SEE Account Question Paper 2082 Set A

Views: ...

Symbol No ................
RE-3011'A'
SEE 2082 (2026)
द्वितीय कार्यालय सञ्चालन र लेखा
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
समूह 'क'

बहुत छोटो उत्तर आउने प्रश्नहरू (Very Short Answer Questions): (११×१=११)

(११×१=११)
1.

कार्यालय व्यवस्थापनका कुनै दुईओटा महत्त्व लेख्नुहोस् ।
Write any two importances of office management.

2.

SWIFT को पूरा रूप लेख्नुहोस् ।
Write down the full form of SWIFT.

3.

अप्रत्यक्ष करको कुनै दुईओटा उदाहरण दिनुहोस् ।
Give any two examples of indirect tax.

4.

वर्षको अन्तिममा मौज्दातलाई कसरी अन्तिम खातामा समायोजन गरिन्छ ?
How is closing stock adjusted in final account at the end of the year?

5.

नेपालमा सरकारी लेखाका कुनै दुई क्षेत्र के के हुन् ?
What are the any two areas of government accounting in Nepal?

6.

राजस्व लेखाविधिको म.ले.प.फा.नं. ११० अन्तर्गत कुन विवरण तयार गरिन्छ ?
Which statement is prepared under the A.G.F. No.110 of revenue accounting?

7.

सङ्घीय सरकारको सञ्चित कोषमा कस्तो रकम जम्मा गरिदैन ?
What types of amounts are not deposited into consolidated fund of federal government?

8.

वैङ्क भौचरमार्फत् धरौटी रकम प्राप्त गर्दाको गोश्वारा भौचर तयार पार्नुहोस् ।
Prepare the journal voucher while receiving retention money through bank voucher.

9.

जिन्सी माग फाराम भनेको के हो ?
What is inventory requisition form?

10.

नेपालका सरकारी कार्यालयहरूको आन्तरिक लेखापरीक्षण कुन निकायले गर्दछ ?
Which institution does the internal audit of government offices in Nepal?

11.

कार्यालय सञ्चालनमा कम्प्युटर प्रविधिको प्रयोग गर्नुका कुनै दुईओटा फाइदाहरू लेख्नुहोस् ।
Write any two advantages of using computer technology in office operation.

समूह 'ख'

छोटो उत्तर आउने प्रश्नहरू (Short Answer Questions): (८×५=४०)

(८×५=४०)
12.

प्रतिवेदन भनेको के हो ? प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने कुनै चारओटा बुँदा लेख्नुहोस् । (१+४)
What is report? Write any four points to be considered while preparing a report.

13.

वित्तीय लेखाविधिको परिचय दिई यसका कुनै चारओटा उद्देश्य उल्लेख गर्नुहोस् । (१+४)
Write an introduction of financial accounting and mention any four objectives of it.

14.

तलका जानकारी अध्ययन गर्नुहोस् :
Study the following information:
i. कार्यालयको नगदी किताब ३१ असार २०८२ अनुसार बैङ्क मौज्दात रु.१,४०,००० रहेको
Bank balance of an office as per cash book of 31st Ashar 2082 Rs.1,40,000
ii. चेक काटिएको तर समयमा बैङ्क दाखिला नगरिएको रु.२०,०००
Cheque issued but not presented for payment Rs.20,000
iii. चेक बैङ्कमा जम्मा गर्न पठाइएको तर बैङ्कले जम्मा नगरेको रु.८,०००
Cheque deposited into bank but not collected by bank Rs.8,000
iv. बैङ्क शुल्क रु.५,००० पास बुकमा डेबिट गरिएको तर नगदी किताबमा अभिलेख नगरिएको
Bank charges of Rs.5,000 debited in pass book but not recorded in cash book.
v. ग्राहकले रु.२५,००० सिधै बैङ्क जम्मा गरेको
A customer directly deposited into bank Rs.25,000
तयार गर्नुपर्ने : बैङ्क हिसाब मिलान विवरण (५)
Required: Bank reconciliation statement

15.

