तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
Give very short answer to the following questions:
कुन बजारमा AR र MR बराबर हुन्छ ?
In which market is AR equal to MR?
कुनै एउटा किसानले १५ के.जी. काउली उत्पादन गर्दा कुल लागत रु.४५० पर्छ भने काउलीको औसत लागत कति हुन्छ ?
The total cost of a farmer producing 15 kg cauliflower is Rs. 450. What is the average cost of the production of cauliflower?
स्थानीय बजार भनेको के हो ?
What is local market?
कस्तो प्रकारका भूमिलाई सीमान्त भूमि भनिन्छ ?
What type of land is called marginal land?
नेपालको पहिलो वाणिज्य बैङ्कको नाम र स्थापना मिति लेख्नुहोस् ।
Write down the name of first commercial bank of Nepal and its establishment date.
साखक/साधनहरूको कुनै दुई महत्त्व लेख्नुहोस् ।
Write any two importance of credit instruments.
मूल्य अभिवृद्धि कर र भन्सार कर कुन प्रकारका कर हुन् ?
What type of taxes are value added tax and custom tax?
आर्थिक विकासका कुनै दुई सूचकाङ्क लेख्नुहोस् ।
Write any two indicators of economic development.
WTO को पूरा रूप लेख्नुहोस् ।
Write the full form of WTO.
संरक्षण व्यापार नीतिबाट नेपालले लिनसक्ने कुनै दुईओटा फाइदा उल्लेख गर्नुहोस् ।
Mention any two advantages that Nepal benefits from protection trade policy.
तथ्याङ्कको वर्गीकरण गर्ने कुनै दुईओटा विधि उल्लेख गर्नुहोस् ।
Mention any two methods of classification of data.
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
Give short answer to the following questions:
दिइएको तालिका पूरा गर्नुहोस् र औसत आय र सीमान्त आय वक्ररेखा रचना गरी दुईटै चित्रमा देखाउनुहोस् ।
Complete the table given below, and draw average revenue and marginal revenue curves in a single diagram.
| वस्तुको बिक्री परिमाण (Quantity sold) | कुल आय (TR) | औसत आय (AR) | सीमान्त आय (MR) |
| 1 | 20 | ||
| 2 | 36 | ||
| 3 | 48 | ||
| 4 | 56 | ||
| 5 | 60 | ||
| 6 | 60 | ||
| 7 | 56 |
दिइएको चित्रबाट निम्न प्रश्नको उत्तर दिनुहोस् :
Answer the following questions from the given figure.
(i) सन्तुलित मूल्य र सन्तुलित परिमाण पत्ता लगाउनुहोस् ।
Find equilibrium price and equilibrium quantity.
(ii) माग र पूर्तिको अवस्थालाई मूल्य रु. २० मा तुलना गर्नुहोस् ।
Compare the condition of demand and supply at price Rs. 20.
(iii) वजार माग वक्ररेखा (DD) र वजारपूर्ति वक्ररेखा (SS) का भुकाव क्रमशः ऋणात्मक र धनात्मक हुनुका कारण लेख्नुहोस् ।
Write down the reason for negative and positive slope of market demand and market supply curves respectively.
जीविकाको निर्वाह सिद्धान्त व्याख्या गर्नुहोस् ।
Explain the subsistence theory of wage.
अथवा (Or)
व्याजको परिभाषा लेख्नुहोस् । कुल व्याजमा समावेश हुने तत्व वर्णन गर्नुहोस् ।
Write the definition of interest. Describe the elements of gross interest.
लेविसको श्रमको असीमित पूर्तिको सिद्धान्त व्याख्या गर्नुहोस् ।
Explain the Lewis' theory of Unlimited Supply of Labor.
अथवा (Or)
नेपालको अर्थव्यवस्थाका कुनै पाँचओटा विशेषताको व्याख्या गर्नुहोस् ।
Explain any five features of Nepalese economy.
अन्तर्राष्ट्रिय व्यापार भनेको के हो ? नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय व्यापारको महत्त्वमाथि प्रकाश पार्नुहोस् ।
What is international trade? Highlight the importance of international trade in the context of Nepal.
नेपालमा आर्थिक योजनाका कुनै पाँचओटा महत्त्वबारे स्पष्ट पार्नुहोस् ।
Clarify any five importance of economic planning in Nepal.
तथ्याङ्क शास्त्रका कुनै पाँच कार्य उल्लेख गर्नुहोस् ।
Mention any five functions of statistics.
तलको तथ्याङ्कलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस् :
Represent the given data in Pie-chart
| वस्तु (Commodity) | व्याउ (Mushroom) | गोलभेंडा (Tomato) | बोडी (Bean) | भण्टा (Brinjal) | आलु (Potato) |
| मूल्य/के.जी. price/kg | 90 | 40 | 80 | 60 | 30 |
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
Give long answer to the following questions:
मुद्राको परिचय दिई यसका ६ मुख्य कार्यको छोटकरीमा वर्णन गर्नुहोस् ।
Introduce money and describe its six functions in brief.
नेपालको सन्दर्भमा सार्वजनिक खर्चको वर्गीकरण गरी वर्णन गर्नुहोस् ।
Classify and describe the public expenditure in the context of Nepal.
तलको तालिकाबाट मध्यक र मध्यिकाको गणना गर्नुहोस् :
Calculate Mean and median from the data given below.
| वर्गान्तर (Class interval) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 |
| पारम्पारता (Frequency) | 3 | 5 | 10 | 12 | 8 | 2 |
वा (Or)
तलको तथ्याङ्कबाट सन् 2022 लाई आधार वर्षका रूपमा लिएर सन् 2024 को लागि लेस्पेयर र पास्चेको मूल्य सूचकाङ्कहरू गणना गर्नुहोस् ।
Construct Laspeyre's and Paasche's price index from the following data for the year 2024 by taking 2022 as the base year.
| वस्तुहरू (Goods) | आधार वर्ष 2022 (Base year 2022) | चालु वर्ष 2024 (Current year 2024) | ||
| मूल्य (Price) | परिमाण (Quantity) | मूल्य (Price) | परिमाण (Quantity) | |
| भोला (Bag) | 10 | 2 | 28 | 15 |
| किताब (Books) | 8 | 10 | 10 | 15 |
| कापी (Copy) | 5 | 8 | 8 | 12 |
| कलम (Pen) | 3 | 5 | 5 | 10 |