अति छोटो उत्तर आउने प्रश्नहरू (Very Short Answer Questions): (११×१=११)
(११×१=११)कार्यालय व्यवस्थापन भनेको के हो ?
What do you mean by office management?
विमाका कुनै दुई प्रकार लेख्नुहोस् ।
Write any two types of insurance.
NAS को पूरा रूप लेख्नुहोस् ।
Write down the full form of NAS.
अदृश्य सम्पत्तीका कुनै दुईओटा उदाहरण लेख्नुहोस् ।
Write any two examples of intangible assets.
सरकारी कार्यालयका कुनै दुई खाता सूची लेख्नुहोस् ।
Write any two charts of government accounting.
सरकारी कार्यालयमा भएको आन्तरिक लेखा परीक्षण कसले गराउँछ ?
Who does the internal audit of government office?
जिन्सी खाताको कुनै दुई महत्त्व लेख्नुहोस् ।
Write any two importance of store accounting.
नगद प्राप्त धरौटी रकम रु.४०,००० बैङ्क दाखिला गर्दाको गोस्वारा भौचरको नमुना देखाउनुहोस् ।
Show the retention journal voucher at the time of retention cash Rs.40,000 deposited into bank.
स्थानीय सरकारको सञ्चित कोष भन्नाले के बुझिन्छ ?
What do you mean by consolidated fund of local government?
लेखा परीक्षणका कुनै दुई महत्त्व लेख्नुहोस् ।
Write any two importance of auditing.
Microsoft Word का दुई प्रयोग लेख्नुहोस् ।
Write any two uses of Microsoft Word.
छोटो उत्तर आउने प्रश्नहरू (Short Answer Questions): (८×५=४०)
(८×५=४०)प्रस्ताव भनेको के हो ? यसका प्रकारहरू उदाहरणसहित व्याख्या गर्नुहोस् । (१+४)
What is proposal? Explain its types with examples.
करको परिचय दिनुहोस् । यसका प्रकारहरूको उदाहरणसहित व्याख्या गर्नुहोस् । (५)
Define tax. Explain its type with examples.
पी. एन्ड पी. कम्पनीले श्रावण ३० गते निम्नलिखित जानकारी दिएको छ :
The following information is available from P and P. Company as on 30th Shrawan:
i. नगद पुस्तिकाअनुसार मौज्दात रु.८०,००० देखिएको
The cash book showed balance of Rs.80,000
ii. रु.३०,००० को चेक जारी गरिएको तर वैङ्कमा भुक्तानीका लागि प्रस्तुत नगरिएको
Cheque issued but not presented for payment Rs.30,000
iii. सेवा दस्तुर रु.१,००० वैङ्कले चार्ज गरेको तर नगद पुस्तिकामा नचढाएको पाइयो
Service charge of Rs.1,000 charged by bank but not entered in cash book
iv. रु.१०,००० वैङ्कमा जम्मा गरिएको तर वैङ्कमा सङ्कलन नभएको
Cheque of Rs.10,000 deposited into bank but not collected by the bank
v. वैङ्कले लाभांश दिएको तर नगदी पुस्तिकामा अभिलेख नराखिएको रु.५,०००
Bank provided dividend Rs.5,000 but not recorded in cash book
तयार पार्नुहोस् : वैङ्क हिसाव मिलान विवरण (५)
Required: Bank reconciliation statement
सन्तुलन परीक्षण तयार पार्नुभन्दा पहिला आएका निम्नलिखित गल्ती सुधार गर्नुहोस् :
The following errors were detected before the preparation of trial balance:
i. तलब रु.२०,००० शर्मालाई दिएको तर रकम उनको व्यक्तिगत खातामा डेबिट भएको छ ।
Salary of Rs.20,000 paid to Sharma has been debited to his personal account
ii. बिक्री पुस्तिकामा रु.२०० कम अभिलेख गरिएको
Sales book under recorded by Rs.200
iii. रु.४०,००० को फर्निचर खरिद गरेकोमा गल्तीले खरिद खातामा लेखियो ।
Purchase of furniture of Rs.40,000 has been recorded through purchase account
iv. रु.३,००० को सामान दिनेशवाट खरिद गरेकोमा गल्तीले दिपेशको खातामा विक्रीको अभिलेख गरियो ।
Purchase of goods of Rs.3000 from Dinesh has been wrongly recorded as sold to Dipesh.
