच्दै थिए । म खाना पकाउदै थिएँ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा बहिनीलाई सकारात्मक सल्लाह प्रदान गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई स्त्रीलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
शिक्षकले व्याकरण पढाउनुभयो । छात्रहरू पल्टिङ बसेर गरे गर्दै थिए नाचे बेला एक जना छात्र चिच्याउयो । उसले आफूलाई नियन्त्रण गर्न सकेन ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) एक हप्ता पढेपछि म घर फर्केन्छु । (वाक्य विश्लेषण)
(ख) रामले रावण मारे । (कर्मवाच्य)
(ग) सरोज हिमाल चढ्नेछ । (प्रेरणार्थक)
(घ) कृष्णले आफू घर जाने कुरा बताउयो । (प्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ४
एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर मेड्निजन इन्टर दम्पतीको थियो । घरमा दम्पती मात्रै थिए । दुई भाइ छोरा देशभित्र फरागिलो कम्पाउन्ड र बगैचा । साहेड दुईनले घर नी दम्पतीजस्तु घर सकस थियो । बगैचामा चल्ने मिहिनेती हातको खाचो थियो । अनलाइन कौसीमा जतातनै चल्ने छरिता पैनालाको आवश्यकता थियो । समग्रमा टुम्लु
गाव गाव पारिदिन कामदारको आवश्यकता थियो । हाम्रा अफिसमा दखर्ने र अरू महिला कामदारलाई प्राथमिकता दिएका थिए । पारिवारिक विवरण उनीहरू खुसी भएका थिए । शन्तमायाले विवरण सुन दिइरहेक साफ पान तजसम्म त्यही घरमा काम गर्न थालेकी थिइन् । उनी पनि उम्मिन उपलब्ध सगाको पारिश्रमिकमा खुसी थिइन् ।
प्रश्नहरू :
(क) एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । यस वाक्यलाई व्याकरण पद्धनहास ।
(ख) रसाङ्कित 'भान्छामा' शब्दको कारक र विभक्ति पहिचान गर्नुहोस् ।
(ग) 'उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए ।' यस वाक्यरहेको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'उनीहरू शन्तमायाको व्यक्तिगत विवरण हेरेर खुसी भए ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
हिमाली प्रदेशमा विपम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमिका कारण जनसङ्ख्या पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइँसराइ गनाले त्यहाँको जनसङ्ख्या घट्दो क्रममा छ । त्यहाँ जनशक्ति अभावका कारण आर्थिक गतिविधिले गति लिन सकेको छैन । हिमाली प्रदेशमा छरिएका र पातलो बस्तीका कारण पूर्वाधार विकास खर्चिलो हुन्छ । पहाडी प्रदेशमा पनि कठिन भूगोलको उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेजस्तो कमजोर भूगोलका कारणले सडकलगायतका पूर्वाधारहरू छिटो छिटो भिग्ने मरम्मतसम्भारमा अत्याधिक खर्च हुने, पहाडबाट तराई र सहरतर्फ बसाइँसराइ नीव तीव्म भएकाले खेतवारीहरू बाँझो हुन थालेका र एकल परिवारको सरचना वृद्धि भएका कारण जमिनहरू टुक्रिन थालेका छन् । युवा र सक्रिय जनशक्ति गाउँबाट बाहिरिने क्रम वढेकाले आश्रित जनसङ्ख्याको बहुलता वद्दन थालेको छ । तराईमा हिमाली र पहाडी क्षेत्रबाट बसाइँसराइ गरी आउने दर नीव रहेकाले जनसङ्ख्या वृद्धि पनि नीव छ । यसले वस्ती व्यवस्थापन पर्यावरण सरक्षण र रोजगारीमा चुनौतीहरू थपिएका छन् ।
प्रश्नहरू :
(क) हिमाली प्रदेशमा जनसङ्ख्या किन पातलो छ ?
(ख) हिमाली प्रदेशमा आर्थिक गतिविधिले गति लिन नसक्नुको कारण के हो ?
(ग) आश्रित जनसङ्ख्याको वृद्धि कसरी हुँदै गाएको छ ?
