अति छोटो उत्तर आउने प्रश्नहरू (Very Short Answer Questions):
(११×१=११)प्रस्तावका प्रकार के के हुन् ?
Write the types of resolution.
विप्रेषण भनेको के हो ?
What is remittance?
PAN को पूरा रूप लेख्नुहोस् ।
Write the full form of PAN.
वर्षको अन्त्यको मौज्दातलाई वासलातमा कसरी समायोजन गरिन्छ ?
How do you adjust closing stock at the end of the year in Balance Sheet?
सरकारी लेखाका कुनै दुई आधार उल्लेख गर्नुहोस् ।
Mention any two basis of Government Accounting.
सरकारी राजस्व लेखामा प्रयोग हुने कुनै दुई फाराको नाम लेख्नुहोस् ।
Write any two name of form of Government revenue accounting.
जिन्सी लेखा भनेको के हो ?
What is store Accounting?
धरौटी रकम नगदमा प्राप्त गर्दाको गोस्वारा भौचरको नमुना देखाउनुहोस् ।
Show the retention journal voucher at the time of receipt on cash.
खरिद आदेशको म.ले.प. फाराम नम्बर लेख्नुहोस् ।
Write the AGF form number of purchase order.
महालेखा परीक्षकको कार्यालयका कुनै दुई कार्यहरू लेख्नुहोस् ।
Write the any two functions of an office of the auditor general.
तथ्याङ्क प्रविष्टि भनेको के हो ?
What is data entry or input?
छोटो उत्तर आउने प्रश्नहरू (Short Answer Questions):
(८×५=४०)टिप्पणीको परिचय दिनुहोस् । टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने चारओटा पक्षहरू लेख्नुहोस् । (९+४=५)
Introduce the Memo. Write any four aspects to be considered while preparing memo or tippani.
वित्तीय लेखाविधिका कुनै पाँच महत्त्व लेख्नुहोस् । ५
Write any five importance of financial accounting.
बि.एन्ड.बि. कम्पनीले असोज ३० गते निम्नलिखित जानकारी दिएको छ ।
The following information is available from B and B Company as on 30th Ashwin.
i. नगद पुस्तिकाअनुसार मौजदात रु. १२५,००० देखिएको ।
The cash book showed a balance of Rs.125,000.
ii. रु. १,००० को चेक जारी गरिएको तर बैङ्कमा प्रस्तुत् नगरिएको ।
A cheque of Rs 1,000 was drawn but not presented for payment in Bank.
iii. अधिविकर्षको ब्याज रु. ५,००० पासबुकमा मात्र डेबिट गरेको पाइयो ।
Interest on overdraft Rs. 5,000 debited only in pass book.
iv. रु. १२,००० को चेक बैङ्कमा जम्मा गरिएको तर बैङ्कद्वारा सङ्कलन नभएको ।
Cheque of Rs. 12,000 deposited into bank but not collected by the bank.
v. लाभांश प्राप्त रु. १५,००० पासबुकको क्रेडिटमा चढाइएको तर नगद पुस्तिकामा नचढेको पाइयो ।
Dividend received Rs. 15,000 credited in pass book but not recorded in cash book.
तयार पार्नुहोस् (Required): बैङ्क हिसाब मिलान विवरण । (१+१+१+१+१=५)
Bank reconciliation statement.
सन्तुलन परीक्षण तयार भइसकेपछि पत्ता लागेका निम्न गल्तीहरू सुधार गर्नुहोस् ।
Rectify the following errors located after preparation of trial balance
i. रु. ५०,००० को मेसिन खरिद गरिएको गल्तीले खरिद खाता डेबिट गरिएको ।
Purchased machinery of Rs. 50,000 has been wrongly debited to purchase account.
ii. रामलाई रु.२०,००० तलबबापत भुक्तानी गरिएको गल्तीले उसको खाता डेबिट गरिएको ।
Salary Rs. 20,000 paid to Ram was wrongly debited to his account.
iii. रु. १५,००० को कम्प्युटर खरिद गरेकामा भुलवस खरिद खाता डेबिट गरिएको ।
Computer purchased of Rs. 15,000 was wrongly debited to purchase account.
iv. हरिबाट रु. ५,००० को उधारो सामग्री खरिद गरिएकामा भुलवस बिक्री खातामा अभिलेख भएको ।
Purchase goods of Rs. 5,000 from Hari on credit was wrongly recorded in sales book.