सन्तुलन परीक्षण तयार पारेपछि पत्ता लागेका निम्न गल्ती सुधार गर्नुहोस् :
Rectify the following errors located after preparation of trial balance:
i. अधिश्रीसँग रु.२०,००० को सामान किनेको तर गल्तीले बिक्री खातामा अभिलेख गरिएको ।
Goods purchased from Adhishree Rs.20,000 have wrongly recorded in sales book.
ii. ब्याज भुक्तानी रु.५,००० लाई गल्तीले तलब खातामा अभिलेख गरिएको ।
Interest paid Rs.5,000 but wrongly debited in salary account.
iii. बिक्री रु.१०,००० लाई रु.१,००० अभिलेख गरिएको ।
Sales of Rs.10,000 recorded as Rs.1,000 in sales book.
iv. खरिद फिर्ता पुस्तिकामा रु.५,००० बढी अभिलेख भएको ।
Purchase return book wrongly over costing by Rs.5,000.
अथवा
वर्णानुक्रम फाइलिङ विधि र सङ्ख्यात्मक फाइलिङ विधिका कुनै पाँचओटा भिन्नता लेख्नुहोस् । (५)
Write any five differences between alphabetical filing method and numerical filing method.

16.

नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहको सरकारी लेखा राख्ने सम्वन्धी कुनै पाँचओटा प्रावधान/व्यवस्थाको व्याख्या गर्नुहोस् । (५)
Describe any five provisions relating to the government accounting of federal, province and local level.

17.

निम्नलिखित कारोबारको आधारमा जिल्ला प्रशासन कार्यालय, झापाको २०८१ चैत्र महिनाको खर्चको फोटवारी तयार पार्नुहोस् । (५)
Prepare statement of Expenditure of District Administration Office, Jhapa for the month of Chaitra 2081 from the following.

बजेट कोड नं।
(Budget head No.)
बजेट उपशीर्षकको नाम
(Name of Budget Sub-heads)
वार्षिक
विनियोजन रु.
(Annual appropriation)
(Rs.)
फागुनसम्मको
खर्च रु.
(Expenditure upto Fagan)
(Rs.)
चैत्रको खर्च रु.
(Expenditure of Chaitra)
(Rs.)
21111कर्मचारी पारिश्रमिक
(Employee remuneration)
3,90,0002,90,00040,000
28142घरभाडा
(House rent)
3,50,0002,60,00045,000
22311कार्यालयसम्वन्धी
खर्च
(Office related Expenses)
2,00,0001,00,00030,000
22212इन्धन खर्च
(Fuel expenses)
1,60,00050,00035,000
22111पानी तथा बिजुली
महसुल
(Water and electricity charges)
70,00030,00035,000
31123फर्निचर
(Furniture)
75,00025,00025,000
जम्मा (Total)12,45,0007,55,0002,10,000

थप जानकारी (Additional information):
(क) फछ्यौंट नभएको फर्निचर पेस्की रु.१५,०००
Un-cleared advance of furniture Rs.15,000.
अथवा
महालेखा परीक्षकको कार्यालयका कुनै पाँचओटा कार्य लेख्नुहोस् । (५)
Write any five functions of the office of the Auditor General.

18.

विभाज्य कोष भनेको के हो ? राजश्व बाँडफाँटको महत्त्व उल्लेख गर्नुहोस् । (१+४)
What is divisible fund? Mention the importances of revenue distribution.

19.

आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणका कुनै पाँचओटा भिन्नता लेख्नुहोस् । (५)
Write any five differences between internal audit and external audit.

समूह 'ग'

लामो उत्तर आउने प्रश्नहरू (Long Answer Questions): (३×८=२४)

(३×८=२४)
20.

वाणिज्य बैङ्कको परिचय दिई यसका कुनै छओटा कार्यको वर्णन गर्नुहोस् । (२+६)
Introduce commercial Bank and describe any six functions of it.

21.

निम्न विवरणहरू लक्ष्मी कम्पनीको सन्तुलन परीक्षणबाट २०८२ आषाढ ३० गते लिइएका छन् :
Following is the trial balance from Laxmi Company for the fiscal year 30 Ashad 2082.

विवरणहरू (Particulars)डेबिट रकम
रु. (Debit amount Rs.)
विवरणहरू (Particulars)क्रेडिट रकम
रु. (Credit amount Rs.)
सुरु मौज्दात (Opening stock)65,000पूँजी (Capital)6,50,000
खरिद (Purchase)1,75,000विक्री (Sales)3,90,000
ढुवानी (Carriage)10,000ऋण (Loan)47,000
तलब (Salary)33,000ब्याज प्राप्त (Interest received)42,000
आसामी (Debtors)56,000साहुहरू (Creditors)15,000
मेसिनरी (Machinery)7,00,000
ज्याला (Wages)20,000
बैङ्क (Bank)40,000
विज्ञापन (Advertisement)45,000
11,44,00011,44,000

थप जानकारी (Additional Information)
i. तिर्न बाँकी ज्याला रु.५,००० (outstanding Wages Rs.5,000)
ii. अन्तिम मौज्दात रु.४०,००० (Closing stock Rs.40,000)
तयार पर्नुहोस् (Required):
• व्यापार खाता (Trading account) (२)
• नाफा नोक्सान खाता (Profit and loss account) (२)
• वासलात (Balance sheet) (२)

22.