अथवा
फाईलिङ भनेको के हो ? फाईलिङ गर्ने चार विधिको वर्णन गर्नुहोस् । (१+४)
What is filing? Explain any four methods of filing.
सरकारी लेखा सञ्चालनका कुनै पाँचओटा आधार वर्णन गर्नुहोस् । (५)
Explain any five basis of government accounting operation.
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा मङ्सिरमा भएका खर्चका विवरणहरू निम्नानुसार छन् :
The detail of expenses of Mangsir of Education Development and Co-ordination Unit, Sarlahi is provided:
| बजेट सङ्केत नं. (Budget head No.) | बजेट उपशीर्षकको नाम (Name of Budget Sub-heads) | वार्षिक विनियोजन रु. (Annual appropriation) (Rs.) | कार्तिकसम्मको खर्च रु. (Expenditure upto Kartik) (Rs.) | मंसिरको खर्च रु. (Expenditure of Mangsir) (Rs.) |
|---|---|---|---|---|
| 21111 | कर्मचारी पारिश्रमिक (Employee remuneration) | 6,00,000 | 30,000 | 50,000 |
| 21131 | स्थानीय भत्ता (Local allowance) | 75,000 | 25,000 | 5,000 |
| 22111 | पानी तथा बिजुली (Water and electricity) | 3,00,000 | 1,05,000 | 25,000 |
| 31123 | फर्निचर तथा फिक्चर्स (Furniture and fixture) | 1,80,000 | 60,000 | 60,000 |
| 28142 | घरभाडा (House rent) | 80,000 | 36,000 | 40,000 |
| जम्मा | 12,35,000 | 2,56,000 | 1,80,000 | |
थप जानकारी (Additional information):
(क) फछ्यौंट हुन बाँकी फर्निचर तथा फिक्चर्स रु.३,०००
Un-cleared furniture and fixtures Rs.3,000
तयार गर्नुहोस् (Required): खर्चको फोटवारी (Statement of expenditure). (५)
अथवा
कोष तथा लेखा नियन्त्रक कार्यालयका पाँचओटा कार्य लेख्नुहोस् । (५)
Write any five function of District Treasury Comptroller Office.
सञ्चित कोष सञ्चालनका कुनै पाँच व्यवस्था लेख्नुहोस् । (५)
Write any five provisions for the operation of consolidated funds.
कार्यालय सञ्चालनमा प्रयोग हुने अफिस प्याकेजहरूको वर्णन गर्नुहोस् । (५)
Describe office package used in office operation.
लामो उत्तर आउने प्रश्नहरू (Long Answer Questions): (३×८=२४)
(३×८=२४)वाणिज्य बैङ्कको परिचय दिनुहोस् । यसका कुनै छओटा कार्यको वर्णन गर्नुहोस् । (२+६)
What is commercial bank? Explain its six functions.
B & B कम्पनीको २०८२ आषाढ मसान्तको सन्तुलन परीक्षण निम्नअनुसार छन् :
The following is the trial balance of B & B Company as on 31st Ashad 2082.
| विवरणहरू (Particulars) | डेबिट रकम रु. (Debit amount Rs) | विवरणहरू (Particulars) | क्रेडिट रकम रु. (Credit amount Rs) |
|---|---|---|---|
| सुरु मौज्दात (Opening stock) | 45,000 | विक्री (Sales) | 4,00,000 |
| खरिद (Purchase) | 1,98,000 | छुट प्राप्त (Discount received) | 2,000 |
| ढुवानी (Carriage) | 2,000 | पूँजी (Capital) | 1,50,000 |
| मेसिनरी (Machinery) | 1,41,000 | साहू (Creditors) | 48,000 |
| नगद (Cash) | 14,000 | ||
| आसामी (Debtors) | 1,67,000 | ||
| ज्याला (Wages) | 14,000 | ||
| विमा (Insurance) | 3,000 | ||
| तलव (Salary) | 16,000 | ||
| 6,00,000 | 6,00,000 |
थप जानकारी (Additional Information)
i. अन्तिम मौज्दात रु.४०,००० (Closing stock Rs.40,000)
ii. अग्रिम भुक्तानी तलव रु.१,००० (Prepaid salary Rs.1,000)
तयार पार्नुहोस् (Required):
• व्यापार खाता (Trading account) (२)
• नाफा नोक्सान खाता (Profit and loss account) (३)
• वासलात (Balance sheet) (३)
जिल्ला प्रशासन कार्यालय, तनहुँमा भएका निम्न कारोवार दिइएका छन् । कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का.बाट भुक्तानी हुन्छ :