तयार पार्नुहोस् (Required): गल्तीहरू सुधार गर्नुहोस् । (Rectify the errors.) (१+१+१+२)
अथवा (Or)
सङ्ख्यात्मक फाइलिङ भनेको के हो ? यसका कुनै चार फाइदा र बेफाइदा उल्लेख गर्नुहोस् । (१+४)
What is numerical filing? Mention any four advantages and disadvantages of it.
सरकारी लेखा प्रणाली भनेको के हो ? सरकारी लेखा प्रणालीका चारओटा क्षेत्रहरू उल्लेख गर्नुहोस् । (१+४)
What is the government accounting system? Mention any four areas of government accounting system.
जिल्ला स्वास्थ्य कार्यालय, धनुषामा भएको खर्चको विवरण निम्नानुसार छन् ।
The detail of expenses of District Health Office, Dhanusha is provided.
| खर्च सङ्केत नं. (B.H.No.) | वजेट उपशीर्षकको नाम (Name of Budget Sub-heads) | वार्षिक विनियोजन (Annual appropriation) (Rs.) | माघसम्मको खर्च (Expenditure upto Magh) (Rs.) | फागुनको खर्च (Expenditure of Falgun) (Rs.) |
| 21111 | पारिश्रमिक (Salary) | 240,000 | 40,000 | 20,000 |
| 22311 | कार्यालयसम्बन्धी खर्च (Office related expenses) | 24,000 | 4,000 | 3,000 |
| 22612 | भ्रमण खर्च (Travelling Expenses) | 12,000 | 3,000 | 2,000 |
| 28141 | भाडा (House rent) | 36,000 | 6,000 | 3,000 |
| 31123 | फर्निचर तथा फिक्चर्स (Furniture and Fixtures) | 50,000 | 15,000 | 10,000 |
(क) फछ्र्यौट हुन बाँकी भाडा पेस्की रु. ३,०००।
Un-cleared house rent advance of Rs 3,000.
तयार पार्नुहोस् (Required): खर्चको फाँटबारी (Statement of expenditure) ५
अथवा (Or)
आन्तरिक र अन्तिम लेखा परीक्षणबिच कुनै पाँचओटा भिन्नता लेख्नुहोस् । ५
Write any five differences between internal and final audit.
सञ्चित कोषको सञ्चालनका कुनै पाँच व्यवस्था लेख्नुहोस् । ५
Write any five provisions for the operation of consolidated funds.
डाटाबेस भनेको के हो ? कार्यालय सञ्चालन र लेखापालनमा सूचना तथा सञ्चार प्रविधिका कुनै चारओटा फाइदाहरू उल्लेख गर्नुहोस् । (१+४)
What is data base? Explain any four advantages of ICT uses in office procedure and accounting.
लामो उत्तर आउने प्रश्नहरू (Long Answer Questions):
(३×८=२४)बैङ्किङ औजार भनेको के हो ? कुनै पाँचओटा बैङ्किङ औजारहरूको वर्णन गर्नुहोस् । (०.५+७.५)
What is Banking Instrument? Explain any five banking instruments.
XYZ कम्पनीको २०८१ आषाढ मसान्तको सन्तलन परीक्षण निम्नानुसार छन् ।
The Following is the trial balance of XYZ Company as on 31st Ashad 2081.
As on 31st Ashad
| विवरणहरू (Particulars) | डेबिट रकम (Debit Rs) | विवरणहरू (Particulars) | क्रेडिट रकम (Credit Rs) |
| सुरु मौजदात (Opening stock) | 10,000 | साहु (Creditors) | 27,500 |
| खरिद (Purchase) | 98,500 | पुँजी (Capital) | 70,000 |
| नगद (Cash) | 10,500 | ब्याज प्राप्त (Interest received) | 8,000 |
| असामीहरू (Debtors) | 30,000 | बिक्री (Sales) | 160,000 |
| बिमा (Insurance) | 4,500 | ||
| फर्निचर (Furniture) | 80,000 | ||
| तलब (Salary) | 25,000 | ||
| ज्याला (Wages) | 7,000 | ||
| 265,500 | 265,500 |
i. अन्तिम मौजदात (Closing stock) Rs. 40,000)
ii. फर्निचरमा मूल्यह्रास रु. ८,००० (Depreciation on furniture Rs. 8,000)
तयार पार्नुहोस् (Required):
• व्यापार खाता (Trading account)
• नाफानोक्सान खाता (Profit and loss account)
• वासलात (Balance sheet) (२+३+३)
जिल्ला सिँचाइ कार्यालय चितवनमा भएका निम्न कारोबार दिइएका छन् । कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का बाट भुक्तानी हुन्छ ।
The following transactions are given from District Irrigation Office, Chitwan. The office has submitted a payment order to DTCO for paying the following expenditure.
