अति छोटो उत्तर आउने प्रश्नहरू (Very Short Answer Questions):
(११×१=११)कार्यालय विन्यासका कुनै दुईओटा उद्देश्य लेख्नुहोस् ।
Write any two objective of office layout.
नेपाल बैङ्कको स्थापना कहिले भएको थियो ? वि.सं. मा लेख्नुहोस् ।
When was Nepal Bank established? Write in B.S.
VAT को पूरा रूप लेख्नुहोस् ।
Write the full form of VAT.
भुक्तानी गर्न बाँकी घरभाडालाई वासलातको कुन भागमा अभिलेख राखिन्छ ?
In which part does record outstanding house rent in Balance Sheet?
केन्द्रीय स्तरको लेखा प्रयोग गर्ने कुनै दुई सरकारी कार्यालयको नाम लेख्नुहोस् ।
Write any two name of government office that use in central level accounting.
राजस्व लेखा प्रणाली भनेको के हो ?
What is revenue accounting System?
कार्यालय जिन्सीका कुनै दुई उदाहरणहरू लेख्नुहोस् ।
Write any two examples of office store Accounting?
नगदमा प्राप्त धरौटी रकम बैङ्क दाखिला गर्दाको गोश्वारा भौचरको नमूना देखाउनुहोस् ।
Show the retention journal voucher at the time of retention cash deposited into Bank.
'सञ्चित कोष सरकारको मूल खाता हो ।' कुनै एक कारण दिनुहोस् ।
'Consolidated fund is main account of government.' Give any one reason.
नेपालको सर्वोच्च लेखा परीक्षण निकाय कुन हो ?
Which is the apex auditing body in Nepal?
Spreadsheet प्याकेज भन्नाले कुन प्याकेजलाई बुझिन्छ ?
Which package is known as spreadsheet package?
छोटो उत्तर आउने प्रश्नहरू (Short Answer Questions):
(८×५=४०)टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुनै पाँचओटा बुँदाहरू लेख्नुहोस् ।
Write any five points to be considered while preparing a memo or tippani.
व्यावसायिक लेखामा वित्तीय लेखाविधिका कुनै पाँच महत्त्व उल्लेख गर्नुहोस् ।
Write any five importance of financial accounting in Business organization.
पि.एन्ड.पि. कम्पनीले चैत्र ३० गते निम्नलिखित जानकारी दिइएको छ ।
The following information is available from P and P Company as on 30th Chaitra.
i. नगद पुस्तिकाअनुसार मौज्दात रु. ५०,००० देखिएको ।
The cash book showed a balance of Rs.50, 000.
ii. रु. ५,००० को चेक जारी गरिएको तर बैङ्कमा भुक्तानीका लागि प्रस्तुत नगरिएको ।
A cheque of Rs 5,000 was drawn but not presented for payment in Bank.
iii. बैङ्क दस्तुर रु. ५०० बैङ्कले चार्ज गरेको तर नगद पुस्तिकामा नचढाएको पाइयो ।
Bank charge of Rs. 500 charged by Bank but not entered in cash book.
iv. रु. २,००० को चेक बैङ्कमा जम्मा गरिएको तर बैङ्कद्वारा सङ्कलन नभएको ।
Cheque of Rs. 2,000 deposited into bank but not collected by the bank.
v. लगानीमा ब्याज रु. १,००० बैङ्कले सङ्कलन गरेको तर नगद पुस्तिकामा नचढेको पाइयो ।
Interest on investment of Rs. 1,000 collected by bank but not entered in cash book.)
तयार पार्नुहोस् (Required): बैङ्क हिसाब मिलान विवरण ।
Bank reconciliation statement.
सन्तुलन परीक्षण तयार भइसकेपछि पत्ता लागेका निम्न गल्तीहरू सुधार गर्नुहोस् ।
Rectify the following errors located after preparation of trial balance.
i. तलब रु. २०,००० भुक्तानी गरिएकोमा गल्तीले घरभाडा खातामा डेबिट गरिएको ।
Salary paid of Rs. 20,000 was wrongly debited to house rent account.
रु.३०,००० को फर्निचर खरिद गरेकोमा भुलबस खरिद खाता डेबिट गरिएको ।
Furniture purchased of Rs. 30,000 was wrongly debited to purchase account.
ii. खरिद पुस्तिकामा रु. ८,००० रकम बढी अभिलेख भएको ।
Sales book over recorded by Rs. 8,000.
iii. श्यामबाट रु. ३,००० को उधारो सामग्री खरिद गरिएकामा भुलबस बिक्री खातामा अभिलेख भएको ।
Purchased goods of Rs. 3,000 from Shyam on credit was wrongly recorded in sales book.
