SEE Optional Computer Science II Question Paper 2080 (2024)

Views: ...

Symbol No ................
RE-3031
SEE 2080 (2024)
ऐच्छिक द्वितीय कम्प्युटर विज्ञान
समय : २ घण्टा
पूर्णाङ्क : ५०
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको एक वाक्यमा उत्तर दिनुहोस् :
Answer the following questions in one sentence:

(६×१=६)
1.

तलका प्रश्नहरूको एक वाक्यमा उत्तर दिनुहोस् : (६×१=६)
Answer the following questions in one sentence:
क) अनगाइडेड मेडिया भनेको के हो ?
What is unguided media?
ख) मोबाइल मार्फत गरिने व्यापारलाई के भनिन्छ ?
What is the business done through the mobile?
ग) Ms-Access मा कुन डाटा टाइपले जन्म मितिलाई store गर्न अनुमति दिन्छ ?
Which data type is used to store date of birth in MS-Access?
घ) डाटा वेसका कुनै दुई तत्वहरू लेख्नुहोस् ।
Write any two elements of database.
ङ) मोड्युलर प्रोग्रामिङ्ग भनेको के हो ?
What is modular programming?
च) C-Language को कुनै दुईओटा विशेषताहरू लेख्नुहोस् ।
Write any two features of C- language.

2.

उपयुक्त प्राविधिक शब्द लेख्नुहोस् : (२×१=२)
Write appropriate technical term for the following:
क) अनाधिकृत प्रयोगकर्ताहरूबाट कम्प्युटर प्रणालीलाई जोगाउन प्रयोग गरिने वर्णहरूको गोप्य समूह ।
A secret group of characters used to protect computer system from unauthorized users.
ख) कम्प्युटर प्रणालीद्वारा बनाइएको एक कृत्रिम वातावरण जुन वास्तविक देखिन्छ ।
An artificial environment created by a computer system that appears real.

3.

पुरा रूप लेख्नुहोस् (Write the full form of the following): (२×१=२)
(i) URL      ii) STP

समूह 'ख'

तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
Answer the following questions:

(९×२=१८)
4.

तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (९×२=१८)
Answer the following questions:
क) नेटवर्क टोपोलोजीलाई परिभाषित गर्नुहोस् । Star टोपोलोजीको रेखाचित्र कोर्नुहोस् ।
Define network topology. Sketch a drawing of star topology.
ख) कम्प्युटर नैतिकताको कुनै चार आज्ञाहरू लेख्नुहोस् ।
Write any four commandments of computer ethics.
ग) कम्प्युटर सुरक्षाका खतराहरू के के हुन् ? सुरक्षाका खतराहरूबाट जोगाउने कुनै दुई उपायहरू उल्लेख गर्नुहोस् ।
What are the computer security threats? Mention any two measures to protect from security threats.
घ) ई-कमर्स भनेको के हो ? नेपालको कुनै दुई ई-कमर्स कम्पनीहरूको सूची बनाउनुहोस् ।
What is E-commerce? List any two E-commerce companies in Nepal.
ङ) उदाहरणसहित Artificial Intelligence लाई परिभाषित गर्नुहोस् ।
Define Artificial Intelligence with examples.
च) एम्.एस्.एक्सेसको कुनै चार विशेषताहरू उल्लेख गर्नुहोस् ।
List any four features of MS-Access.
छ) "प्राइमरी की" भनेको के हो ? यसका कुनै दुईओटा फाइदाहरू उल्लेख गर्नुहोस् ।
What is Primary Key? Give any two benefits of it.
ज) Select query र Action query बिच भिन्नता दिनुहोस् ।
Give the differences between the Select Query and Action Query.
झ) निम्न तालिका संरचनाबाट रेकर्ड र फिल्ड पहिचान गर्नुहोस् ।
Identify a record and field from the following table structure:

Symbol No.NameMarks
00100202SAarambha Shrestha91
00100203TSuhisha Rayamajhi99

5.