(क) २०८१/०७/०१ मा फोटोकपी मेसिन खरिद गर्न 'शर्मा एन्ड कम्पनी' लाई रु. ५०,०००/- को भुक्तानी आदेश जारी गरियो ।
On 2081/07/01, Issued payment order of Rs. 50,000/- to 'Sharma and Company' for the purchase of Photocopy Machine.
(ख) २०८१/०७/०५ मा शाखा अधिकृत खनाललाई कार्यालय सम्बन्धी सामान खरिद गर्न रु. ५०,०००/- पेस्की आदेश जारी गरियो ।
On 2081/07/05, Issued payment order of Rs. 50,000/- as advance to Section Officer, Khanal for purchasing office materials.
(ग) २०८१/०७/१८ मा कर्मचारीहरूको कार्तिक महिनाको पारिश्रमिक रु.१३२,०००/- मध्ये कर्मचारी सञ्चयकोष रु. २४,०००/- र आयकर रु. २,०००/- कट्टी गरी पारिश्रमिक वितरण गर्न भुक्तानी आदेश जारी गरियो ।
On 2081/07/18, Issued payment order for Employee remuneration for the month of Kartik of Rs. 132,000 after deducting Provident Fund of Rs 24,000/- and Income Tax Rs. 2,000/-.
(घ) २०८१/०७/२४ मा शाखा अधिकृत खनालले रु. ५०,०००/- को कार्यालयसामग्री सहित बिल पेस गर्नुभएकाले पेस्की फछ्र्यौट गरियो ।
On 2081/07/24, the office materials advance of Section Officer Khanal Rs 50,000/- was cleared after submitted the bill with office materials.
(ङ) २०८१/०७/३० मा सञ्चयकोष र आयकर कट्टी रकम सम्बन्धित कार्यालयको खातामा दाखिला गरियो ।
On 2081/07/30, the deducted amount of Provident Fund and Income Tax was deposited into related office account.
तयार पार्नुहोस् (Required): गोस्वारा भौचर (Journal vouchers) (१.५+१.५+२+२+१)
अथवा (Or)
दिइएका कारोबारहरू जिल्ला सिँचाइ कार्यालय, गुल्मीको हो । सो कार्यालयले पेस गरेको भुक्तानी आदेशका आधारमा को.ले.नि.का बाट सोही महिनाको मसान्तमा भुक्तानी भयो ।
Following transactions are taken from District Irrigation Office, Gulmi. The office has submitted payment order to DTCO and DTCO paid the expenditure at the end of the same month.
२०८१/०५/१५ (Bhadra 15) : फर्निचर खरिद गरी रु. २०,००० को भुक्तानी आदेश दिइयो ।
Issued a payment order of Rs. 20,000 for Purchased of furniture.
२०८१/०५/१८ (Bhadra 18) : खरिद शाखा अधिकृत, श्री राजथलालाई पोसाक खरिद गर्न रु. १,००,००० पेस्की भुक्तानी दिइयो ।
Advance paid for uniform purchase to Section Officer, Rajthala of Rs. 1,00,000.
२०८१/०५/२० (Bhadra 20) : श्री राजथलाको पोसाक खरिद पेस्की रु. १००,००० मध्ये रु. ११८,००० को बिल पेस गरेकाले निजको पेस्की फछ्र्यौट गरियो ।
Rajthala's uniform advance of Rs 100,000 has been cleared as he submitted the uniform purchased bill of Rs. 118,000.
२०८१/०५/२८ (Bhadra 28) : भाद्र महिनाको जम्मा कर्मचारी पारिश्रमिक रु. ९९,००० मध्ये कर्मचारी सञ्चयकोष रु. १८,००० र आयकर रु. २,००० कट्टा गरी पारिश्रमिक निकासा आदेश दिइयो ।
Salary payment order for the month of Bhadra was issued after deducting Provident Fund Rs. 18,000 and Income Tax Rs. 2,000 out of total salary Rs. 99,000.
२०८१/०५/३० (Bhadra 30) : भाद्र महिनामा भएका विभिन्न खर्चको को.ले.नि.का. मार्फत भुक्तानी निकासा प्राप्त भयो ।
Received payment release through DTCO for the different expenditure made for the month of Bhadra.
तयार पार्नुहोस् (Required):
बैङ्क नगदी पुस्तिका म.ले.प फा.नं. २०९ (१.५+१.५+१.५+१.५+२)
Bank cash book-AGF No. 209