The following transactions are given from District Administration Office, Tanahun. The office has submitted a payment order to DTCO for paying the following expenditure:
(क) २०८१/०४/०४: टेलिफोन तथा इन्टरनेट महसुल भुक्तानी गर्न रु.१५,००० को भुक्तानी आदेश जारी गरियो ।
2081/04/04: Issued payment order of Rs.15,000 for the payment of Telephone and internet
(ख) २०८१/०४/०८: लेखापाल हरिप्रसादलाई कार्यालय सामग्री खरिद गर्न रु.२८,०००/- पेस्की दिइयो ।
2081/04/08: Issued payment order of Rs.28,000 as an advance to Accountant Hari Prasad for purchasing office materials
(ग) २०८१/०४/१५: लेखापाल हरि प्रसादलाई कार्यालय सामग्री दिइएको रु.२८,००० को बिल पेस गरी पेस्की फछ्यौंट गरियो ।
2081/04/15: Accountant Hari Prasad submitted the office material purchase bill of Rs.28,000 and cleared his advance
(घ) २०८१/०४/२५: कर्मचारीहरूको श्रावण महिनाको तलव रु.३,६०,००० मध्ये कर्मचारी सञ्चय कोष रु.६०,०००, आयकर रु.३,००० तथा नागरिक लगानी कोष रु.१०,००० कट्टी गरी बाँकी रकम भुक्तानी गरियो ।
2081/04/25: Employee remuneration for the month of Shrawan of Rs.3,60,000 has been distributed through payment order after deducting provident fund of Rs.60,000, income tax Rs.3,000 and citizen investment fund Rs.10,000
(ङ) २०८१/०४/३०: कट्टी रकम सञ्चय कोष, आयकर र नागरिक लगानी कोष सम्वन्धित कार्यालयमा दाखिला गरियो ।
2081/04/30: The deducted amount of provident fund, income tax and citizen investment trust were deposited into concerned office
तयार पार्नुहोस् (Required): गोस्वारा भौचर (Journal vouchers)
अथवा
दिइएका कारोवार जिल्ला प्रशासन कार्यालय, कास्कीको हो । सो कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का.बाट सोही महिनाको मसान्तमा भुक्तानी भयो ।
The following transactions are taken from District Administration Office, Kaski. The office has submitted payment order to DTCO and DTCO paid the expenditure at the end of the same month.
(क) २०८२/०४/०१: घरभाडा वापत रु.३०,००० को भुक्तानी
2082/04/01: Issued a payment order of Rs.30,000 for house rent
(ख) २०८२/०४/०७: शाखा अधिकृत श्री श्रेष्ठलाई मेसिनरी खरिद गर्न रु.४५,००० पेसकी भुक्तानी दिइयो ।
2082/04/07: Issued a payment order of Rs.45,000 as an advance to section officer Shree Shrestha to purchase Machinery
(ग) २०८२/०४/०८: शाखा अधिकृत श्री श्रेष्ठले मेसिनरी सामग्री खरिद गरेको रु.४५,००० को बिल पेस गरेवमोजिमको निजको पेसकी फछ्यौंट गरियो ।
2082/04/08: Advance cleared of Shree Shrestha as he submitted the bill of Rs.45,000 for the purchase of office equipment
(घ) २०८२/०४/२५: कर्मचारीको गरिश्रमिक रकम रु.६,६०,००० मध्ये कर्मचारी सञ्चय कोष रु.१,२०,०००, आयकर रु.२५,००० र सामाजिक गृहता कर रु.४,५०० कट्टी गरी बाँकी रकम भुक्तानी गरियो ।
2082/04/25: Out of total employees remuneration Rs.6,60,000 deducted provident fund Rs.1,20,000 income tax Rs.25,000, social security tax Rs.4,500 and balance were distributed through payment order.
(ङ) २०८२/०४/३०: उपयुक्त भुक्तानी गरिएका रकम एकमुष्ठ निकासा को.ले.नि.का.बाट प्राप्त भयो ।
2082/04/30: Received payment release through treasury and comptroller office.
तयार पार्नुहोस् (Required):
बैङ्क नगदी पुस्तिका म.ले.प फा.न.२०९
Bank cash book-AGF No. 209