(घ) बसाइँसराइ गरी आउनाले केकस्ता चुनौती बढ्दै छन् ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत दिनुहोस् :
नाम : नारायण गोपाल गुरुवायु
जन्म मिति : वि.स.१९९५, वैशाख १८ गते
जन्मस्थान : विलासपुर, वाराणसी
माता/पिता : रामदेवी गुरुवायु तथा गोपाल गुरुवायु
पर्वत :
– लता मंगेश्कर, मदनमोहन, शंकर जैसा संगीत मार्गदर्शन मानूगीतिविद्यि साधणाणि पारम्परिक शिक्षासंगे सङ्गीत सिकेका र वि.स. २०१२ मा राष्ट्रिय गायन थाले
– वि.स. ३०वर्षपछि भारतबाट शास्त्रीय सङ्गीतमा स्नातवोत्तर गरेका
– उन्नत स्वरका धनी सवैभन्दा सफल र ख्यातिप्राप्त नेपाली गायक
– करिब एक सय द्वितीय नेपाली गीत गाएका र स्वर समाटका उपाध्यक्ष सम्मानित
सम्मान तथा पुरस्कार : सर्वोत्कृष्ट गायक पुरस्कार (२०२४), सर्वोत्कृष्ट सङ्गीतकार पुरस्कार (२०३३), गोरखा दक्षिणबाहु (तेस्रो २०३९), इन्द्रराज्य लक्ष्मी पुरस्कार (२०४०), जगदम्बाश्री पुरस्कार, विश्वविलपट्ट तथा मरणापरान्त २०४८
मृत्यु : वि.स. २०४७ माङ्सिर १९
(ख) छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरूको सूचीमा आफ्नो नाम छनोट भएको जानकारी पाएपछि मनमा लागेका कुराहरू समेटी मनोवाद तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी पठाउएका जानकारी दिदै चिठी लेख्नुहोस् ।
(ख) तपाईंको दाइको विवाहमा आफन्तलाई दिइने निमन्त्रणा पत्रको नमूना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
मलाई मेरो देशको शिक्षा सर्वसुलभ रूपमा सूचना प्रविधिको पहुँच पुगोस भन्ने लाग्छ । मेरो देशमा विज्ञान र प्रविधियुक्त शिक्षाको थप खाँचो छ । विज्ञान र प्रविधियुक्त शिक्षा नपुगेका गाउँ ठाउँमा त्यसको पहुँच सर्वसुलभ हुन जरूरी छ । आजको युग सूचना र प्रविधिको युग हो । शिक्षामा सूचना र प्रविधिले युगान्तकारी परिवर्तन ल्याइदिएका छ । ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादनमा जोड दिन शिक्षाको खाँचो छ । आज हामी मोबाइल एप्सबाट गाडी रोक्न, चढ्न र भाडा तिर्न सक्छौँ । जहाजका टिकट काट्न र तीर्थाटन गर्न रेलको टिकट काट्न सक्छौँ । अनलाइन कारोबार सक्छौँ, अनलाइनबाटै बैङ्क खाता खोल्न र घरमै सामान मगाउन सक्छौँ । देश जागिरको विज्ञापन अनलाइनबाटै खुल्छन् । व्यापार व्यवसाय अनलाइनबाटै गरिन्छ–
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हित काम गरे । आफ्नो अव्वलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । उनका चेला आज पनि उनी जस्तो गिठेर प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपालीभाषालाई पठनपाठनमा अनिवार्य रूपमा लागू गर्ने गराउने कार्यमा उनकै विशेष पहलकदमी रह्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय सनग्न भाएर सस्थागत रूपमा साहित्य र सस्कृतिको विकासको ढोका खोल्ने कोषमा उनको योगदान चिरस्मरणीय रहेकै छ । त्रिभुवन विश्वविद्यालय कहाँ रहन्ने भन्ने नियन्त्रण पनि उनीबाटै भयो । उनी एक यस्ता मोती हुन् जसले जुन क्षेत्रलाई स्पर्श गर त्यस क्षेत्रलाई भन्न भन्न नसक्नुहुँदैन । ५० ११०
दिइएको प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यो मेरो देशको सुदूर पूर्वको गाउँ
यो मेरो देशको सुदूर पश्चिमको गाउँ
छिरमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा गोरु नारेर तन्नेरी हुन्छ
र वेग्लावेग्लै मान्छेका ओठहरू भाएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हताहरिरहन्छ ।
प्रश्नहरू :
(अ) कविताशमा कस्तो परिवेशको चित्रण गरिएको छ ?
(आ) कविताशमा केटाकेटी र तन्नेरीले गर्ने काम के के हुन् ?
(ख) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कला मार्फत वन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दर्गी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भित्खाँगी, जेलमा चुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो
र मी पक्तिना भित्री वेदनी, पी
उम्र विचारक हुन्थे । लाग मम र मिन्यर
प्रश्नहरू :
(क) पिकासोले कलालाई कुन रूपमा प्रस्तुत गर्न उहाँ गर्नुका छन् ?
(ख) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तु र केकस्ता पक्षहरू समेटिएका छन् ? (३)
'यस्तो किहिलैँ नहोस्' मनोवादका पा सुकमानका ठाउँमा तपाई हुनुभएको भए के गर्नुहुन्थ्यो ? तर्क दिनुहोस् : ४
कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) मनै पखाइको पछिल्तिर मेरा मति सपना पखिरहेछन्, इच्छा र अभिलाषा पखिरहेछन् ।
(ख) क्रुर अज्ञानी पशु हुनाले बोला मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान हुनाव बहुतोका विचार गरेर आफैँ पनि जानुपर्छ ।
कुनै एक प्रश्नको समिक्षात्मक उत्तर दिनुहोस् : ३
(क) दिइएको कविताँश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
नेपाल बाँचे नेपाली हाम्रो गौरव बाच्ने छ
नेपाली भाषा सस्कृति कला साहित्य बाँच्ने छ
यसैले आऊ नेपाललाई बलियो बनाऊ
नेपाली हाम्रो श्रम र सिप स्वदेश मै लगाऊँ ।
प्रश्न :
(अ) कविले नेपाललाई समुन्नत बनाउन के कस्तो आग्रह गरेका छन् ? समीक्षात्मक उत्तर दिनुहोस् ।
(ख) तलको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष हुनाका साथै यसको लोकप्रियता दिनानुदिन बढ्दै गाएको हुँदा यसको वर्तमान सुन्दर र भविष्य उज्यालो देखिन्छ । यसमा पञ्चकर्मै आयुर्वेदको महत्त्वपूर्ण उपचार प्रक्रिया हो । शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ ।
प्रश्न :
(अ) आयुर्वेद चिकित्साको महत्त्व उल्लेख गर्दै यसको लोकप्रियता किन दिनानुदिन बढ्दै गाएको छ ? चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पाठका आधारमा विवेचना गर्नुहोस् ।
कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) प्राविधिक शिक्षाको महत्त्व
(ख) नेपालमा पर्यटन व्यवसाय
(ग) राष्ट्रप्रति मेरो कर्तव्य