तयार पार्नुहोस्(Required): गल्तीहरू सुधार गर्नुहोस् (Rectify the errors) (१+१+१+२)
अथवा (Or)
वर्णानुक्रम फाइलिङ भनेको के हो ? यसका कुनै चार फाइदाहरू र बेफाइदाहरू उल्लेख गर्नुहोस् । (१+४)
What is alphabetical filing? Mention any four advantages and disadvantages of it.
व्यावसायिक लेखा र सरकारी लेखाबिच कुनै पाँचओटा समानता लेख्नुहोस् । ५
Write any five similarities between business and government accounting.
जिल्ला स्वास्थ्य कार्यालय, धनुषामा भएको खर्चको विवरण निम्नानुसार छन् ।
The detail of expenses of District Health Office, Dhanusha is provided.
| खर्च सङ्केत न. (B.H. No.) | बजेट उपशीर्षकको नाम (Name of Budget Sub-heads) | वार्षिक विनियोजन (Annual appropriation) (Rs.) | माघसम्मको खर्च (Expenditure upto Magh) (Rs.) | फागुनको खर्च (Expenditure of Falgun) (Rs.) |
| 21111 | पारिश्रमिक (Salary) | 400,000 | 120,000 | 30,000 |
| 22311 | कार्यालय सामग्री खर्च (Office material expenses) | 100,000 | 30,000 | 10,000 |
| 31123 | फर्निचर तथा फिक्चर्स (Furniture and Fixtures) | 50,000 | 10,000 | 5,000 |
| 22211 | इन्धन खर्च (House rent) | 40,000 | 7,000 | 3,000 |
| 22612 | भ्रमण खर्च (Travelling Expenses) | 60,000 | 20,000 | 10,000 |
थप जानकारी (Additional information):
(क) फछ्र्याँट हुन बाँकी फर्निचर तथा फिक्चर्स पेस्की रु. १,०००।
Un-cleared Furniture and Fixtures advance of Rs 1,000.
तयार पार्नुहोस् (Required): खर्चको फाँटवारी (Statement of expenditure) ५
अथवा (Or)
अर्थ मन्त्रालयको पाँचओटा कार्य लेख्नुहोस् । ५
Write any five functions of Ministry of Finance.
सञ्चित कोष सञ्चालनका कुनै पाँच व्यवस्था लेख्नुहोस् । ५
Write any five provisions for the operation of consolidated funds.
आन्तरिक नियन्त्रण भनेको के हो ? यसका कुनै चार उद्देश्य उल्लेख गर्नुहोस् । (१+४)
What is internal control? Write any four objectives of it.
लामो उत्तर आउने प्रश्नहरू (Long Answer Questions):
(३×८=२४)केन्द्रीय बैङ्क भनेको के हो ? यसका कुनै पाँचओटा कार्य वर्णन गर्नुहोस् । (०.५+७.५)
What is Central Bank? Explain any five functions of it.
XYZ कम्पनीको २०८१ आषाढ मसान्तको सन्तुलन परीक्षण निम्नअनुसार छन् ।
The Following is the trial balance of XYZ Company as on 31st Ashad 2081.
As on 31st Ashad
| विवरणहरु (Particulars) | डेबिट रकम (Debit Rs) | विवरणहरू (Particulars) | क्रेडिट रकम (Credit Rs) |
| सुरु मौज्दात (Opening stock) | 25,000 | ऋण (Loan) | 50,000 |
| खरिद (Purchase) | 75,000 | पुँजी (Capital) | 100,000 |
| भित्री ढुवानी (Carriage inward) | 10,000 | कमिसन प्राप्त (Commission received) | 5,000 |
| लगानी (Investment) | 50,000 | बिक्री (Sales) | 130,000 |
| बैङ्क (Bank) | 67,000 | ||
| फर्निचर (Furniture) | 25,000 | ||
| तलव (Salary) | 18,000 | ||
| बाह्य ढुवानी (Carriage outward) | 15,000 | ||
| 285,000 | 285,000 |
अतिरिक्त जानकारी (Additional Information)
i. अन्तिम मौज्दात रु. २०,००० (Closing stock of Rs. 20,000)
ii. तिर्न बाँकी तलब रु. २,००० (Outstanding salary of Rs. 2,000)
तयार पार्नुहोस् (Required): (2+3+3)
• व्यापार खाता (Trading account)
• नाफानोक्सान खाता (Profit and loss account)
• वासलात (Balance sheet)
शिक्षा विकास तथा समन्वय इकाइ, दैलेखमा भएका निम्न कारोबार दिइएका छन् । कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का बाट भुक्तानी हुन्छ ।
The following transactions are given from Education Development and Coordination Unit, Dailekha. The office has submitted a payment order to DTCO for paying the following expenditure.