तल दिइएको प्रोग्रामको आउटपुट लेखी Dry run टेबलमा देखाउनुहोस् : (२)
Write down the output of the given program and show them in dry run table:
DECLARE FUNCTION SQN (N)
CLS
S = 0
FOR L = 1 TO 3
    READ NUM
    S = S + SQN (NUM)
NEXT L
PRINT "Sum of square" ; S
DATA 1, 4, 5
END

FUNCTION SQN (N)
  SQN = N ^ 2
END FUNCTION

तल दिइएको प्रोग्राममा रहेका गल्तीहरूलाई सच्याएर पुनर्लेखन गर्नुहोस् : (२)
Re-Write the given program after correcting the bugs:
DECLARE SUB Square (A)
REM to print square of a input number
CLS
GET "Enter a number"; N
Square (N)
END

SUB Square (A)
  Sq = A ^ 4
  Display "Square of a number is "; Sq
End Sub

6.

तल दिइएको प्रोग्रामलाई अध्ययन गरी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (२×१=२)
Study the following program and answer the given questions:
DECLARE FUNCTION Count (W$)
INPUT "Enter a word"; R$
C = Count (R$)
PRINT C
END

FUNCTION Count (W$)
  FOR L = 1 TO LEN (W$)
    Ch$ = MID$ (W$, L, 1)
        IF UCASE$ (Ch$) = "K" THEN
    N = N + 1
  END IF
  NEXT L
Count = N
END FUNCTION

क) माथिको प्रोग्राममा प्रयोग भएको कुनै दुईओटा लाइब्रेरी फङ्सनहरू सूचीकृत गर्नुहोस् ।
List any two library functions used in the above program.
ख) माथिको प्रोग्रामको तेस्रो लाइनमा [C = Count (R$)] भेरियबल "C" को प्रयोग केका लागि भएको छ ?
Write the use of variable 'C' in line 3 [i.e. C = Count (R$)] given in the above program.

समूह 'ग'

निर्देशन अनुसार रूपान्तर र हिसाब गर्नुहोस् :
(Convert / Calculate as per the instruction):

(४×१=४)
7.

(Convert / Calculate as per the instruction):
i) (ABC)₁₆ = ( ? )₈                      ii) (435)₁₀ = ( ? )₂
iii) (101)₂ x (101)₂ = ( ? )₂          iv) (101101)₂ ÷ (101)₂

8.

क) कुनै एउटा कोठाको लम्बाइ, चौडाइ र उचाइ मागी उक्त कोठाको क्षेत्रफल र आयतन पत्ता लगाउने प्रोगाम क्युबेसिक भाषाको प्रयोग गरी लेख्नुहोस् । क्षेत्रफल गणना गर्न User Defined Function र आयत गणना गर्न Sub Program बनाउनुहोस् । (४)
Write a program in QBASIC that asks length, breadth and height of room and calculate its area and volume. Create a User Defined Function to calculate Area and Sub Program to calculate the Volume.
[Hint: Area = LxB and Volume = LxBxH]

ख) "EMP.DAT" sequential data file मा कर्मचारीको name, address, gender र salary भण्डारण गरिएको छ । ६०००० भन्दा बढी तलब भएका कर्मचारीहरूको सबै जानकारी देखाउने एउटा QBASIC प्रोगाम लेख्नुहोस् । (४)
Employee's name, address, gender and salary are stored in the "EMP.DAT" sequential data file. Write a QBASIC program that displays all information about personnel whose salaries exceed 60000.

9.

प्रयोगकर्तालाई Principle, Rate र Time इनपुट गर्न लगाई ब्याज निकाल्ने एउटा प्रोग्राम 'सि' ल्याङ्गवेजमा लेख्नुहोस् ।
Write a program in 'C' language to find simple interest where user need to input Principle, Rate and Time. (४)

अथवा (Or)

C language को प्रयोग गरी दिइएको अनुक्रमको योगफलसहित देखाउने प्रोग्राम लेख्नुहोस् । 1,2,3,4 , ........ दशौँ पदसम्म ।
Write a program in 'C' language to display the series with their sum. 1,2,3,4, ........ up to 10th term.