तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
Give very short answer to the following questions:
सीमान्त लागत वक्ररेखा किन U आकारको हुन्छ ?
Why is the shape of marginal cost curve like U?
यदि १५ ओटा वस्तुको उत्पादन लागत (कूल लागत) रु.३०० पर्छ भने त्यसको औसत लागत पत्ता लगाउनुहोस् ।
If the total cost by producing 15 units of commodity is Rs. 300, find the average cost.
एकाधिकार वजारमा फर्म सन्तुलन हुनका लागि आवश्यक पर्ने दुई सर्त के के हुन् ?
What are the two conditions necessary for a firm to be in equilibrium in a monopoly market?
व्याजको शास्त्रीय सिद्धान्तअनुसार सन्तुलित ब्याजदर कसरी निर्धारण हुन्छ ?
According to classical theory of interest, how is the equilibrium rate of interest determined?
वस्तु विनिमयलाई परिभाषित गर्नुहोस् ।
Define Barter System.
पूँजीवजारको कुनै एक विशेषता लेख्नुहोस् ।
Write down any one feature of capital market.
कर भनेको के हो ?
What is tax?
आर्थिक विकासको शास्त्रीय सिद्धान्तका प्रतिपादक को हुन् ?
Who is the propounder of classical theory of economic development?
SAFTA को पूरा रूप के हो ?
Write the full form of SAFTA.
नेपालले निर्यात गर्ने कुनै दुई वस्तुको नाम लेख्नुहोस् ।
Write the name of any two items that Nepal exports.
अर्थशास्त्रमा तथ्याङ्क शास्त्रको कुनै दुई महत्त्व लेख्नुहोस् ।
Write any two importance of statistics in economics.
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
Give short answer to the following questions:
तालिकानाई पूरा गरी औसत आय र सीमान्त आय बक्रेखा एउटै चित्रमा रचना गर्नुहोस् :
Complete the table and draw AR and MR curves in single diagram.
| परिमाण (Q) | कुल आय (TR) | औसत आय (AR) | सीमान्त आय (MR) |
| 1 | 20 | ||
| 2 | 35 | ||
| 3 | 45 | ||
| 4 | 50 | ||
| 5 | 50 | ||
| 6 | 45 |
तालिकाका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :
Answer the following questions according to the table:
| बजार मूल्य रु. प्रति के.जी. (Market price Rs. (kg) | बजार माग (के.जी) (Market Demand (kg) | बजार पूर्ति (के.जी.) (Market supply (kg) |
| 5 | 10 | 2 |
| 10 | 8 | 4 |
| 15 | 6 | 6 |
| 20 | 4 | 8 |
| 25 | 2 | 10 |
(i) बजार माग र पूर्ति बक्र खिच्नुहोस् ।
Draw market demand and supply curve.
(ii) सन्तुलित मूल्य र परिमाण पत्ता लगाउनुहोस् ।
Find equilibrium price and quantity.
(iii) बजार मूल्यको माग र पूर्तिसँगको सम्बन्ध लेख्नुहोस् ।
Write the relationship of price with demand and supply.
व्याजको शास्त्रीय सिद्धान्त व्याख्या गर्नुहोस् ।
Explain the classical theory of interest
अथवा (Or)
नाफाको अनिश्चिततावहन सिद्धान्त व्याख्या गर्नुहोस् ।
Explain the uncertainty bearing theory of profit.
आर्थिक विकासको शास्त्रीय सिद्धान्त वर्णन गर्नुहोस् ।
Describe the classical theory of economic development.
अथवा (Or)
आर्थिक विकास र आर्थिक वृद्धिविच कुनै पाँचओटा भिन्नता देखाउनुहोस् ।
Show any five differences between economic development and economic growth.
नेपालको सन्दर्भमा स्वतन्त्र व्यापारका पाँच फाइदाको वर्णन गर्नुहोस् ।
Describe any five advantages of free trade in the context of Nepal.
नेपालमा आर्थिक योजनाको महत्त्व माथि प्रकाश पर्नुहोस् ।
Highlight on the importance of economic planning in Nepal.
तथ्याङ्कको वर्गीकरणको प्रयोजनलाई छोटकरीमा वर्णन गर्नुहोस् ।
Describe, in brief, the use of classification of data.
तलको तथ्याङ्कबाट बहुगुणी स्तम्भ चित्र रचना गर्नुहोस् ।
Construct a Multiple Bar Diagram from the following data.
| वर्ष (वि.सं.) Year (B.S.) | धान (क्वि.) Paddy (Qu.) | मकै (क्वि.) Maize (Qu.) | गहुँ (क्वि.) Wheat (Qu.) |
| 2078 | 50 | 40 | 30 |
| 2079 | 30 | 20 | 40 |
| 2080 | 40 | 50 | 20 |
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
Give long answer to the following questions:
वाणिज्य बैङ्क भनेको के हो ? यसका मुख्य कार्यको वर्णन गर्नुहोस् ।
What is commercial bank? Explain its major functions.
प्रत्यक्ष कर र अप्रत्यक्ष करको परिचय दिई कुनै छओटा भिन्नता लेख्नुहोस् ।
Introduce direct tax and indirect tax and write down any six differences between them.
तलको तथ्याङ्कबाट मध्यक र मध्यिका गणना गर्नुहोस् :
Calculate mean and median from the following data.
| X | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 |
| f | 5 | 7 | 4 | 6 | 3 |
वा (Or)
दिइएको आकडाबाट लेस्पियर र पास्चेको विधि प्रयोग गरी चालु वर्ष २०८० को मूल्य सूचकाङ्क निर्माण गर्नुहोस् ।
Construct price index for the current year 2080 using Laspeyere's and Paasche's method from given data.
| वस्तुहरू (Goods) | आधार वर्ष 2078 (Base Year 2078) | चालु वर्ष 2080 (Current year 2080) | ||
| मूल्य (Price) | परिमाण (Quantity) | मूल्य (Price) | परिमाण (Quantity) | |
| धान (Paddy) | 30 | 10 | 30 | 20 |
| मकै (Maize) | 20 | 20 | 15 | 25 |
| गहुँ (Wheat) | 40 | 30 | 20 | 30 |