तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
Give very short answer to the following questions:
परिवर्तनशील लागत भनेको के हो ?
What is variable cost?
यदि कुनै वस्तुको तेस्रो र चौथो एकाइ बिक्री गर्दा कुल आय क्रमशः रू.२० र रू.२५ प्राप्त हुन्छ भने चौथौं एकाइको बिक्रीबाट प्राप्त हुने सीमान्त आय केति हो ?
If the 3rd and 4th units of a good generates revenues of 20 and 25 rupees, what is the marginal revenue from the sale of the 4th unit?
कुन बजारमा ग्राहकलाई उक्त बजारको पूर्ण ज्ञान हुन्छ ?
In which market do consumers have perfect knowledge about it?
व्याज शास्त्रीय सिद्धान्तमा व्याजदर कसरी निर्धारण गरिन्छ ?
According to the classical theory of interest, how is rate of interest determined?
वस्तु विनिमय प्रणाली भनेको के हो ?
What is barter system?
मुद्राका प्राथमिक कार्यहरू के के हुन् ?
What are the primary function of money?
नेपालको आर्थिक विकासका लागि सरकारी खर्चको कुनै दुई महत्त्व लेख्नुहोस् ।
Write any two importance of government expenditure in the economic development of Nepal.
नेपालको अर्थ व्यवस्थाका कुनै दुई विशेषता लेख्नुहोस् ।
Write down any two characteristics of Nepalese economy.
साफ्टाको पूरा रूप लेख्नुहोस् ।
Write the full form of SAFTA.
नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि (WTO) विश्वव्यापार सङ्गठनको सदस्यता किन महत्त्वपूर्ण हुन्छ ?
Why is membership of WTO important to the land locked country like Nepal?
नमुना छनोट विधि भनेको के हो ?
What is sampling method?
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
Give short answer to the following questions:
दिइएको तालिका पूरा गरी तिनका आधारमा औषत लागत र सीमान्त लागत बक्रेखा रचना गरी एउटै चित्रमा देखाउनुहोस् :
Complete the following table and draw AC and MC curves:
| परिमाण (Q) | कुल लागत (TC) (in Rs.) | औषत लागत (AC) (in Rs.) | सीमान्त लागत (MC) (in Rs.) |
| 1 | 15 | ||
| 2 | 28 | ||
| 3 | 39 | ||
| 4 | 52 | ||
| 5 | 70 | ||
| 6 | 96 |
पूर्ण प्रतिस्पर्धात्मक बजारमा कसरी सन्तुलित मूल्य निर्धारण हुन्छ ? चित्रको मदतले वर्णन गर्नुहोस् ।
How equilibrium price is determined under perfect competition market? Explain with the help of a diagram.
रिकार्डोको लगान सिद्धान्तलाई तालिका र रेखाचित्रका सहायताले व्याख्या गर्नुहोस् ।
Explain the Ricardian theory of rent with the help of a table and a diagram.
अथवा (Or)
मौद्रिक र वास्तविक ज्यालाबिच भिन्नता छुट्याउनुहोस् ।
Differentiate between nominal and real wage.
आर्थिक विकास र आर्थिक वृद्धिबिच पाँचओटा भिन्नता छुट्याउनुहोस् ।
Differentiate between economic development and economic growth with five points.
अथवा (Or)
आर्थिक विकासका सूचकहरूलाई उल्लेख गर्नुहोस् ।
Mention the indicators of economic development.
हाम्रो देश नेपालका लागि संरक्षण व्यापार नीति कसरी लाभदायी हुनसक्छ ? स्पष्ट पार्नुहोस् ।
Clarify how protection trade policy can be beneficial for the country Nepal.
नेपालको वर्तमान सोह्रौं केन्द्रीय योजना (2081/82 - 2085/86) को रणनीतिहरू वर्णन गर्नुहोस् ।
Describe the strategies of the current sixteenth central plan (2081/82 - 2085/86) of Nepal.
तथ्याङ्कशास्त्र भनेको के हो ? यसका कुनै चारओटा सीमा उल्लेख गर्नुहोस् ।
What is statistics? Describe any four limitations of statistics.
तलको तथ्याङ्कलाई वृत्तचित्रमा देखाउनुहोस् :
Show the following data in a pie-chart:
| लागत शीर्षक Cost Heading | ज्याला Wages | सिमेन्ट Cement | फलाम Iron | काठ Wood | विविध Miscellaneous |
| लागत रू. Cost (Rs.) | 600 | 800 | 400 | 300 | 150 |
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
Give long answer to the following questions:
नेपाल राष्ट्र बैङ्कले केन्द्रीय बैङ्कको रूपमा रहेर नेपालको आर्थिक विकासमा कस्ता प्रकारका कार्यहरू गरिरहेको छ ? व्याख्या गर्नुहोस् ।
How the Nepal Rastriya Bank, as the central Bank is functioning in the economic development of Nepal? Explain
नेपालमा केन्द्रीय बजेट निर्माण प्रक्रियाबारे व्याख्या गर्नुहोस् ।
Explain about the central budget formulation process in Nepal.
तलको तालिकाबाट मध्यिका र बहुलक पत्ता लगाउनुहोस् :
Calculate median and mode from the following table:
| ज्याला प्रतिघण्टा Wage per hour | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 |
| कामदारको सङ्ख्या No. of workers | 30 | 40 | 50 | 30 | 10 |
अथवा (Or)
तलको तथ्याङ्कबाट वि.सं. 2081 लाई आधार वर्षका रूपमा लिएर वि.सं. 2083 का लागि लेस्पेयर र पास्चेको मूल्य सूचकाङ्क गणना गर्नुहोस् ।
Construct Laspeyre's and Paasche's price index from the given data of base year 2081 for the current year 2083.
| वस्तुहरू Goods | आधार वर्ष २०८१ Base Year 2081 | चालु वर्ष २०८३ Current year 2083 | ||
| मूल्य Price (Rs.) | परिमाण Quantity (Kg.) | मूल्य रू. Price (Rs.) | परिमाण Quantity (Kg.) | |
| धान (Paddy) | 8 | 5 | 10 | 8 |
| मकै (Maize) | 6 | 4 | 8 | 6 |
| गहुँ (Wheat) | 4 | 3 | 6 | 5 |
| फापर (Buckwheat) | 3 | 2 | 4 | 3 |