SEE Economics Question Paper 2082 Set A

Views: ...

Symbol No ................
RE-2011'A'
SEE 2082 (2026)
ऐच्छिक प्रथम अर्थशास्त्र
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
Section "A"

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
Give very short answer to the following questions:

(११×१=११)
1.

कुल लागत भनेको के हो ?
What is total cost?

2.

यदि कुनै वस्तुका 40 एकाइ बिक्री गर्दा कुल आय रू.12,000 प्राप्त हुन्छ भने वस्तुको औषत आय पत्ता लगाउनुहोस् ।
If the total revenue by selling 40 units of a commodity is Rs.12,000 find the average revenue.

3.

पूर्ण प्रतिस्पर्धा बजार भनेको के हो ?
What is perfect competition market?

4.

उत्पादनका कुनै दुई साधन उल्लेख गर्नुहोस् ।
Mention any two factors of production.

5.

वस्तु विनिमय प्रणालीका कुनै दुई कठिनाइ उल्लेख गर्नुहोस् ।
Mention any two difficulties of barter system.

6.

आर्थिक विकासमा बैङ्किङ प्रणालीका कुनै दुई भूमिका लेख्नुहोस् ।
Write down any two roles of banking system in the economic development.

7.

प्रगतिशील कर प्रणाली भनेको के हो ?
What is progressive tax system?

8.

नेपालको अर्थ व्यवस्थाका कुनै दुई विशेषता लेख्नुहोस् ।
Write down any two features of Nepalese economy.

9.

संरक्षण व्यापार नीतिका कुनै दुई फाइदा लेख्नुहोस् ।
Write down any two advantages of protection trade policy.

10.

नेपालका लागि साफ्टाका कुनै दुई चुनौती के के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।
What can be any two challenges of SAFTA to Nepal? Mention them.

11.

तथ्याङ्क सङ्कलनका मुख्य दुई विधि लेख्नुहोस् ।
Write down the main two methods of data collection.

Section "B"

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
Give short answer to the following questions:

(८×५=४०)
12.

दिइएको तालिका पूरा गरी औषत आय र सीमान्त आय बक्ररेखाहरू खिच्नुहोस् :
Complete the following table and draw AR and MR curves:

परिमाण (Q)मूल्य (P)कुल आय (TR)औषत आय (AR)सीमान्त आय (MR)
110
29
38
47
56
65
74

13.

एकाधिकार बजारमा मूल्य निर्धारण कसरी हुन्छ ? चित्रको सहायताले व्याख्या गर्नुहोस् ।
How is price determined under monopoly market? Explain with the help of a diagram.

14.

रिकार्डोको लगान सिद्धान्त व्याख्या गर्नुहोस् ।
Explain the Ricardian theory of rent.
अथवा (Or)
व्याजको शास्त्रीय सिद्धान्त व्याख्या गर्नुहोस् ।
Explain the classical theory of interest.

15.

आर्थिक विकासका सूचकहरू के के हुन् ? सङ्क्षेपमा वर्णन गर्नुहोस् ।
What are the indicators of economic development? Describe in brief.
अथवा (Or)
आर्थिक विकासको मार्क्सवादी सिद्धान्तलाई व्याख्या गर्नुहोस् ।
Explain the Marxist theory of Economic Development.

16.

“नेपालको औद्योगिक विकासका लागि संरक्षण नीति आवश्यक छ ।” यो भनाइलाई कुनै पाँच बुँदामा पुष्टि गर्नुहोस् ।
"Protection policy is essential for the industrial development of Nepal" Justify this statement in any five points.

17.

आर्थिक योजनाका कुनै पाँच अङ्गको चर्चा गर्नुहोस् ।
Discuss any five components of economic plan.

18.

तथ्याङ्कशास्त्रका सीमाहरू उल्लेख गर्नुहोस् ।
Mention the limitations of statistics.

19.

तलको तालिकाबाट बहुगुणी स्तम्भ चित्र रचना गर्नुहोस् :
Construct the multiple bar diagram from the following table:

वर्ष (वि.स.)
Year (B.S.)
धान (क्विन्टलमा)
Paddy (in quintals)
मकै (क्विन्टलमा)
Maize (in quintals)
गहुँ (क्विन्टलमा)
Wheat (in quintals)
20756010080
207680140100
2077100180120

Section "C"

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
Give long answer to the following questions:

(३×८=२४)
20.

केन्द्रीय बैङ्कको परिचय दिनुहोस् र नेपालको सन्दर्भमा यसका कार्यहरूको वर्णन गर्नुहोस् ।
Introduce central bank and describe its functions in the context of Nepal.

21.

सरकारी आयका स्रोतहरू पहिचान गरी तिनीहरूलाई छोटकरीमा वर्णन गर्नुहोस् ।
Identify the sources of government revenue and describe them in brief.

22.

तलको तालिकाबाट मध्यक र बहुलक पत्ता लगाउनुहोस् :
Find out the mean and mode from the following table:

प्राप्ताङ्क
Marks
0 - 2020 - 4040 - 6060 - 8080 - 100
विद्यार्थी सङ्ख्या
No. of students
6101683


अथवा (Or)

तलको तथ्याङ्कबाट सन् 2020 लाई आधार वर्ष मानी सन् 2024 को लागि लेस्पेयर र पास्चेको मूल्य सूचकाङ्क गणना गर्नुहोस् :
Compute Laspeyre's and Paasche's price index number from the following data for the year 2024 by taking 2020 as the base year:

वस्तुहरू
Goods
आधार वर्ष २०२०
Base Year 2020
चालु वर्ष २०२४
Current year 2024
मूल्य रू.
Price (Rs.)
परिमाण
Quantity (Kg.)
मूल्य रू.
Price (Rs.)
परिमाण
Quantity (Kg.)
A10151525
B15202030
C20252535
D10151520