(क) २०८१/०४/०१ मा घरभाडा भुक्तानी गर्न रु. १०,०००/- को भुक्तानी आदेश जारी गरियो ।
On 2081/04/01, Issued payment order of Rs. Rs. 10,000/- for the payment of house rent.
(ख) २०८१/०४/०६ मा शाखा अधिकृत हरिवोललाई फर्निचर खरिद गर्न रु. २०,०००/- पेस्की आदेश जारी गरियो ।
On 2081/04/06, Issued payment order of Rs. 20,000/- as advance to Section Officer, Haribol for purchasing Furniture.
(ग) २०८१/०४/२० मा कर्मचारीहरूको श्रावण महिनाको पारिश्रमिक रु. ११०,०००/- मध्ये कर्मचारी सञ्चयकोष रु. २०,०००/- र आयकर रु. १,०००/- कट्टी गरी पारिश्रमिक वितरण गर्न भुक्तानी आदेश जारी गरियो ।
On 2081/04/20, Issued payment order for Employee remuneration for the month of Shrawan of Rs. 110,000 after deducting Provident Fund of Rs 20,000/- and Income Tax Rs. 1,000/-.
(घ) २०८१/०४/२४ मा शाखा अधिकृत हरिवोलले रु. २०,०००/- को फर्निचरसहित बिल पेस गर्नुभएकाले पेस्की फछ्र्याँट गरियो ।
On 2081/04/24, the furniture advance of Section Officer Haribol Rs 20,000/- was cleared after submitted furniture with bill.
(ङ) २०८१/०४/३० मा सञ्चयकोष र आयकर कट्टी रकम सम्बन्धित कार्यालयको खातामा दाखिला गरियो ।
On 2081/04/30, the deducted amount of Provident Fund and Income Tax was deposited into related office.
तयार पार्नुहोस् (Required): गोश्वारा भौचर (Journal vouchers) (१.५+१.५+२+२+१)
अथवा (Or)
दिइएका कारोबार जिल्ला हुलाक कार्यालय, कपिलवस्तुको हो । सो कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का बाट सोही महिनाको मसान्तमा भुक्तानी भयो ।
Following transactions are taken from District Post Office, Kapilbastu. The office has submitted payment order to DTCO and DTCO paid the expenditure at the end of the same month.
२०८१/०५/१ (Bhadra 1) : कम्प्युटर खरिद गरी रु. ५०,००० को भुक्तानी आदेश दिइयो ।
Issued payment order of Rs. 50,000 for Purchased of computer.
२०८१/०५/८ (Bhadra 8) : शाखा अधिकृत, श्री राजु लामालाई फर्निचर खरिद गर्न रु. ८०,००० पेस्की भुक्तानी दिइयो ।
Advance paid for furniture purchase to Section Officer, Raju Lama of Rs. 80, 000.
२०८१/०५/२० (Bhadra 20) : शाखा अधिकृत, श्री राजु लामाको फर्निचर खरिद पेस्की रु. ८०,००० मध्ये रु. ९५,००० को बिल पेस गरेकाले निजको पेस्की फछ्र्याँट गरियो ।
Section Officer, Raju Lama's furniture advance of Rs 80,000 has been cleared as he submitted the furniture purchased bill of Rs. 95,000.
२०८१/०५/२२ (Bhadra 22) : भाद्र महिनाको जम्मा कर्मचारी पारिश्रमिक रु. ४४०,००० मध्ये कर्मचारी सञ्चयकोष रु. ८०,००० र आयकर रु. १०,००० कट्टा गरी पारिश्रमिक निकासा आदेश दिइयो ।
Salary payment order for the month of Bhadra was issued after deducting Provident Fund Rs. 80,000 and Income Tax Rs. 10,000 out of total salary of Rs. 440,000.
२०८१/०५/२८ (Bhadra 28) : भाद्र महिनामा भएका विभिन्न खर्चको को.ले.नि.का मार्फत भुक्तानी निकासा प्राप्त भयो ।
Received payment release through DTCO for the different expenditure made for the month of Bhadra.
तयार पार्नुहोस् (Required):
बैङ्क नगदी पुस्तिका म.ले.प फा.नं. २०९ (१.५+१.५+१.५+१.५+२)
Bank cash book-AGF No. 209