निम्नलिखित कारोबारको आधारमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरको गोस्वारा भौचर तयार पर्नुहोस् :
Prepare Journal voucher based on the following transactions of District Administration Office, Bhaktapur:
(क) २०८२/०५/०४ मा फर्निचर खरिद गरेवापत रु.४०,००० भुक्तानी आदेश दिइयो ।
On 2082/05/04, Issued payment order of Rs.40,000 for purchasing of furniture.
(ख) २०८२/०५/०७ मा शाखा अधिकृत, रसिला गिरीलाई ल्यापटप खरिद गर्न रु.८०,०००/- पेस्की दिइयो ।
On 2082/05/07, paid Rs.80,000 to section officer, Rashila Giri as advance for the purchase of laptop.
(ग) २०८२/०५/२० मा शाखा अधिकृत रसिला गिरीले रु.८०,००० को ल्यापटप खरिद गरेको बिल पेस गरेकाले पेस्की फछ्यौट गरियो ।
On 2082/05/20, Section officer Rashila Giri presented the purchased of laptop bills of Rs.80,000 and her advance was being cleared.
(घ) २०८२/०५/३० मा कर्मचारीको भाद्र महिनाको पारिश्रमिक रु.२,२०,००० मध्ये कर्मचारी सञ्चय कोष रु.४०,००० र आयकर रु.१,१०० कटाई वितरण गरियो ।
On 2082/05/30, Employee remuneration of Rs.2,20,000 for the month of Bhadra was distributed after deducting provident fund of Rs.40,000 and income tax Rs.1,100.
(ङ) २०८२/०५/३० मा कट्टी गरिएका कर्मचारी सञ्चय कोष र आयकर रकम सम्बन्धित कार्यालयको खातामा जम्मा गरियो ।
On 2082/05/30, the deducted amount of employee provident fund and income tax has been deposited into the account of related office.
अथवा
दिइएका कारोबार जिल्ला प्रशासन कार्यालय, भक्तपुरको हो । सो कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का.बाट सोही महिनाको मसान्तमा भुक्तानी भयो ।
Following transactions are taken from District Administration Office, Bhaktapur. The office has submitted payment order to DTCO and DTCO paid the expenditure at the end of the same month.
२०८२/०८/०१: कार्यालय सामग्री खरिद गर्न रु.५०,००० को भुक्तानी आदेश जारी गरियो ।
2082/08/01: Issued payment order of Rs.50,000 for purchasing office materials.
२०८२/०८/१२: घरभाडाका लागि घरधनी रामहरि श्रेष्ठलाई रु.३२,००० पेस्की दिन को.ले.नि.का.लाई भुक्तानी आदेश जारी गरियो ।
2082/08/12: Issued a payment order to DTCO to given advance to house owner Ramhari Shrestha of Rs.32,000 for house rent.
२०८२/०८/१५: खरिद अधिकृत रीता दाहाललाई पोसाक खरिद गर्नका लागि रु.१४,००० पेस्की दिइएकामा रु.१५,००० को पोसाक खरिदको बिल पेस गरेकोले बढी खर्च रकम भुक्तानीका लागि भुक्तानी आदेश जारी गरी पेस्की फछ्यौंट गरियो ।
2082/08/15: Procurement officer Rita Dahal presented the uniform bill of Rs.15,000 against the advance of Rs.14,000 was cleared and issued a payment order for making payment of excess amount of expenditure.
२०८२/०८/२८: मङ्गसिर महिनाको जम्मा कर्मचारी पारिश्रमिक रु.३,३०,००० मध्ये कर्मचारी सञ्चय कोष रु.६०,००० र आयकर रु.५,००० कट्टा गरी पारिश्रमिक निकासा आदेश दिइयो ।
2082/08/28: Remuneration payment order for the month of Mangsir was issued after deducting employee provident fund Rs.60,000 and income tax Rs.5,000 out of total employee remuneration of Rs.3,30,000.
२०८२/०८/२८: मङ्गसिर महिनामा भएका विभिन्न खर्चको को.ले.नि.का.मार्फत भुक्तानी निकासा प्राप्त भयो ।
2082/08/28: Received payment release through DTCO for the different expenditure made for the month of mangsir.
तयार पर्नुहोस् (Required):
बैङ्क नगदी पुस्तिका म.ले.प फा.नं.२०९
Bank cash book-AGF No. 209